भक्तपुर, १७ जेठ । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ । आज भएको कार्यपालिकाको निर्वाचनमा २८ मत प्राप्त गरि गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनु भयो ।
पाँच महिला कार्यपालिका सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी हुनु भएको छ । कांग्रेसबाट दलित एवं अल्पसंख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी हुनु भएको छभने माओवादी केन्द्रबाट दलित एवं अल्पसंख्यकतर्फ बालकृष्ण परियार विजयी हुनु भएको सिलवालले जानकारी दिनु भयो ।
आठ कार्यपालिका सदस्यमध्ये कांग्रेसले सात र माओवादीले एक सदस्यमा भागबन्डा गरेका छन् । मध्यपुरथिमिमा गठबन्धनको कार्यपालिकामा एकल बहुमत पुगेको छ । विजयी कार्यपालिका सदस्यहरुलाई निर्वाचत अधिकृत मैंया कडेँलले प्रमाण पत्र प्रदान गर्नु भयो भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ सुवाउनु भयो ।