काठमाडौं १६ पुष ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमानसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रशिक्षक सिमोनसहित फरवार्ड एन्टोनियो ग्रिजम्यान र जाओ फिलिक्स तथा मिडफिल्डर कोके र हेक्टर फेरेरालाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना संक्रमण भए पनि उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको र सबै आइसोलेसनमा बसिसकेको क्लबले जानकारी दिएको छ । पछिल्लो समय ला लिगामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बार्सिलोनाले पनि आफ्ना १० खेलाडीमा कोभिड पुष्टि भएको सार्वजनिक गरेको थियो । रियल मड्रिडले बिहीबार थिबाउट कोर्टोइस, एडुर्डो कामाभिङ्गा, फेडेरिक भाल्भर्डे र भिनिसियस जुनियरको कोभिड रिर्पोट सकारात्मक आएको जनाएको थियो । सेभियाका पाँच खेलाडी पनि कोरोना संक्रमित बनेका छन् । एजेन्सी ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1