भक्तपुर जिसस प्रमुखमा एमालेका थापा सहित बहुमत निर्वाचित
भक्तपुर, २८ जेठ : जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षमा एमालेका ईश्वर थापा निर्वाचित हुनु भएको छ । मुख्य निर्वाचन कार्यालय भक्तपुरले आज सञ्चालन गरेको निर्वाचनमा काँग्रेस र एमालेको बराबर मत आएपछि गोलाप्रथाबाट प्रमुख, उपप्रमुख र सदस्यको छनौट गरिएको थियो ।
गोलाप्रथाबाट छनौट गर्दा जिसस प्रमुखमा एमालेका थापा र उप प्रमुखमा काँग्रेसकी सुजाता बाडे निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा सदस्यहरुमा एमालेका नानु कार्की, मन्जु कार्की, विश्वराम त्वायनाबासु र राम माया मिजारले गोला तानेर निर्वाचित हुनु भएको छ । कांग्रेसबाट भने सदस्यमा बिनु केसीले गोला तानेर विजय हासिल गर्नु भएको छ ।

भक्तपुरका चार नगरपालिकामा निर्वाचित नगर प्रमुख र उपप्रमुख आठ जना मध्ये नेकपा एमालेका दुई प्रमुख र एक उपप्रमुखसहित तीन मत, नेपाली कांग्रेसको दुई प्रमुख सहित दुई मत, नेकपा माओवादी केन्द्रका एक उपप्रमुख सहित एक मत र नेपाल मजदुर किसान पार्टीको प्रमुख र उपप्रमुख सहित दुई मत गरि कूल आठ मत रहेको थियो ।
एमाले, काँग्रेस र नेमकिपा तीन वटै दलले आ–आफ्नो उम्मेदवारी उठाए पनि काँग्रेस र एमालेले अन्तिम समयसम्म पनि नेमकिपालाई प्रमुखसहित सदस्य दिएर बहुमत जुटाउन खोजे पनि नेमकिपाले एमसीसी पक्षधर दलसँग कुनै पनि साझेदारी नगर्ने अडान राख्दै आएको थियो ।
अन्तिममा एमाले र काँग्रेसबीच पनि मिलेर जाने प्रयास असफल भए पछि अन्तमा भएको मतदानमा एमालेका उम्मेदवारले तीन मत र काँग्रेस तथा माओवादी केन्द्रका उम्मेदवारले तीन मत गरि बराबर मत प्राप्त गरे पछि गोलाप्रथा गरिएको थियो । मत बराबर भएपछि गोलाप्रथा गर्दा जिसस प्रमुखसहित ५ जना एमालेबाट र उपप्रमुखसहित २ जना काँग्रेसबाट निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीलाई एमालेका पोलिटव्यूरो सदस्य, प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले खादा तथा माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । त्यस्ते निर्वाचिन हुनेहरुलाई सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, पूर्व नगरप्रमुख सोमप्रसाद मिश्रलगायत एमालेका नेताहरुले बधाई तथा शुभकामना प्रदान गर्नु भयो ।




सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा रहेको मोसा स्टेडियमा संचालन हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो । लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा संचालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि गत विहिवार नेपाली अल स्टार क्लबसँग र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिष्पर्धा गरेको थियो ।







उहाँले भन्नुभयो, “शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बिकास बिरोधी सरकार हो, जनताको विपक्षमा रहने सरकार हो, मंहगी बृद्धि गराउने, जनतामा अनावश्यक कुरा लाद्ने सरकार हो भन्ने जनताले बुझिसकेका छन्, अब मंसिरमा हुने चुनाबबाट अहिलेको बिकास बिरोधी सरकारलाई बाईबाई गर्नेछन् र बिकास गर्ने एमाले नेतृत्वको सरकारलाई हाई हाई गरेर फेरी सरकारमा ल्याउने छन् । त्यसपछि अहिलेको सरकारले काटेका सबै सडकका बजेट ल्याएर विकासलाई पूर्णता दिनेछौ ।”
