इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न

भक्तपुर, :  सूर्यविनायक नगरपालिका–३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्लिस स्कुलमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न भएको छ।

पौष २० गते सुरु भएको उक्त खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई पौष २३ गते औपचारिक रूपमा समापन गरिएको हो। विद्यालयका सह-प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो। विभिन्न तहका विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई लक्षित गरी उक्त उत्सव चार दिनसम्म सञ्चालन गरिएको उहाँले बताउनुभयो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई आत्मसात गर्दै विद्यालयले हरेक वर्ष विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने र उनीहरूभित्र रहेका प्रतिभाहरू उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको विद्यालयको अतिरिक्त क्रियाकलाप तथा खेलकुद संयोजक सुविन्द्र राईले जानकारी दिनुभयो।

चार दिनसम्म सञ्चालन भएको खेलकुद उत्सवमा प्रि–नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई समेट्ने कोसिस गर्दै विद्यालयले विभिन्न खेलहरु खेलाएका थिए । उत्सव अन्तर्गत व्यक्तिगत तथा अन्तर–सदन प्रतियोगिताहरू सञ्चालन गरिएका थिए। प्रतियोगितामा “रेड हाउस” ले सबैभन्दा धेरै स्वर्ण, रजत तथा कास्य पदक जित्दै वर्षको “उत्कृष्ट सदन” घोषित भएको थियो ।

समापन समारोह तथा मेडल वितरण कार्यक्रममा बोल्दै सह-प्रिन्सिपल राईले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रष्फुटन हुनुका साथै खेलकुदप्रतिको रुचि र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सो अवसरमा उहाँले विजेता विद्यार्थीहरूलाई मेडल वितरण गर्दै बधाई व्यक्त गर्नुभएको थियो। खेलकुद उत्सवलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ।

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपानेसहित केही पद सर्वसम्मत
भक्तपुर, २५ पुस : भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा वरिष्ट उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले सर्वसम्मत निर्वाचित हनु भएको छ ।  संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको आज उद्घाटन  बन्द सत्र तथा २६ गते हुने नर्वाचन कार्यतालिका अनुसार केही पदमा सर्वसम्मत भएको र केही पदमा निर्वाचन हुने भएको हो ।
संघले वरिष्ट उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने परम्परा कायम गर्दै आए अनुरुप न्यौपानेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको महासचिव नविन प्रजापतिले जानकारी दिनुभयो ।
त्यसैगरि वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष एसोसिएटतर्फ गणेशहरि प्रजापति, उपाध्यक्ष साधारणतर्फ दिनेश गोसाई र सचिवमा गौतम सुजखू सर्वसम्मत निर्वाचित हुने भएको उहाँले जानकारी दिनुभयो ।
आज साँझसम्म सबै पदमा सर्वसम्मत गर्ने प्रयास जारी रहेको बताउदै महाचसवि प्रजापतिले सबै दिमा आज साँझसम्म सर्वसम्मतको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
उपाध्यक्ष वस्तुगततर्फ महेन्द्र खायमली र विश्वराम दुवाल, महासचिवमा वर्तमान महासचिव नविन प्रजापति र रुकेश रञ्जित तथा कोषाध्यक्षमा राजेश त्वानाबासु र रञ्जित मारिखूले उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको छ । सदस्यहरु ११ जना निर्वाचित हुनुपर्नेमा १२ जनाको उम्मेदवारी परेकाले सवैसम्मतको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
महासचिव प्रजातिका अनुसार सबै पदमा सर्वसम्मतको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । सर्वसम्मत नभएका केही पदमा मात्रै निर्वाचन हुने र २६ गते बिहान मतदान हुने नानकारी दिनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन
भक्तपुर, २५ पुस : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी लगानीमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने सरकारले तयारी गरेको बताउनु भएको छ । आज भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटनमा बोल्दै उहाँले महासंघको मागलाई सरकारले सकारात्मक रुपमा लिएर घोषणाको तयारी गरेको बताउनु भएको हो ।
महासंघ ढकालले भन्नुभयो, “स्कुललाई जस्तै निजी लगानीका औद्योगिक क्षेत्रलाई पनि शान्ति क्षेत्र घोषणा गनै सरकारसंग माग गरका थियौ, मन्त्री परिषद्ले यसलाई पारित गरेको जानकारी पाएका छौँ, सरकराले अब छिट्टै शान्ति क्षेत्र घोषणा गरेपछि निजी क्षेत्रमा कुनै प्रकारको बन्द, अडताल, तोडफोड, आगजनी निषेध हुन्छ ।”
अध्यक्ष ढकालले गत भदौ २३–२४ का प्रदर्शनका क्रममा उद्योग र निजी सम्पत्तिमा आक्रमण गर्नेहरू माथि कानूनी कारबाही गर्नुपर्नेमा उहाँले माग गर्नुभयो ।  उहाँले निजी क्षेत्रको मनोबल खस्किएको र लगानी मैत्री वातावरणका छैन भन्ने भाष्यलाई चिर्दै महासंघको पहलमा निजी क्षेत्रका व्यवसायीहरु जुटर १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापनाको कार्य भएको बताउनुभयो ।
कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता र उत्पादनमूलक क्षेत्रमा लगानी तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताउदै उच्चस्तरीय आर्थिक सुधार आयोग गठन एवं लगानीमैत्री वातावरणको लागि विभिन्न कानून संशोधनमा महासंघले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।  महासंघ अध्यक्ष ढकालले निजी लगानी गरिरहेका व्यवसायी एवं महासंघलाई सरकारले प्रतिपक्षको रुपमा व्यबहार गर्न नहुने बताउदै राज्यको आर्थिक सम्बृद्धिको मेरुदण्डको रुपमा रहेकाले राज्यले समाज व्यबहार गर्नु पर्ने औल्यानुभयो ।
भक्तपुरलाई ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र परम्परागत उद्योग तथा साना–मझौला व्यवसायको केन्द्रका रूपमा चिनाउँदै अध्यक्ष ढकालले स्थानीय वाणिज्य संघहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।  कार्यक्रममा संघका भक्तपुर अध्यक्ष रोशनीमैया धौबञ्जा, महासचिव नविन प्रजापतिलगायतले भक्तपुरलाई पर्यटन र हस्तकला उद्योगबाट समुन्नत बनाउन लागिरहेको बताउनुभयो ।
पत्रकार पेशल आचार्यसहित तीन पत्रकारलाई सम्मान
भक्तपुर, २३ पुस । पत्रकार पेशल आचार्यसहित तीन पत्रकारलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ औं स्थापना दिवसको अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा पुर्याएका योगदानको कदर गर्दै राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष एवं नेपाल अर्थडटकमका कार्यकारी अध्यक्ष समेत रहेका पत्रकार पेशल आर्चालाई १५ हजार रूपैयाँ राशिको स्व.भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको हो ।

कार्यक्रममा स्व.मैंयादेवी शिल्पकार स्मृति पत्रकारिता परस्कारबाट कान्तिपुर टेलिभिजनका फोटो पत्रकार विनोद कोजु र हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठलाई
जनही २ हजार ५ सय रूपैयाँ नगद सहित सम्मान गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले दोसल्ला, सम्मान पत्र र नगद पुरस्कारसहित सम्मान गर्नु भएको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताउनु भएको छ । मिडियामा आएका आफ्ना समाचारकाबारे स्पष्ट पार्दै मन्त्री खरेलले भन्नुभयो, “म चुनाबमा उठ्ने रे भन्ने कराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठन् रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, सञ्चार माध्यममा तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनाबमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमामा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।”
प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वका सकरारको ध्यान सफल रुपमा चुनाब गराउनु नै रहेको बताउदै उहाँले आफ्नो ध्यान चुनाबमा केन्द्रीत भएपनि फरक ढंगले समाचार आउनुलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गर्नुभयो ।  पत्रकारिताले विश्वसनीयता, सन्तुलन र सत्यतथ्यलाई  कायम राख्नुपर्नेमा जोड दिदै उहाँले फागनु २१ मा निर्वाचन हुदैछ, उक्त निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाधली रहित ढंगबाछ सम्पन्न हुने बताउनु भयो ।  निर्वाचनमा सही, सत्यपरक र सन्तुलित सूचना एवं समाचार विश्वसनीय ढंगले सम्प्रेषण गर्न आग्रह उहाँले आग्रह गर्नुभयो ।
मन्त्री खरेलले चुनाब नजिकिदै गर्दा मतदाता शिक्षालाई प्रभावकारी पार्ने, चुनाबलाई निष्पक्ष, धाँधली, स्वतन्त्र बनाउने, सही उम्मेदवार छान्ने, सही ठाउँ सही तरिकाले भोट रद्ध नहुने गरि मतदान गर्ने र राम्रो नेतृत्व चयन गर्ने सन्दर्भमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने औल्याउनुभयो ।  आमनागरिकले सञ्चार माध्यमबाट कुन पार्टी ठिक, कुन नेता ठिक, कुन चुनाब चिन्ह ठिक, कसरी मत हाल्ने, कसरी सही तरिकाले मत हाल्दा बदर हुदैन, मतदान केन्द्रमा सेवा सुबिधा के छ, सबैजना मतदानमा जानु पर्छ भन्ने कुरा जानकारी दिन लाग्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री खरेलले भन्नुभयो, “देश किन बन्न सकेन, कसका कारण बन्न सकेन, कति वटा व्यबस्था परिविर्तन भए, पञ्चायत आयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, सबै व्यबस्था परिवर्तन भए, कयौ व्यक्तिहरु शासन व्यबस्थामा आए, सरकार चलाए, प्रधानमन्त्री चलाए, मन्त्रीहरु बने तर देश किन बनेने ?, जनताको अबस्था किन सुध्रने त ? किन जेन्जी जनआन्दोलन हुनु पर्यो, दर्जनौले बलदानी दिनु पर्यो भन्नेबारेमा समाचार माध्यमले समाचार ल्याउनु पर्छ ।”
मलुकले परिवर्तन खोजेको छ, परिवर्तनका लागि अब फेरी मुलकमा रगत बग्न हुदैन, जेन्जी दाजूभाई दिदी बहिनीहरु मर्ने दिन फेरी आउनु हुदैन, फेरी बलिदानी दिनु पर्ने अबस्था आउनु हुदैन भन्दै उहाँले त्यस्तो दन आउन नदिन एउटा ठूलो अवसर आएको र आउँदो चुनाबबाट राम्रो व्यक्ति, राम्रो पार्टी, राम्रो नेतालाई नेतृत्वमा ल्याएर परिवर्तन गर्नु पर्ने बताउनुभयो ।
उहाँले नेपालमा मिडिया धेरै भएकाले व्यवसायीकरण तर्फ जान नसकेको बताउदै भन्नुभयो, “ हाम्रो देशमा करिब १३ हजार पत्रकार छन्, १३ हजार वटा नै सञ्चार माध्यम छ, त्यो भन्दा बढी होला, कसरी धान्या होला, कसलाई पत्याउन हो, कसलाई मान्ने हो, हाम्रा देशमा १३ हजार मिडिया आवश्यक हो कि होइन, धान्न सकिन्छ कि सकिदैन, यी सञ्चार माध्यम कसरी सर्भाइव गर्ने बडो जोखिमपूर्ण अबस्था छ, यसलाई सम्बद्ध निकायले गहन तबरले बुझ्नु पर्छ ।”  मिडियाले मिस इन्फरमेशन, डिस इन्फरमेशन र फेक न्यूजको शिकार धेरै नै भइरहेको छ भन्ने आमनागरिकको भनाई रहेको बताउदै उहाँल यसलाई कसरी निरुत्साहित गर्ने र कसरी पत्रकारितामा व्यवसायीकता ल्याउने भन्नेबारेमा सोच्नु आवश्यक रहेको बताउनुभयो ।
वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पत्रकारिता क्षेत्रका सबै समस्या अहिलेको सरकारले समाधान गर्नु पर्नेमा जोड दिदै लाईक र भ्युअर्स आउने आशामा जथाभावी समाचार सम्पूेषण नगर्न आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, “प्रदेश सरकार प्रति अनेकौ किसिमका भ्रमहरु फैलाउने, प्रदेश सरकारले गर्दा देशलाई ठूलो धनराशी घाटा भयो, मन्त्री, सांसदले धेरै सेवा सुबिधा लिए भनेर पनि आको छ, अनेकौ घाटा भयो भन्ने कराहरु आएका छन्, प्रदेशका माननीय र प्रदेशका सरकारले सबै सेवा सुबिधा आए भन्ने कुरा आएको छ । प्रदेश सरकारको विषयमा पनि पत्रकारले सत्य तथ्य लेखेर प्रदेश सरकार चाहिने हो कि हाइन, अहिलेको संरचनामा  आवश्यक छ कि छैन भनेर लेखिदिन आग्रह गर्नुभयो ।‘
कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले प्रेसस्वतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई फरक ढंगले बुझिदिनु पर्ने बताउनुभयो । उहाँले समाचार गहन विषय भएकाले सत्य, तथ्यमा आधारित भएर नै जानु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष उम्मिद वागचन, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिश रेक्का, महासंघका काठमाडौं अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की, पत्रकार कबिर राणा, शाखाको पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, सम्मानित पत्रकार पेशल आचार्य, कार्यक्रमका सभापति एवं शाखा अध्यक्ष सुन्दर शिल्पकार, महासंघ भक्तपुर शाखा उपाध्यक्ष नविना खर्बुजा, उपाध्यक्ष हेमराज ढकाललगायतले पत्रकारको हकहितमा सरकार लाग्नु पर्नेमा जोड दिनुभयो ।
भक्तपुर काँग्रेस फागुन २१ को निर्वाचनमा होमियो, निर्वाचन पछि नियमित महाधिवेशनको तयारीमा जट्छौं
भक्तपुर, २१ पुस । नेपाली कांग्रेस भक्तपुर जिल्ला नियमित महाधिवेशनको प्रतिक्षा गर्दै आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिएको बताएको छ । आज नेपाली काँग्रेस भक्तपर जिल्ला समितिले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर काँग्रेस विशेष महाधिवेशनको पक्षमा नरहेको र निर्वाचनको तयारीमा होमिएको बताएको हो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं निवर्तमान् सांसद दूर्लभ थापाले जिल्लाका ७० प्रतिशत महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूले पार्टीलाई विधि, विधान र निर्धारित कार्यतालिका अनुसार अघि बढाउन नियमित महाधिवेशन नै उपयुक्त हुने बताएको भन्दैं पार्टीभित्रको एकता, अनुशासन र संगठन सुदृढीकरणका लागि पनि समयमै नियमित महाधिवेशन आवश्यक रहेको बताउनुभयो ।
भक्तपुरका ७० प्रतिशत महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यहरुले हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको पक्षमा नरहेको र नियमित महाधिवेशाको माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस भक्तपुर जिल्ला पार्टीको बिधि र बिधानअनुसार चल्न एक ढिक्का भएको छ । पार्टीको निर्णयानुसार हामी नियमित महाधिवेशनको पक्षमा छौं, जिल्लाका ७५ प्रतिशत महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यहरुले नियमित महाधिवेशन गर्न माग गरेका छन्, त्यसैले हामी यतिखेर आगामी फागुन २१ को निर्वाचन सफल बनाउन निर्वाचनको तयारीमा होमिएका छौँ ।’
पत्रकार सम्मेलनमामा उहाँले ७० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको बताउदै फागुन २१ गतेको निर्वाचनको लागि समानुपातिकको उम्मेदवारी दर्ता भइसकेको र प्रत्यक्षतर्फको उम्मेदवार चयनको प्रक्रिया शुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य सकिएको बताउनुभयो । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णायानुसार बैशाखमा तोकिएको नियमित महाधिवेशनको पक्षमा रहेको बताउदै सभापति थापाले भक्तपुरमा क्रियासिल सदस्यता ८२ प्रतिशतले नविकरण गरेको र थप २५ प्रतिशत नयाँ क्रियासिल सदस्यता वितरण गरेको बताउनुभयो ।
भक्तपुरका क्षेत्र नम्वर १ मा सर्वसम्मत तरिकाले प्रत्यक्ष तर्फको उम्मेदवार चयन गरेको र २ नम्वर क्षेत्रमा सहमतिको प्रयास भइरहेको बताउदै उहाँले समानुपातिकवाट भक्तपुरवाट विनोद कायस्थ, गणेशमान चक्रधर, र गगांलक्ष्मी अवाल चयन भएको बताउनुभयो। पार्टीको केन्द्रीय महाधिवेशन बैशाख २७ देखि २९ सम्म ताकिएकाले नेपाली कांग्रेस भक्तपुर सोहि अनुसार अघि बढ्ने बताउदै उहाँले देश नै गम्भिर मोडमा उभिएको बेला नेपाली कांग्रेस एक ढिक्का भएर पार्टीको नियमित महाधिवेशन गरी वडा तहदेखी केन्द्रीय नेतृत्व गर्नु आजको आवश्यकता भएको सभापति थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्ला जिल्लामा क्रियाशिल सदस्यता टुङ्याउन अझै बाँकी रहेको अबस्था र देश निर्वाचनमय भएको अबस्थामा हामीले विशेष महाधिवेशन भनेर बस्ने यो समय होइन । पहिला निर्वाचन सफल पाराँै, त्यसपछि केन्द्रीय समितिको निर्णयानुसार महाधिवेशनमा पार्टी जानेनै छ । भक्तपुर काँग्रेस एक ढिक्का भएर निर्वाचनमा होमियौं ।’
आगामी निर्वाचनमा काँग्रेस भक्तपुरको सबै क्षेमा जित सुनिश्चित गर्ने गरि तयारीमा जुटिसकेको बताउदै उहाँले केही नयाँ भन्नेहरुले सामाजिक सञ्जालमा काँग्रेस कमजोर भयो, केही बोल्दैन भन्ने भ्रम फैलाएको टिप्पणी गर्दै उहाँले भक्तपुरमा काँग्रेस बलियो रहेको बताउनुभयो । केही विदेशी शक्तिको आडमा भ्रम फैलाएर केही मच्चिरहेको टिप्पणी गर्दै उहाँले काँग्रेस एमालेको घरघर खोजी खोजी आक्रमण गर्ने, नेताहरु माथि भ्रम फैलाउने र पार्टी भित्रै विवाद ल्याउन खोज्नेहरुलाई काँग्रेसले आफ्नो शक्ति देखाउने बताउनुभयो ।
भक्तपुर काँग्रेस एक्लै चुनाबमा गएर विजयी हुन सक्षम रहेको बताउदै उहाँले पार्टीको केन्द्रीय निर्णयले पार्टीहरु मिलेर चुनामा जाने अबस्था आएपनि काँग्रेस तयार रहेको बताउनुभयो । जिल्ला सभापति थापाले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारी दर्ता भइसकेको र प्रत्यक्षतर्फका उम्मेदवार चयन प्रक्रिया सुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताउन भयो ।
कार्यक्रममा जिल्ला समितिको पदाधिकारीहरु, भावी उम्मेदवारको बन्द सूचीमा परेका उम्मेदवारहरु, नगर प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
नेकपा एमाले क्षेत्र नं. २ बाट उम्मेदवारमा सचिव महेश बस्नेत सर्वसम्मत, क्षेत्र नं. १ भने बाट ६ जनाको नाम सिफारिस
भक्तपुर, २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका उम्मेदवारमा नेकपा एमालेका सचिव महेश बस्नेत एकल सिफारिसमा पर्नु भएको छ ।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले पार्टी सचिव महेश बस्नेतको उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
एमालेको तर्फबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठको समेत उम्मेदवारी दाबी रहेपनि समितिको बैठकले उक्त क्षेत्रबाट राजथला र श्रेष्ठले आफ्‌नो दाबी छाडेर आफूलाई सर्वसम्मत उम्मेदवारी बनाएको सचिव बस्नेतले जानकारी दिनुभयो । सचिव बस्नेतलाई सर्वसम्मत उम्मेदवार सिफासिका लागि एमाले जिल्ला अध्यक्ष देउजाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । एमाले नेता राजथलाले भने देश निर्वाचनमय भएकाले जसले टिकट पाएपनि पार्टीलाई विजयी बनाउँन एक ढिक्का भएर लाग्ने बताउनुभयो ।
भक्तपर क्षेत्र नं. १ मा भने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट ६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ बाट एमालेका पूर्वकेन्द्रीय सदस्य सोमप्रसार मिश्र, सरस्वती वाटी, दिपेश खड्का, राजकुमार लामिछाने ‘चमत्कार’, डा. राजेन्द्र कोजू र रबिन्द्र लाछिमस्यु गरि ६ जनाको नाम सिफारिस गरेको छ ।  क्षेत्र नं. १ बाटै नेता निर्मल भट्टराई र गोविन्द दुलालले पनि उम्मेदवारी दाबी गरेकोमा एमाले भक्तपुर क्षेत्र नं. १ कमिटीले आफ्‌नो क्षेत्र बाहेक अन्य क्षेत्रबाट अएकालाई नस्विकार्ने निर्णय गरेपछि ६ जनाको नाम सिफारिस भएको कमिटीले जानकारी दिएको हो ।
प्रत्यक्षतर्फ यही माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका तय गरेपछि जिल्ला जिल्लाबाट उम्मेदवारको नाम छनौट गरि सिफारिस गर्ने कार्य तिब्र रुपमा भइरहेको छ ।