प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठलाई चाँगुनारायण नगरपालिकाबाट बिदाइ
भक्तपुर, १० कात्तिक । चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठलाई नगरपालिकाबाट बिदाइ गरिएको छ । उहाँको सरुवा भएपछि नगरपालिकाल आज आयोजना गरेको विदाई तथा फेरि भेटौँला कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले खादा ओढाएर कदर पत्र प्रदान गरि विदाई गर्नु भएको हो ।

नगर प्रमुख खत्रीले यस नगरपालिकामा कार्यरत रहँदा उहाँले पुर्याउनुभएको योगदान, सहयोग, समन्वय तथा सेवाप्रतिको समर्पणका लागि चाँगुनारायण नगरपालिका परिवार हार्दिक आभार तथा कृतज्ञता गरेको बताउनुभयो ।
थाहा नगरपालिका, मकवानपुरमा उहाँले आगामी कार्यकाल रहने भएकाले उहाँको कार्यकाल सफल, सुखद र उपलब्धिमूलक रहोस् र नयाँ कार्यस्थलमा समेत उहाँको ज्ञान, अनुभव, कुशल नेतृत्व र कार्यक्षमताले संस्थागत विकास तथा जनसेवामा थप योगदान पुर्याउन सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।



