आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको महाशाखाले जनाएको छ।

यो पनि पढ्नुहोस  नेपालको साँस्कृतिक र नैतिक विचलन आउँदा राजनीतिमा समेत विचलन  : एमाले अध्यक्ष ओली
प्रकाशित मितिः