शिक्षा अधिकार सम्बन्धी सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ६ स्थित सूर्यविनायक युवा क्वलमा शिक्षा अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहीता बनाउने कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको हो ।

नेपालको संविधानमा प्रावधान भए अनुसारको शिक्षा अधिकार सम्बन्धी संवैधानिक व्यवस्था विद्यामान शिक्षा निती र सोको कार्यान्वयन, गुणस्तर शिक्षाकाका लागि योजना निर्माण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सामुदायिक विद्यालयको विद्यमान अवस्थाका साथै शिक्षा सम्बन्धी विविध विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष ईश्वर खड्काले आफ्ना क्षेत्रका नागरिकलाई शिक्षाको अधिकारबाट बञ्चित नगर्ने विश्वास व्यक्त गर्दै आफू भर्खरै निर्वाचित भएर आएको र यसबारेमा आवश्यक योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । नगरपालिकाले विगतका वर्षमा शिक्षामा क्षेत्रको सुधारको लागि धेरै काम गर्दै आएको र आगामी वर्ष शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा महिला वडा सदस्य सरला विकले जनप्रनिधिले गुणस्तरी शिक्षाको लागि शैक्षिक संस्था स्तरोन्नती गर्दै आएको चर्चा गर्दै इन्सेकको कार्यक्रम जनप्रतिनिधी, शिक्षक, अभिभावक र सरोकारवाला निकायको सहभागितमा अन्तरक्रिया गर्न पाए थप प्रभावकारी हुने औल्याउनु भयो ।

कार्यक्रममा सुवर्णेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण रावतले गुणस्तरीय शिक्षाको लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउदै पछिल्लो समय विद्यार्थीको संख्या बढ्दै आएको तर दरबन्दी मिलानको अभावले शिक्षक अपुग भएको गुनासो राख्नु भयो ।

विद्यालयको भौतिक पूर्वाधारको विकाससँगै कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको जानकारी गराउनु भयो । कार्यक्रममा समाजसेवी विष्णुप्रसाद राजथलाले सरकारी जागिरको लागि सार्वजनिक विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भयो ।

सुवर्णेश्वर माविमा कक्षा ७ मा अध्ययनरत छात्र विवेक घिसिङले विद्यालयमा शिक्षक अभाव रहेको विद्यालयलको बैकल्पिक पोशाकमा टिसर्ट नपाएको र विद्यालयमा खेलकुद मैदानको अभाव रहेको गुनासो राख्नु भयो ।

यो पनि पढ्नुहोस  शैक्षिक गुणस्तर बृद्धि गर्नेबारे मन्त्री पौडेल र मेयर खत्रीबीच भेटवार्ता

अर्का विद्यार्थी विवेक श्रेष्ठले शिक्षाको गुणस्तरीयताको लागि अभिभावकको चासो हुन पर्ने, अभिभावक भेला निरन्तर हुनुपर्ने, शिक्षण विधिमा नयाँ प्रविधिको विकास हुनुपर्ने, पाठ्यक्रम समयानुसार परिवर्तन हुनपर्ने र नगरपालिकाबाट विद्यालयको अनुगमन गरेर मात्रै नीति तथा योजना बनाउन सरोकारवाला निकायलाई आग्रह गर्नु भयो ।

कार्यक्रमका सभापति मानब अधिकार समुहका संयोजक बच्चुराम न्यौपानेले इन्सेकको कार्यक्रमले स्थानीयलाई सचेत बनाउने विश्वास व्यक्त गर्दै समाजलाई चेतना फैलाउने कार्यक्रम इन्सेकले मात्रै नभई अरु सामाजिक संस्थाहरुले पनि गर्नुपर्नेमा जोड दिनु भयो । इन्सेकका भक्तपुर सहजकर्ता राजु मंग्रान्तिले ईन्सेकको काम कतव्र्य र परियोजनबारे जानकारी दिँदै कार्यक्रम उदेश्यबारे प्रकाश पार्नु भएको थियो ।