विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक
जनकपुरधाम, १३ भदौ : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा ९एमाले० को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले पछिल्लो समय राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको भन्दै जनताले भोग्नुपरेको समस्याप्रति पार्टी गम्भीर रहेको पनि जनाएको छ । “पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको छ । समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ”, विज्ञप्तिमा भनिएको छ, “यतिबेला जनताले भोग्नु परिरहेका कष्टप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ ।”
एमाले ९तत्कालीन माले० द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको ३५औँ वर्ष प्रवेशका सन्दर्भमा आयोजित सचिवालय बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक पृष्ठभूमि, नेपालको राजनीतिक तथा विविध आयाममा त्यसले खेलेको भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीको योगदान र तत्कालीन सन्दर्भलाई स्मरण गर्दै त्यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ ।
“यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीका योगदानप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ”, विज्ञप्तिमा छ ।
त्यसैगरी विसं २०१९ मा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, पुनर्निर्माण र दर्जनौँ क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न चौथो महाधिवेशनले ऐतिहासिक भूमिका खेलेको, ३० वर्ष लामो पञ्चायती व्यवस्था अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्न र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताका रुपमा स्थापित गर्न ऐतिहासिक मञ्च प्रदान गरेको, महाधिवेशनले अघि सारेको नीतिकै कारण माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने महत्त्वपूर्ण योगदान गरेको पनि एमालको दाबी छ ।
“त्यस्तो महत्त्वपूर्ण यस ऐतिहासिकस्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका काम अगाडि बढाउने प्रण गर्दछ”, विज्ञप्तिमा भनिएको छ । बैठक आज दिउँसो ३ बजेदेखि सुरु भएको थियो ।
विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा ९माले० को चौथो महाधिवेशनस्थलमा ३४ वर्षपछि एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालय बैठक बसेको हो ।
इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा
काठमाडौँ, १३ भदौ । सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन बाल यौनदुव्र्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्ष मुनिका बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको जनाएको छ ।
महान्याधिवक्ता डा दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभइ मनोविज्ञान रुपमा असर पार्ने बताउनुभयो । उहाँले पहिले शारिरीक यौनदुव्यहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौनदुव्र्यहावरले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताउनुभयो ।
उहाँले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो । महान्याधिवक्ता डा पोखरेलले ‘साइवर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो ति कुरा अध्ययनबाट नै आउनुपर्ने जनाउँदै अध्ययन कानुन निर्माणका लागि कोशेढुङ्गा हुने बताउनुभयो ।
अध्ययनमा सूचना प्रविधिको दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्ने जस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौनदुव्र्यहारमा पर्ने गरेको जनाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले इन्टरनेटका कारणले धेरै बालबालिका यौनदुव्र्यहारमा पर्ने गरेको उल्लेख गर्दै मोबाइलको ‘सेटिङ’मा नै यौनजन्य भिडियो आउने खालका वेबसाइट रोक्नुपर्ने बताउनुभयो ।
लतिलपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले यौनदुव्र्यहारमा परेका बालबालिकाले उजुरी दिए पनि कहाँबाट यौनदुव्र्यहार भएको भन्ने कुरा थाहा पाउनका लागि साधन स्रोतको अभावले कारबाहीमा ल्याउन समस्या भएको बताउनुभयो । उहाँले उजुरी भए पनि बालबालिकाको संरक्षण गर्न समस्या हुने बताउनुभयो ।
उहाँले बालबालिकालाई यौनसम्बन्धी साइट हेर्नबाट रोक्नका लागि अहिले वाइफाईमा ‘चाइन्ड सेभ मोड’ राखिएको जानकारी दिनुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालबालिकालाई ल्यापटप, मोबाइल, आइप्याडबाट टाढा राख्नुपर्ने बताउनुभयो ।
कोशी र बागमती प्रदेशका पाँच सय १४ बालबालिकामा गरिएको अध्ययनमा बालबालिकालाई अश्लील फोटो पठाउने र माग्ने, बालबालिकाको फोटो प्रयोग गरेर यौनदुव्र्यहारमा पार्ने जस्ता क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ । अध्ययनमा ७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधिको प्रयोग गरिरहेको पाइएको बाल आवाजका कार्यकारी निर्देशक कृष्णकुमार थापाले जानकारी दिनुभयो ।
एसिया कप क्रिकेट :पाकिस्तानले टस जित्यो
काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्नेछ ।
नेपालले पहिलो पटक विश्व क्रिकेट वरियताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो ।
पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् ।
नेपाली टोलीमा भने कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
जनैपूर्णिमा र गाईजात्रा पर्व भोली एकैदिन
काठमाडौँ, १३ भदौ । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् ।
यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीका टिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आपत्ति जनाएको छ । समितिले धर्मशास्त्री र चाडपर्व विशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म तथा विद्वानहरूको राय मुताबिक निर्णय गरी स्वीकृत पञ्चाङ्गमा उल्लिखित भदौ १४ गते बिहीबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति तथा परम्परा अनुकूल रहेको भनी उल्लेख गरिएको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।
आज पूर्णिमासँगै भद्रा रहेको छ । आज राति ९ः०३ बजे मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न नमिल्ने उहाँले बताउनुभयो । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भदौ १४ गते नै रक्षाबन्धन, ऋषितर्पणी एवं गाईजात्रा पर्व मनाउनु शास्त्रसम्मत हुने समितिको निर्णय छ ।
“हालसम्म रक्षाबन्धन तथा जनैपूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन, एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ, यस वर्षको जस्तो तिथिको अवस्था विगत वर्षमा पनि परेको थियो, विसं १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१, २०७० र २०७९ सालमा पनि यस्तै तिथिको अवस्था परेको थियो, उक्त वर्षमा एक घडीमात्र उदयपूर्णिमा भए पनि सोही दिन नै जनैपूर्णिमा मनाइएको थियो, धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्रअनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने परम्परासमेत रहिआएको छ, भदौ १४ गतेका दिन पूर्णिमा तिथिको घट्यादि तीन मुहूर्तव्यापी छ, यसको विकल्प दुई मुहूर्त भए पनि पुग्छ, विधि निषेधको न्यायद्वारा अघिल्लो दिन उक्त पर्व मनाउने विधि र भोलिपल्ट मनाउनै नहुने निषेध पनि देखिन्न”, अध्यक्ष अधिकारीले भन्नुभयो ।
चार वेदका पनि अनेक शाखासूत्र भएकाले कतिपय निर्णय स्वशाखा सूत्रानुसार हुने समितिको भनाइ छ । स्वशाखा सूत्रमा फरक परेमा आफ्नो शाखासूत्रानुसार गर्ने छुट पनि सबैलाई रहेको सूचना समितिबाट स्वीकृत सबै पात्रो ९पञ्चाङ्ग० मा उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
ब्रह्माजीले पूर्णिमाको उदयकालमा नै वेद पाएकाले पूर्णिमाकै उदयकालमा जनैपूर्णिमा मनाउनु पर्दछ । चतुर्दशीको उदयमा उक्त कर्म गर्नु  हुँदैन । कालिका पुराणमा भनिएको छ–
सुनको मूल्य बढ्यो

काठमाडौँ, १३ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सय ५० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार चार सय ८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

नेवार समुदायले गुँपुन्ही मनाउँदै

भक्तपुर, १३ भदौ :  नेवार समुदायले आज गुन्हुँपुन्ही पर्व मनाउँदैछ । नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।

गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो । सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ ।

नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ ।

नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।

रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
“खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उहाँले भनुभयो ।

भ्यागुताको पूजा

श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ ।

“मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उहाँले भन्नुभयो ।

भक्तपुरका कुण्डमा मेला

जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः ९कालदह०मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव ९फसी देगः०को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । गुन्हुँपुन्हीको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।

गुण्डुमा सात तोला सुन र एकलाख ५० हजार चोरी

भक्तपुर, १२ भदौ । भक्तपुरको गुण्डुमा सोमबार दिउसै चोरी भएको छ । स्थानीय राजकुमार गाइसीको घरबाट दिउँसो ११ः३० देखि १२ः३० भित्र चोरी भएको जनाइएको छ । घरमा कोही नभएको मौका छोपी झयालबाट घर भित्र पसेर चोरी भएको पीडित राजकुमारले बताए । करिब छ सात टोला सुन, एक लाख पचास हजार नगद चोरी लगेको उनले जनाए । चोरी गर्ने मान्छे टाढाको नभई घरकोबारेमा सबै जानकार हुने अनुमान गरिएको छ । मेरो घर वरिपरिकोले नै गरेको अनुमान उनको छ ।

भक्तपुरको रिसोर्टमा किशोरी बलात्कार

भक्तपुर, १२ भदौ । भक्तपुरमा नाबालिगको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी छन् । १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा भण्डारीलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए ।

गएको आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–९, पलासेस्थित रिसोर्टमा भण्डारीले ती किशोरीको बलात्कार गरेको आरोप छ । सो उजुरीपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फरार मध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन, छानबिन समितिको काम सुरु
भक्तपुर, ५ भदौ : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएका मध्ये प्रहरीले आज थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट फोडेर भागेका २२१ जना बन्दी मध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जना मध्ये आजदिनभरीमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
फरार रहेका मध्ये हिजो सोमबार रातीसम्ममा १०४ जनालाई पक्राउ गरेको र आज थप १० जनालाई उपत्यकाका बिभिन्न ठाउँबाट पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । बाँकी सात जनाको पनि भोलीसम्म पक्राउ गरिसक्ने उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याईएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा सुरु भएको घट्ना सोमबार भयाबह अबस्थामा पुगेको थियो ।
सोमबार दिउँसो घरेलु हतियार लिएर गेट फोडेर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेट्दै कुट्ने र लखेट्ने गरेपछि प्रहरीले २ राउण्ड अश्रृग्याँस प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो । घट्ना १९ सुरक्षाकर्मी र १० जना बन्दी गरि २९ जना घाइते भएका थिए । केही घाइते उपचार पश्चात फर्किएको र बाँकीको उपत्यकाका बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पुर्याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण सुरु भएको छैन । मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शवको परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँले मृतकका परिवारसँग भएको छलफलमा भोली जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको जानकारी दिनुभयो ।सुधार गृहभित्र आइतबारबाट भएको घट्नाले उग्ररुप लिए पछि तीनदिनदेखि यहाँ रहेका बालबालिकाहरु भने त्रसित रहेका छन् ।
छानबिन सुरु :
आइतबारको घट्ना पछि जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घट्नाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गठन गरेको छानविन समितिले आजदेखि काम सुरु गरेको छ ।
घटनाको अनुसन्धान तथा छानविन गरि सत्य तथ्य ल्याउन सहायक सिडिओ निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेकोमा त्यस समितिले आजैबाट आफ्नो काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “छानबिन समितिले आजैबाट आफ्नो काम सुरु गरेको छ । आज समितिको टोलीले सुधार गृह गएर त्यहाँका बन्दी, कर्मचारी, व्यबस्थापकलगायतका बिभिन्नन व्यक्तिहरुसँग सोधपुछ गर्ने काम सुरु भएको छ । सातदिन भित्र यसको प्रतिवेदन आएपछि सुधार गृह र घट्नाको बास्तविकता आउने छ ।”
त्यसैगरी बालबन्दीबाट सोमबार फरार हुनेक्रममा सुधार गृह र यूसेप नेपालमा भएको तोडफोडको यकिन क्षति बिबरण संकलन गर्ने कार्य आज भएको उहाँले बताउनु भयो । भोलीसम्म क्षतिको पूर्ण बिबरण आउने उउहाँले जानकारी दिनुभयो ।
बाल सुधार गृह काण्ड, यस्तो थियो, सम्पूर्ण घट्नाक्रम : सानोथिमीमा प्रहरी र बन्दीबीच झडप, दुई राउण्ड अश्रुग्याँस र तीन राउण्ड गोली फायर
भक्तपुर, ४ भदौ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा आइतबारदेखि तनाबग्रस्त थियो । आइतबार अचानक एक बन्दीको सुधार गृहमै मृत्यु भएपछि सुरु भएको तनाबले सोमबारसम्म आइपुग्दा विकराल रुप लियो । आइतबारको घट्ना पछि निकै त्रासमा रहेका बन्दीहरुले सोमबार मध्यान्हपछि बाल सुधार गृहको पछाडिको गेट तोडफोड मात्रै गरेनन्, सुधार गृहमा रहेका २२१ जना बाहिर निस्केर प्रहरी माथिनै जाईलागे ।
मुख्य गेट तोडफोड गरि बाहिर निस्केका बालबन्दी र प्रहरीबीच झडप हुँदा २४ जना घाइते भएका छन् । प्रहरीले तीन राउण्ड गोली चलाउदा दुई जना बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । बन्दीतर्फ घाइते भएका ६ जना मध्ये दुई जनालाई गोली लागेको छ । त्यसमध्ये एक गम्भिर एकको बस्र अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सोमबारको घट्नामा बालबन्दीको आक्रमणबाट नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १० जना, शसस्त्र प्रहरीको आठ जना घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । बन्दीको आक्रमणबाट हात भाचिएका प्रहरी निरीक्षक सञ्जिव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल बीर अस्पताल, त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।
बाल सुधार गृहमा रहेका २९९ जना बालबन्दी मध्ये सुधार गृहको गेट तोडफोड गरेर २२१ जना फरार भएका थिए । भक्तपुर र काठमाडौंका बिभिन्न ठाउँबाट प्रहरीले १०४ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । फरार रहेका मध्ये सबै नेपाली र धेरै तराईमूलका रहेका जानकारी दिदै उनले थप १७ जना पनि रातभरीमा पक्राउ गरिसक्ने दाबी गरे । सुधार गृह भित्र रहेको केटी बन्दी र केही बालकहरु भने गृहमै त्रसित भएर बसेका थिए ।
बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कदै घरेलु हतियार र ढुङ्गा प्रहार गरि प्रहरी माथिनै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले गोली चलाउनु परेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
सुधार गृहको भान्छालगायतमा रहेको लाठी, भाला, खुकुरी, चक्कुलगायतका हतियार लिएर बाहिर निस्केका बन्दीले प्रहरी माथि आक्रमण गरेपछि प्रहरीको भागदौड चलेको प्रतक्ष्यदर्शी स्थानीयले बताए । प्रतक्ष्यदर्शीका अनुसार बन्दीले उनीहरुलाई सानोठिमीको एसओएससम्म लखेटेको, केहीलाई कुटपिट गरेको, ढुङ्गाले हानेको र नारा लगाउदै सडक सडक हिडेका थिए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गोली चलाउन आफूले आदेश नदिएको जानकारी दिए । अबस्था भयावह भएपछि प्रहरीले गोली चलाउन बाध्य भएको जानकारी पाएको सुनाए ।
सुधार गृहका गेट तोडफोड गरेर बाहिर निस्केको बालबन्दीले सुधार गृहका बिभिन्न सामानहरु तोडफोड गरेका छन् । सुधार गृहको व्यबस्थापन गर्दै आएको यूसेप नेपालको कार्यालयमासमेत उनीहरुले तोडफोड गरेका छन् । यूसेप नेपालका कार्यकारी निर्देशक केशव सुवालले आइतबारको घट्नाबारे गृह मन्त्रालयमा छलफलका लागि गएको बेलामा यता यस्तो घट्ना भउको भन्दै बन्दीको तोडफोडबाट यूसेपमा कति क्षति भयो भन्नेबारेमा यकिन भइनसकेको बताए ।
सुधार गृह भित्र बन्दीबीच गुम्सिएको आक्रोस पोखियो :
बाल सुधार गृहभित्र बन्दीमा वर्षौदेखि आक्रोस थियो । घट्नाबारे जानकारी दिदै एक बन्दीले भने, “आजको घट्ना हिजोको घट्नासँग मात्रै जोडिएको छैन, यहाँ भित्र वर्षैदेखि गुम्सिएर रहेको आक्रोस एकै पटक पोखिएको हो । यहाँ भित्र बन्दीलाई हुने विभेद, गुणस्तरहिन खाना, पानी, शिक्षाको अवसर धेरै छन्, मैले यहाँको सुधारका लागि २० वटा बुँदा बनाएर माग गर्न खोज्दा मैमाथि जाइलाग्ने काम भयो ।”
पाँच वर्षदेखि सुधार गृहमा रहेका अर्का एक बालबन्दीका  अनुसार सुधार गृहभित्रै बन्दीका दुई वटा गुट छन् । सुधार गृहका इन्चार्ज एवं व्यबस्थापन समूहसँग निकट रहेका गुटले अर्को पक्षलाई पेल्ने, हेप्ने र विभेद गर्दै आएको थियो । सोमबार पनि सुधार गृहभित्रै यी दुई समूहबीच झडप भएको थियो । झडपमा तोडफोडसमेत भएको थियो ।
गुणस्तरीय खाना, पानी, सहज शिक्षा, समयमै औषधि उपचार नपाउने त्रासमा सधै यहाँको बन्दी रहनु परेको ती बालकले बताए । त्यहाँ भित्रको विभेदको आक्रोस पनि सोमबारको घट्नाको एउटा रुप भएको उनकौ भनाइ थियो ।
के के भयो, आइतबार र सोमबार :
शनिबार राती खाना खाएर सुतेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेत आइतबार बिहान उठेनन् । जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याईएका बस्नेतको आइतबार ओछ्यानमा बेहोस अबस्थामा थिए ।
एक बन्दीका अनुसार उनले समयमै उपचार नपाउँदा उनको त्यहीँ मृत्यु भइसकेको थियो । आइतबार बिहान बस्नेतलाई उपचारका लागि गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुर्याईयो तर चिकित्सकले मृत्यु भइसकेको जानकारी गराए ।
मृतकको बाँया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखिनै आँखामा समस्या रहेको भएपनि शनिबारदेखिनै उनलाई ज्वरो आएपछि सुधार गृहका इन्चार्जले मृतकका दाजुलाई खबर गरेका थिए । त्यसपछि शनिवार राती ज्वरो आयो भन्दै सिटामोल खाएर सुतेपनि बस्नेत बिहान उठेनन् ।
बस्नेतको मृत्यु पछि सुधार गृहमा बालबन्दीमा त्रास उत्पन्न भएको एक बन्दीले बताए । दिउँसो मृतकका आफन्तले बाहिरबाट नाराबाजी गरेपछि पुरुष थुनुवाले भित्रैबाट उसको पक्षमा नाराबाजी गरेका थिए । त्यसपछि आइतबार दिउँसैबाट सुधार गृहको स्थिति तनाबग्रस्त बनेको थियो ।
मृतकका आफन्तले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घट्नाको निष्पक्ष छानबिन गर्नु पर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । आइतबार दिउँसो आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी बृत्त थिमिका प्रहरीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका थिए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा आइतबार सुरक्षा निकायका प्रमुख र मृतक परिवारसँग जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा दुबै पक्षबीच सहमति भएको थियो ।
छलफलपछि घट्नाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गर्दै समितिलाई सात दिनभित्र सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने, जम्मेवारी तोकेको थियो ।
घट्नाबारे सत्यतथ्य अनुसन्धान गर्ने, शवको परीक्षण गर्ने र त्यसको रिपोर्ट एवं छानबिन समितिको प्रतिवेदनकोअ ाधारममा क्षतिपूर्तिको लागि माथिल्लो निकायमा लेखि पठाउने र सोमबार  घट्नाकाबारेमा प्रहरीमा जाहेरी दिने सहमति भएको थियो ।
मृतक परिवारसँग भएको सहमति अनुसार सोमबार मृतक परिवार प्रहरी कार्यालयमा मध्यान्हसम्म नआएपछि प्रजिअ रिजाल आफैले सहायक प्रमुख जिल्ला अधिकारी निरौलालाई मृतकका आफन्तलाई जाहेरी दिन आउन आग्रहसमेत गर्न लगाएको प्रजिअ रिजालले बताए ।
तर मृतकका आफन्त अचानक सोमबार मध्यान्ह पछि बाल सुधार गृह गएर नाराबाजी गर्न थालेपछि आक्रोसित सुधार गृहका बन्दीहरुले नाराबाजी गर्दै गेट फुटाएर बाहिर निस्किए पछि अबस्था तनाबग्रस्त बनेको उनको भनाइ थियो ।
त्यसलगत्तै बन्दीले भित्रैबाट नाराबाजी गर्दै सुधार गृहको भान्छामा रहेको खुकुरी, चक्कु, लाठी, भाला लगायतका हतियार लिएर निस्केपछि बाहिर रहेका प्रहरीलाई आक्रमण गरेको उनले बताए । एकैपटक ठूलो संख्यामा बन्दी निस्केर प्रहरीलाई लखेटेका थिए । प्रतक्ष्यदर्शीका अनुसार प्रहरीहरुलाई बन्दीले सानोठिमी एसओएससम्म लखेटेका थिए भने केहीलाई कुटपिट गरेका थिए । प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए ।
झडपमा प्रहरीले दुई राउण्ड अश्रुग्यास र तीन राउण्ड गोली चलाएको र दुई बन्दी घाइते भएको प्रहरीको भनाइ छ । बन्दीले समूहमै नाराबाजी गर्दै पैदल काठमाडौं तर्फ गएका थिए, कही बन्दी त्यहीँबाट फरार भएका थिए । यूसेपका अनुसार केही बन्दी पछि आफै फर्किएर सुधार गृहमै आएका थिए ।
प्रहरी र प्रशासनले भने सोमबारको घट्ना मृतक बस्नेतका आफन्तको लापर्वाही र आइतबारको सहमति विपरितको जाहेरी नदिई सुधार गृहमै गएर नाराबाजी गरि बन्दीलाई भड्काउदा भएको उपज भएको आरोप लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति हिजो साँझ घट्नाले सहज रुप लिएपनि आज दिउँसो सहमति विपरित मृतकका आफन्त फेरी सुधार गृह गएर नाराबाजी गरेपछि सोमबारको घट्ना भएकोे प्रहरीको भनाइ छ ।
राज्यको चरम लापर्वाही :
सरकारले हत्या, बलात्कारलगायत बिभिन्न अपराधका घट्नामा दोषी ठहर गरेका बालबालिकालाई कारागारमा नराखी बाल सुधार गृहमा राखेर शिक्षा, स्वास्थ्य, खानपानलगायतको व्यबस्था गर्दै आएका छ ।
सरकारले देशभर भक्तपुर, मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रुपन्देहीमा बाल सुधार गृह सञ्चालन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत सरकारले बालसुधार गृह चलाउँदै आएको छ । केही बाल सुधार गृहको व्यबस्थापनको जिम्मेवारी भने गैर सरकारी संस्थाले लिदै आएको छ ।
सानोठिमीमा रहेको बाल सुधार गृहको व्यबस्थापनको जिम्मेवारी भने गैरसरकारी संस्था यूसेप नेपालले लिदै आएको छ । वर्षौदेखि बाल सुधार गृहको क्षमता भन्दा बढी बन्दीहरु यहाँ राखिएको छ । यूसेप नेपालले यहाँको सुधार गृहको क्षमता बृद्धि गर्न र सेवा सुबिधा थप गर्न पटक पटक माग गरे पनि राज्यले नसुनेको यूसेपको भनाइ छ ।
यूसेप नेपालका निर्देशक केशव सुवालका अनुसार बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दीहरु रहेका छन् । यहाँ २१० जनाको क्षमता रहेपछि बिभिन्न अपराधका घट्नामा परेर सुधार गृहमा रहेका ४३ जना बालिका र २५६ बालक हाल २९९ बन्दी रहेका छन् । यूसेप नेपालले यहाँको क्षमता बढाउन, १८ वर्ष उमेर नाघेकालाई अन्यत्र सार्न, कम्तीमा शिक्षा १२ सम्म अध्ययनका लागि यहीँ व्यबस्थापन गर्न, सेवा सुबिधा एवं बजेट बढाउन पटक पटक माग गरेपनि सुनुवाई नभएपछि कठिन रुपमा व्यबस्थापन गर्दै आएको थियो ।
सुधार गृहभित्र गुणस्तरीय खाना, शुद्ध पिउँने पानीसमेतको व्यबस्था नभएको, सुधार गृह भित्रै विभेद हुने गरेको, २२ वर्षभन्दा माथिका उमेरका पुरुष एवं युवतीलाई पनि सुधार गृहमै राख्ने गरेको, बालबालिकाको उमेर नाघेपछि अयन्त्रै नलैजादा बेला बेलामा आन्तरिक रुपमा पनि बिवाद हुदै आएको एक बन्दीले बताए । बन्दी बीचनै दुई गुट रहेको, बिरामी पर्दा समयमै उपचार र औषधिको व्यबस्था नहुने गरेको, उच्च शिक्षा अध्ययन गर्न समस्या भएको बताए । राज्यले सुधार गृहको क्षमता अभिबृद्धि गर्ने, उमेर नाघेकालाई अन्यत्र सार्ने र पर्याप्त बजेट एवं सेवा सुबिधा उपलब्ध नगराउदाको परिणाम पनि यो घट्नासँग जोडिएको ती बन्दीले बताए ।
सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाईते, बिभिन्न सामान तोडफोड :
बाल सुधार गृहमा आज प्रहरी र बन्दीबीच भएको झडपमा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राती नौ बजे घट्नामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिदै सुरक्षाकर्मी तर्फ १९ जना र बन्दीतर्फ १० जना घाइते भएको बताउनुभयो ।
घाईते प्रहरी मध्ये थिमि वृत्तका प्रहरी निरीक्षक सञ्जिव ओलीको दाहिने हात भाँचिएर मध्यपुर अस्पतालबाट थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज रिफर गरिएको छ । काठमाण्डौँ कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार चन्द्रमाया राईको दाहिने खुट्टा भाँचिएको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
घट्नामा थिमि वृत्तका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठको दाहिने नली खुट्टामा चोट लागेको, प्रहरी परिसर भक्तपुरका प्रहरी जवान लक्ष्मण खड्का, बरिष्ठ प्रहरी हवल्दार बेलकुमारी बुढाथोकी, प्रहरी हवल्दार सूर्य बस्नेत, हवल्दार ३८ वर्षीय श्यामसुन्दर ठाकुर, प्रहरी जवान पुनम टमाटा, प्रहरी सहायक हवल्दार बादुरे राउत, प्रहरी जवान सन्तोष पचभैया, प्रहरी जवान भरत अड्केजाको भक्तपुर अस्प्ताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिएको थियो ।
यसैगरी सशस्त्र प्रहरी बलतर्फ घाइते भएका वरिष्ठ प्रहरी हवल्दार हरिशरण थापा, प्रहरी सहायक हवल्दारहरु माधव अधिकारी, ज्ञानबहादुर महत, प्रहरी जवानहरु राम प्रवेश सिंह, उमेश कुमार कलवार, राधिका थापा, कल्पना श्रेष्ठ, सुदन सुवाल उनीहरु सबैलाई थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बू रिफर गरिएको छ ।
त्यस्तै बाल बन्दीतर्फ घाइते हुनेहरुमा १८ वर्षिय साहिनी गोपाली, २२ वर्षिय दिले परियार, २१ वर्षिय विश्वास गपाली, २२ वर्षिय अर्जुन नेपाली, १८ वर्षिय सन्देश खत्री, २० वर्षिय दिनेश पुन मगर, २२ वर्षिय विशाल पाण्डे, १८ वर्षिय शंकर घर्ती, २२ वर्षिय उमेश कार्की, २० वर्षिय सञ्जिव तामाङ रहेका छन । घाइते मध्ये घर्तीको बीर अस्पतालको ट्रमा सेन्टरमा र अन्यको नागरिक अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल, मध्यपुर अस्पताललगायतमा उपचार भइरहेको छ ।
त्यसैगरि सुधार गृहको गेट तोडेर बाहरि निस्कने क्रममा बाल बन्दीहरुले बिभिनन सामानहरु तोडफोड गरि क्षति पुर्याएका छन् । प्रहरी उपरीक्षक केसीका अनुसार  बालसुधार गृह कार्यालय को १ नं को पोष्टमा रहेको कुर्ची, टेवल, सिसाको वत्ती फुटाएको, एक थान टिभि, युसेफ नेपालका कार्यालयका झ्यालका सिसा, बत्तिहरु, टेको, सिसि क्यामरा, कम्युटरको स्टेन तार राउटर र कुर्सी फुटाएर क्षति पुर्याएको छ ।
त्यस्तै बाल सुधार गृह भवन क्षती, कुर्सी, वेन्च, झ्याल, ढोका लाईटमा क्षति पुगेको छभने बालबन्दी बस्ने व्यारेकको झ्यालको सिसा, वाडेनको कार्यकक्षमा रहेको सिसिटिभी क्यामरा, मनिटर र दराज टेबल फुटाएर क्षति पुर्याएका छन् ।