अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प
काठमाडौं, ८ असार : अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।
दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको हो। भूकम्पको गहिराइ ५१ किलोमिटर रहेको बताइएको छ।
भूकम्पले गरेको क्षतिको विवरण भने सार्वजनिक हुन सकेको छैन। भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।
पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प भारतका केही भूभागमा समेत महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ।