चाँगुनारायण नगरपालिकाका उपप्रमुख बुढाथोकीलाई मातृशोक

चाँगुनारायण, १९ भदौ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीलाई मातृशोक परेको छ । नेकपा एमालेका नेता एवं समाजसेवी एवं उपप्रमुख बुढाथोकीको ममतामयी आमा ईश्वरी बुढाथोकीको ७६ वर्षको उमेरमा शुक्रबार आफ्नै निवासमा निधन भएको हो ।

केही वर्षयता क्यान्सरको निरन्तर उपचारमा रहनु भएको उहाँ आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरि दाहसंस्कार गरिने बताईएको छ । उहाँको पति, दुई छोरा र दुई छोरी रहेका छन् ।

आमाप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै परिवारजनमा श्रीपशुपतिनाथले धैर्यधारण गर्न सक्ने क्षमता प्रदान गरुन भन्ने कामना गर्दछौं ।

श्रीकृष्ण जन्माष्टमी महोत्सव सम्पन्न, मध्यराती १२ बजेसम्म मेला
भक्तपुर, १९ भदौ : मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित श्यामा श्यामा धाम शक्ति मन्दिर (राधाकृष्ण मन्दिर)मा श्रीकृष्ण जन्माष्टमी महोत्सव सम्पन्न भएको छ ।
श्रीकृष्ण जन्माअष्टमीको अवसरमा राधा माधव समिति श्यामा श्यामा धामले आयोजना गरेको बिविध कार्यक्रमसहितको महोत्सवमा आज बिहान ५ बजेदेखि राती नौ बजेसम्म हजारौ भक्तजनले राधाकृष्णको आकर्षक मूर्ति रहेको भक्ति मन्दिरमा विहान ५ बजेदेखि पुजा एवं दर्शन गरेका थिए ।
दर्शनार्थीले आज मन्दिरमा दर्शन गर्ने, धाममा प्रवचन श्रवण गर्ने र प्रसाद ग्रहण गर्ने कार्य मध्यराती १२ बजेसम्म जारी रहने दर्शनार्थीको आगमन भएको राधा माधव समितिका किरण कमार खोजुले जानकारी दिनुभयो । महोत्सवको अवसरमा आज बिहान ८ः३० बजेदेखि मध्यराती १२ बजेसम्म विशेष साधना सञ्चालन गरिएको जानकारी दिनुभयो ।
त्यसैगरि श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको श्रीकृष्णजन्माष्टमी विशेष कृष्णलीला प्रर्दशनी विहान १० बजेदेखि सुरु भई अपरान्ह ५ बजे सम्पन्न भएको थियो । कार्यक्रममा शक्ति साधनादेखि बिभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
श्रीमतिको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुदै घर फर्किए यादव परिवार
भक्तपुर, १९ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राङ्गनमा सर्लाहीका ३७ वर्षीय बालगोविन्द यादव नयाँ जीवन पाएर घर फर्किन पाएकोमा खुसीले दंग थिए ।  आफ्नै श्रीमानलाई आफ्नो आधा कलेजो काटेर श्रीमानको शरीरमा प्रत्यारोपण गरेपछि श्रीमानलाई सकुशल घर लैजान पाएकोमा ३३ वर्षिया श्रीमति मिना कुमारी यादव झनै खुसी देखिन्थिन् ।
बाल गोविन्दको कलेजो बिग्रिएर शरीरमा नहँदा जीवनमरणको संघारमा रहेको बेलामा उपचारकै क्रममा कलेजो प्रत्यारोपण गर्न मिल्ने थाहा पाएपछि श्रीमान्लाई कलेजो दान दिएर भए पनि बचाउँने अठोट व्यक्ति गर्दै उहाँ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आउनु भएको थियो ।
केन्द्रका चिकित्सकले यही भदौ ८ गते मिना कुमारीको आधा कलेजो काटेर श्रीमान् बाल गोविन्दलाई प्रत्यारोपण गरेपछि उहाँहरु आज डिस्चार्ज भएर घर फर्किनु भएको केन्द्रका प्रशासन प्रमुख हरिहर पोख्रेलले जानकारी दिनुभयो । केन्द्रले यो ३९ औ कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । शल्य चिकित्सक डा. रामबाबु साहकोे नेतृत्वमा ६० जना विशेषत्र चिकित्सक, नर्सलगायतको टिमले सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।
प्रत्यारोपण केन्द्रले १४ वर्षको अवधिमा १ हजार ६८० जनाको मृगौला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरि सकेको केन्द्रका कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।  यस केन्द्रमा नियमित कलेजो प्रत्यारोपण हुन थालेपछि कलेजो प्रत्यारोपणको लागि विदेश धाउन पर्ने बाध्याता हटेको र यस केन्द्रले देशको सबैभन्दा धेरै (करिब दुई तिहाई) प्रत्यारोपण गर्दै आएको उहाँले बताउनुभयो ।
कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा.लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ, डा. अमित यादव, एनेस्थिेसयिा तथा क्रिटिकल केयरका विभागीय प्रमुख डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिव सुन्दर राजचल, डा. सन्देश खाइजु, डा. रिती फुँयाल, रेडियोलोजि विभागबाट विभागीय प्रमुख डा. कृष्ण बुढाथोकी, डा.जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जि. एलीन र इन्दु मिमिरे लगायतको टिम सहभागी हुनु भएको थियो ।
प्रत्यारोपणमा कार्डियोलोजि विभागबाट विभागीय प्रमुख डा प्रवेश न्यौपाने, डा. सचिन लामिछाने, प्याथोलोजि विभागबाट बिभागिय प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे, ल्याब इन्चार्ज विन्दिरा जोशीको टिम सहभागी हुनुहुन्थ्यो । ग्याँस्ट्रोइन्टरोलोजि विभागबाट विभागीय प्रमुख डा. कर्ण राजवंशी, डा. शेखर पौड्याल, पल्मोनोलोजी डा. राजेश किशोर यादव,  े निमित्त नर्सिङ्ग निर्देशक सनिषा कार्की, नर्सिङ्ग इन्चार्जहरु बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा, ओटी नर्स कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना के।सी, बन्दना राई, रविना पक्का, सोनिया गिरी, ज्योति के.सी, सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, आइसियु नर्स अर्पणा सेन, जयन्ति ताम्राकार, देवजना श्रेष्ठ, सजना कासुला, अनु बज्राचार्य, जानुका सुनार, सिता मैया अवालको सहभागिता रहेको थियो ।
प्रत्यारोपणमा ओटी व्यवस्थापनको जिम्मा अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेश राम कोजु लगायतको टिमले गर्नु भएको थियो भने डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिष्ट शोनि शिख्वालको समेत प्रत्यक्ष संलग्नता रहेको थियो । फार्मेसी विभागबाट सजन खाइतु र दीपा केसीको टोलीले प्रत्यारोपण कार्यमा सहयोग गर्नु भएको थियो । कलेजो प्रत्यारोपणको व्यवस्थापकीय जिम्मेवारी प्रशासन प्रमुख रामप्रसाद आचार्यको टोलीले गरेको, कोर्डिनेशन डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु, चाहाना बोगटी,  पूजा खड्का लगायतले गर्नु भएको थियो ।
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको निर्देशन लगत्तै भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक स्तरोन्नती सुरु, एक साता भित्र सञ्चालनमा ल्याईने

हेटौडा, १८ भदौे । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएपछि काठमाडौँ आवत–जावतमा समस्या आएपछि वागमती प्रदेश सरकारले हेटौँडालाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गका रूपमा भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनमा ल्याउने भएको छ ।

बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामासहितको टोलीले सडक खण्डको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि सडक मर्मत तथा निर्माणको काम सुरु गरिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।

सडक अवलोकन पछि मुख्यमन्त्री थापाले भीमफेदी–देउराली–कुलेखानी–सिस्नेरी सडक खण्डलाई एक हप्ताभित्र यातायात सञ्चालन गर्ने लक्ष्यका साथ सडकका मर्मत तथा स्तरोन्नतिको काम सुरु गरिएको जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएपछि काठमाडौँ आवत–जावत ठप्प भएको छ । अहिले भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा सवारी चाप बढेको छ । यस सडक खण्डमा सवारी चाप बढेपछि वैकल्पिक मार्गको आवश्यकता महसुस गर्दै मुख्यमन्त्री थापाले भीमफेदी र त्रिभुवन राजपथतर्फको सडक साँघुरो भएकाले कोगटे–इपा–सिस्नेरी मार्गलाई स्तरोन्नति गरी वैकल्पिक सडकका रूपमा प्रयोग गर्न लागिएको जानकारी दिनुभयो ।

काठमाडां आउँने मालवाहक तथा हेभी सवारीसाधन सञ्चालन गर्न सकिने गरी सडक स्तरोन्नतिलाई प्राथमिकताका साथ अघि बढाएको मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा प्रदेश सरकारले उक्त सडकका लागि बजेटसमेत विनियोजन गरिसकेको समेत जानकारी दिनुभयो ।

भीमफेदी र सिस्नेरी दुवैतर्फबाट सडक मर्मतको काम सुरु भइसकेको छ । सडक मर्मतका लागि चारवटा एक्साभेटर, दुईवटा लोडर तथा आवश्यक उपकरण परिचालन गरिएको छ । एक हप्ताभित्र सडकबाट यातायात सञ्चालन गर्न सकिने गरि स्तरोननती सुरु भइसकेको छ । सडक सञ्चालनमा आएपछि भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा हुने सवारी चाप र जाम कम हुने अपेक्षा गरिएको मुख्यमन्त्री थापाले बताउनुभयो ।

त्यस्तै भीमफेदी गाउँपालिकाको कोगटे, इपालगायत क्षेत्रका बासिन्दालाई आवत–जावतमा सहज हुन्छ । सडक निर्माण भएपछि भीमफेदीको माथिल्लो भेग तथा साविक इपा र कोगटे क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ भने स्थानीयस्तरमा उत्पादन हुने कृषिउपज हेटौँडा र काठमाडौँका बजारसम्म पु¥याउन सडकले सहज पहुँच प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।

वागमती प्रदेश सरकारले गर्यो अर्को महत्वपूर्ण निर्णय, भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने

=======================================

मुख्यमन्त्री किरण थापाले भन्नुभयो, “भदौ १० गतेको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका आमाबाबु गुमाएका टुहुरा बालबालिकाको संरक्षण गर्ने दायित्व प्रदेश सरकारले लिने छ । प्रदेश सरकारले उनीहरुको शिक्षालाई निरन्तरता दिनेछ । उनीहरुलाई कक्षा १२ सम्म आवासीय सुविधासहित शिक्षादिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको छ । टुहुरा बालबालिकाको अभिभावक अब प्रदेश सरकार हुनेछ ।”

=======================================

हेटौंडा, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री किरण थापाले भन्नुभयो, “भदौ १० गतेको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका आमाबाबु गुमाएका टुहुरा बालबालिकाको संरक्षण गर्ने दायित्व प्रदेश सरकारले लिने छ । प्रदेश सरकारले उनीहरुको शिक्षालाई निरन्तरता दिनेछ । उनीहरुलाई कक्षा १२ सम्म आवासीय सुविधासहित शिक्षादिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको छ । टुहुरा बालबालिकाको अभिभावक अब प्रदेश सरकार हुनेछ ।”

प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले बैठकले विगतमा रहेको प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम सम्बन्धित जिल्लाको जिल्ला दैवी प्रकोप व्यवस्थापन कोषमा पठाउनुपर्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको बताउनुभयो । सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन विपद् कोष परिचालनसम्बन्धी प्रक्रियालाई सहज बनाउने निर्णय गरेको मन्त्री केसीले जानकारी दिनुभयो ।

विपद्का बेला रकम परिचालन तथा खर्च गर्न प्रक्रिया झन्झटिलो हुने र संघीय कानुनअनुसार थप प्रक्रिया पूरा गर्नुपर्ने भएकाले कार्यविधि संशोधन गरि यस्तो व्यबस्था गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

संशोधित व्यवस्थाअनुसार अब आवश्यकताका आधारमा विपद् व्यवस्थापनका लागि जिल्ला र स्थानीय तहमा नै रकम पठाउन सकिने व्यवस्था गरिने जानकारी दिनुभयो ।
मन्त्रीपरिषद् बैठकले उद्योग, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

सर्बदलिय बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत बितरण तिब्र बनाउने निर्णय : मुख्यमन्त्री किरण थापा
काठमाडौं, १४ भदौ : वागमती प्रदेश सरकारले भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट अत्यधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका क्षेत्रहरूमा तत्काल आवासको ब्यबस्थापन, राहत र उद्धार कार्यलाई कुनै अवरोधबिना निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।
आज काठमाडौंमा मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा बसेको वागमती प्रदेशका राजनीतिक दलका शीर्ष नेताहरुबीच बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र दीर्घकालीन पुनर्निर्माणका कार्यहरू अघि बढाउने निर्णय गरेको हो । बाढी र पहिरोका कारण अवरुद्ध भएका सडक तथा पैदल मार्गहरूलाई चाँडोभन्दा चाँडो सुचारु गर्न प्रदेशले काम गरीरहेको र थप सम्भाव्यता अध्ययन गरिने निर्णय गरिएको बैठक पछि मुख्यमन्त्री थापाले राससलाई जानकारी दिनुभयो ।
प्रभावित क्षेत्रमा आवतजावतलाई सहज बनाउन आवश्यकता अनुसार उपयुक्त स्थानहरू पहिचान गरी तत्काल बेलिब्रिज, झोलुङ्गे पुल र तुइनहरू निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन बैठकले सर्वसम्मत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीहरु राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामाका साथै विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूको उपस्थिति रहेको र नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले काठमाडौं बाहिर भएकाले ह्वाट्सएप मार्फत बैठकमा जोडिएर आफ्नो सुझावहरू राख्नुभएको थियो ।
बैठकमा भौतिक पूर्वाधार मन्त्री भरत बहादुर केसी, र खानेपानी, उर्जा तथा सिँचाई मन्त्री राजु विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापा, नेकपाका प्रमुख सचेतक रत्न ढकाल, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य रमेश कुमार महत सहभागीता थियो । बैठकले तत्कालको राहत मात्र नभई बाढी प्रभावित क्षेत्रको दिगो विकास र पुनर्निर्माणका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा सुझाब दिएको थियो ।
सूर्यविनायक नगरपालिकाद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार सहयोग
=================================
नगरपालिका प्रमुख वासुदेव थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । 
=================================
भक्तपुर, १४ भदौ : सूर्यविनायक नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ५५ लाख ५५ हजार ५५५ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । आज नगरपालिकामा नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको नगरपालिकाको २१५ औं कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । नगरपालिका प्रमुख थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “यो राष्ट्रिय विपदको घडीमा मानवीय दायित्व बहन गर्दै सबैले आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सम्पूर्ण नागरिक समाज, निजी क्षेत्र, संघसंस्थाहरुमा आग्रह गर्नुभयो ।
राहत कोषका लागि नगर प्रमुखको तर्फबाट रु. ३५ हजार, उपप्रमुखको तर्फबाट १५ हजार, वडाअध्यक्षहरुको तर्फबाट प्रति व्यक्ति रु. १० हजारका दरले रु. १ लाख, कार्यपालिका सदस्इहरुको तर्फबाट प्रतिव्यक्ति रु. ६ हजार, वडा सदस्यहरुको तर्फबाट प्रतिव्यक्ति रु. दुई हजार ५०० का दरले राहत रकम राज्य कोषमा पठाउने निर्णय
गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।
नगर प्र्रमुख थापाको एक महिनाको सेवा सुविधा वापत प्राप्त हुने रकम कोषमा प्रदान गरिएको हो । नगरपालिकाको बैठकले बाढीको बितण्डाले पुर्याएको मानवीय एवं भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत वितरण र पुर्नस्थापनामा सहयोग गर्नु आव्हान गरेको नगरपालिका सामाजिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका पीडितका लागि पठाउनु भयो तीन ट्रक खाद्यान्न राहत
भक्तपुर, १३ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज भक्तपुर आए लगत्तै रसुवाको उत्तरगया र धुन्चेका बाढी पीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाउनु भएको छ ।
भदौ १० गते नुवाकोटमा ११ र १२ गते उत्तरगया र धुन्चेमा स्थलगत अवलोकन गरि आफ्नो गृह जिल्ला भक्तपुर फर्किए लगत्तै आजै राहत सामग्री संकलन गरि पठाउनु भएको हो ।  उहाँले रसुवाको उत्तरगया र धुन्चेमा विपदमा परेका मानिसहरुका लागि अत्यावश्यक खाना र लत्ता कपडा सडक मर्मत गर्दै स्थलमार्गबाटै राहत सामग्री आजै पठाएको बताउनु भयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “म नुवाकोट, धादिङ् त्रिशुली, बेत्रावर्ती, बट्टार, उत्तरगया र धुन्चेमा तीनदिनसम्म खटिएर खोज तथा उद्धार, खाना, बासको व्यबस्था, स्वास्थ्य परीक्षणमा सक्रिय भए, तर काठमाडौंबाट गएका राहत सामग्री बिदुरमा मात्रै थुप्रिएका छन्, उत्तरगयादेखि धुन्चेसम्म राहत पुगेको छैन, त्यसैले आज भक्तपुर फर्किए लगत्तै उत्तरगया र धुन्चेका लागि टिपर तथा ट्रक मार्फत राहत सामग्री पठाएका छौं ।”
उहाँले बागमती प्रदेश सरकारको पहलमा छहरे, चौघोडा, बाहुनबेंसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, जेरो किलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको बताउनुभयो ।  मुख्यमन्त्री थापाको पहलमा बिभिन्न निकाय र व्यक्तिबाट संकलन भएका खाने तेल २० कार्टुन, ६३ बोरा चामल, १५० प्याकेट दाल, चार बोरा आलु, ४० बक्सा मिनरल वाटर र दुई बोरा आयोडिनयुक्त नुन, एक बोरा लुगा र रु.३४ हजार नगद पठाइएको छ ।
रसुवाका बाढी प्रभावित नागरिकका लागि भक्तपुर इँटा तथा टायल कारखानाबाट मात्रै चामल ८० बोरा, तेल १५ कार्टुन, आटा ५ बोरा, कालो दाल ५० केजी, रातो दाल ५० केजी, बिस्कुट ७० प्याकेट, जुस २५ कार्टुन, चिउरा १५ बोरा, दालमोठ ५ बोरा, चाउँचाउँ ४० कार्टुन र भुजिया १५ बोरा सहितको राहत सामग्री आजै नीलकण्ठ होल्डिङ सेन्टरमा पु¥याइएको उहाँले बताउनुभयो ।
राहत सामग्री रसुवा पु¥याउन समेत विभिन्न संस्थाले सवारीसाधन समेत निःशुल्क उपलब्ध गराएका छन् । बाढीपछि रसुवासहितका पहाडी क्षेत्रमा सडक संरचनामा क्षति पुग्दा राहत तथा उद्धारमा समेत कठिनाइ उत्पन्न भएकाले बागमती प्रदेश सरकारले सडक सञ्चालनलाई राहत अभियानसँगै अघि बढाएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले रसुवामा अलपत्र परेका पर्यटकलाई निःशुल्क रूपमा यातायात साधन मार्फत काठमाडौं पठाइरहेको बताउदै उहाँले धुञ्चे र बिचमा खाना समेत खुवाएर काठमाडौं पठाउने काम भइरहेको बताउनुभयो ।

कसकसले दिए के के सामान :

लक्ष्मण अवालबाट प्राप्त सनफ्लावर तेल २० कार्टुन, काठमाडौं फन भ्याली प्रालिबाट २२ बोरा र भेरिएबल सोलुसन्स प्रालिबाट २२ बोरा गरि ४४ बोरा जिरा मसिनो चामल, जीवन कावाङ र युवराज थापाबाट ५ ५ बोरा, गौरव पाठकले ४ बोरा, राकेश श्रेष्ठले ३ बोरा तथा अट्टा ज्वेलर्सबाट २ बोरा जिरा मसिनो चामल सहयोग प्राप्त भएको छ ।

त्यस्तै हरि गोपाल शैँजुले १५० प्याकेट दाल, रामचन्द्र थापाले चार बोरा आलु, निशा दाहालले विविध खाद्यान्न, सुरेन्द्रराज खत्रीले ४० केस मिनरल वाटर तथा दिनेश बस्नेतले दुई बोरा आयोडिनयुक्त नुन उपलब्ध गराउनुभयो भने रामसुन्दर प्रजापतिले एक बोरा लुगा र सूर्य आर्ट्सले चार थान प्रिन्टिङ फ्लेक्स सहयोग गरेको विवरणमा उल्लेख छ। राहत अभियानका लागि भक्तपुरका सहयोगीहरूबाट ३४ हजार रुपैयाँ नगद संकलन गरी पठाइएको छ ।

भक्तपुर इँटा तथा टायल कारखानाबाट पनि रसुवाका बाढी प्रभावित नागरिकका लागि ठूलो सहयोग प्राप्त भएको छ । कारखानाबाट जिरा मसिनो चामल ८० बोरा, सनफ्लावर तेल १५ कार्टुन, ज्ञान चक्की आटा ५ बोरा, कालो दाल ५० केजी, रातो दाल ५० केजी, भिटामिन मिल्क बिस्कुट ७० प्याकेट, रियल जुस २५ कार्टुन, चिउरा १५ बोरा, दालमोठ ५ बोरा, बाई–बाई ४० कार्टुन र भुजिया १५ बोरा प्राप्त भएको छ।

यी सामग्री आजै रसुवाका बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा पुगेका हुन् । ती सामान आवश्यकताअनुसार वितरण गर्ने तयारी गरिएको छ। राहत सामग्री रसुवा पुर्‍याउन आशापुरी ट्रेड एण्ड सप्लायर्स प्रालिले एउटा टिपर र एउटा निसान गाडी उपलब्ध गराएको थियो। त्यस्तै भक्तपुर इँटा तथा टायल उद्योगले पनि एउटा निसान गाडी उपलब्ध गराएको थियो।

बाढीपछि रसुवासहितका पहाडी क्षेत्रमा सडक संरचनामा क्षति पुग्दा राहत तथा उद्धारमा समेत कठिनाइ उत्पन्न भएको अवस्थामा बागमती प्रदेश सरकारले सडक सञ्चालनलाई राहत अभियानसँगै अघि बढाएको जनाएको छ।

मुख्यमन्त्री थापा मगरले प्रदेशका सबै संयन्त्रलाई परिचालन गरेर प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको बताउनुभएको छ। उहाँका अनुसार सडक क्षतिग्रस्त भएका स्थानमा तत्काल मर्मत गर्दै वैकल्पिक मार्ग सञ्चालनमा ल्याएर राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउने प्रयास भइरहेको छ।

बाढीले सडक सम्पर्क विच्छेद भएका स्थानमा वैकल्पिक मार्ग खोल्दै अत्यावश्यक खाद्यान्न तथा अन्य राहत सामग्री स्थलमार्गबाटै पुर्‍याउन थालिएपछि प्रभावित नागरिकसम्म राहत पुर्‍याउने बाटो सहज भएको प्रदेश सरकारको भनाइ छ।

वागमती प्रदेशको घोषणा, भोटेकोशी बाढीका मृतक परिवारलाई प्रतिव्यक्ति रुं २५ हजार, शव पठाउन पालिकालाई तीन करोड दिन्छौं : मुख्यमन्त्री थापा
भक्तपुर १३ भदौ : वागमती प्रदेश सरकारले भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको अन्तिम संस्कारका लागि प्रति व्यक्ति रु.२५ हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ ।
वागमती प्रदेश मुख्यमन्त्री कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भदौ १० गतेदेखि १२ गतेसम्म तीन दिन मुख्यमन्त्रीको नेतृत्वमा मन्त्रीहरुसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार तत्कालै परिचालित भएको बताउनु भएको हो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “रसुवा भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रति मृतक रु. २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि प्रदेश सरकारले अस्थायी बसोबास तथा भोजनको व्यवस्था गर्ने व्यबस्था गरेको छ ।”
उद्धार र राहतलाई छिटो र प्रभावकारी बनाउन बाढीबाट सकुशल उद्धार गरिएका व्यक्ति तथा सनाखत भएका शव सम्बन्धित ठेगानासम्म पु¥याउन लाग्ने खर्च पनि बागमती प्रदेश सरकारले ब्यहोर्ने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित पालिकाको विपद् व्यवस्थापन कोषमा रकम उपलब्ध गराउने र खर्च अभावका कारण पहिचान भएका शव पनि आफन्तले घर लैजान नसकेको जानकारी आएपछि त्यसका लागि लाग्ने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने बताउनुभयो ।
प्रदेश सरकारले यसका लागि रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित स्थानीय विपद् व्यवस्थापन कोषमा एक करोडका दरले कूद रु.२ करोड र धादिङ्ग तथा चितवन जिल्लालाई ५०/५० लाख गरि प्रदेश सरकारले कूल रु ३ करोड उपलब्ध गराउने उहाँले बताउनुभयो । प्रदेश सरकारले गोसाइँकुण्ड, कैलाश तथा अन्य धार्मिक यात्राका क्रममा रहेर अलपत्र परेका तीर्थयात्रीहरूको सुरक्षित आवागमनका लागि दुईदिनदेखि निःशुल्क बस सेवा सञ्चालन गराएको उहाँले बताउनुभयो ।
बाढीका कारण त्रिशूली–धुन्चे सडकखण्ड, त्रिशुली र धादिङ गल्छी हुँदै काठमाडौँ सडक अवरुद्ध भएको अवस्थामा वैकल्पिक सडकमार्ग खुलाई यथाशीघ्र सञ्चालनमा ल्याउने कार्य गरेको, भदौ १० गते नै नुवाकोटको विदुरमा विभिन्न चार स्थानमा अस्थायी आश्रयस्थल तथा खानाको प्रवन्ध ब्यबस्था र चार ठाउँमा हेल्थक्याम्प सञ्चालन गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भौैतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले मुख्यमन्त्रीको टोली धुन्चे पुगेपछि डिजेल र पेट्रोल ६०० लिटर लगेर स्थानीय अस्पताल सञ्चालन, यातायत तथा टेलिकम टावर सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले सडकमार्गमा रहेका ४० भन्दा बढी पुलहरू भत्किँदा अवरुद्ध आवागमनको वैकल्पिक व्यवस्थाको रुपमा सम्भावित स्थानहरूमा बेलिब्रिज, झोलुङ्गेपुल तथा तुईन निर्माणका लागि स्थान पहिचान र सम्भाव्यता अध्ययन, प्राथमिकता निर्धारण र द्रुत्त निर्माण कार्यलाई प्रदेश सरकारले अगाडि बढाएको बताउनुभयो ।
नुवाकोटको छहरे, चौगडा, बाहुनबेशी, नर्जामण्डप, लच्याङ्, सरमथली पार्टीखर्क, हिल्चेकको पुल, भोर्ले, जीरो किलो, पासाङ्ल्हामु राजमार्ग हुँदै धुन्चेसम्मको वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा कार्यरत प्रदेश मातहतका सबै कर्मचारीहरूलाई अर्को आदेश नभएसम्म कार्यस्थल नछोड्न र सार्वजनिक विदाको समयमा समेत निरन्तर उद्धार, राहत तथा पुनस्र्थापनामा खटिन निर्देशन दिईएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापामगरले बाढीबाट करिब १५ जिल्ला प्रभावित बनेको, स्थिति यहाँ सोचे भन्दा फरक र कहालीलाग्दाृ भएके बताउदै खाज, उद्धार, राहत वितरण, स्वास्थ्य उपचार, शव व्यबस्थापनदेखि पुर्नस्थापनासम्मको काममा प्रदेश सरकारले पछाडि नहट्ने र संघीय सरकारसंग समन्वय गरि स्थानीय सरकारको साथमा का मगर्ने बताउनुभयो ।
प्रधानमन्त्री राहत कोषमा शुक्रबार बेलुकीसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ संकलन

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री राहत कोषमा शुक्रबार बेलुकीसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ संकलन भएको छ। यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो ।

यस्तै थप दुईवटा बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ नेपाली) जम्मा भएको छ । यो जम्मा दुई दिनमा प्राप्त भएको सहयोग हो । बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ६ घण्टा अवधिमै २७ करोड ३३ लाख नगद सहयोग बुझिलिनु भएको थियोे ।

आज शुक्रबार २७ फरक संस्था एवम् व्यक्तिहरुले ३८ करोड ५५ लाख रुपैयाँ नगद अर्थमन्त्रीमार्फत सरकारलाई बुझाउनु भएको छ । स्वदेश वा परदेशबाट मन फुकाएर सहयोगहरु आइरहेको देखिन्छ । प्रतिदिन झण्डै सवा दुई अर्वको दरले नगद सरकारको खातामा प्राप्त भइरहेको छ ।