भक्तपुर–ताथली–नालागढीँ २५ किलोमिटरको साइकलिङ एवं हाइकिङ उत्साहजनक सहभागि
भक्तपुर, ७ असार : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र ओझेलमा परेका ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्यबारे पर्यटकलाई आकर्षित गर्न आयोजना आज आयोजना गरेको साइकलिङ तथा हाइकिङ सुरु भएको छ ।
चाँगुनारायण नगरपालिका–९ स्थित श्रीदक्षिणकाली युवा समूहले आज भक्तपुरको ब्रम्हायणी मन्दिरमा आयोजना गरेको भक्तपुर–ताथली–नालागढीँ साइकलिङ तथा हाइकिङको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रिबन काटेर साईकल यात्रा सुरु गर्दै उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा खत्रीले चाँगुनारायण नगरपालिका क्षेत्र भित्र १ देखि ९ वटै वडामा रहेका ऐतिहासिक एवं धार्मिक सम्पदा, पर्यटकीय गन्तव्यका क्षेत्रहरुको प्रचार गर्ने र लुकेर रहेका सम्पदा एवं पर्यटकीय क्षेत्रको पहिचार, संरक्षण र उजागर गर्न नगरकोट भैमण वर्ष सफल हुने बताउनुभयो ।
आफ्नो ठाउँको विकास गर्न, आफु जन्मेको ठाउँको पहिचान बनाउदै पर्यटकीय क्षेत्रको रुपमा पहिचान गराउन युवाहरु लाग्नु पर्ने बताउदै उहाँले दक्षिणकाली युवा समूहजस्तै नमूना रुवमा सबै क्षेत्रका युवाहरु जागरुक भए विकास छिट्टै सम्भव हुने बताउनुभयो ।
आजको साइकल यात्राले चाँँगुनारायणका बिभिन्न ठाउँ, ताथली, नालागढीँ, टावर, ऐतिहासिक गढीलगायतको क्षेत्रमा पर्यटकीय पहिचान बनाउन सफल हुने बताउदै उहाँले सबैलाई यसैगरि लाग्न नगर प्रमुख खत्रीले आव्हान गर्नुभयो ।
कार्यक्रममा नगरकोट भ्रमण वर्ष–२०८२ को सचिवालयका बिज्ञ  डा. घनश्याम खतिवडाले अथाह पर्यटकीय गन्तव्य रहेको र पर्यटक प्रर्बद्धनमा अथाह सम्भावना रहेको चाँगुनारायण नगरपालिका क्षेत्रलाई पर्याप्त प्रचारप्रसार गर्दै पर्यटकीय गतिबिधि बढाउन सके ओझेलमा परेका गन्तव्यमा पनि पर्यटकको आगमन बढ्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समूहका अध्यक्ष सुरेशराज गिरीले ओझेलमा परेको पर्यटकीय क्षेत्र ताथली, सुडाल, नालागढीँलगायतका बिभिन्न क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उदेश्यले आज आयोजना गरिएको साइकलिङ तथा हाइकिङ कार्यक्रम पर्यटकको आगमन बढाउने बताउनुभयो ।
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सिमानामा रहेको ब्रम्हायणी मन्दिर परिसरबाट सुरु भएको साइकलिङ तथा हाइकिङ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सहयोग पुर्याई पर्यटकलाई आकर्षित गर्न टेवा पुग्ने बताउनु भयो ।
भक्तपुर, काठमाडौं र ललितपुरलगायतका बिभिन्न क्षेत्रबाट सहभागि भएका २५० साइकल यात्रीको सहभागिता रहेको यात्रा ब्रम्हायणी मन्दिरबाट सुरु भई इथाचा–चुनदेवी मन्दिर, डाडाँपाटी–धाराकुलो फैडोका, कडेलापाला दक्षिणकाली मन्दिर,गिरी, बस्नेत, खड्का, छँुका टोल, देवी मा.वि. सौडोल–गँचा, माथिल्लो खड्का, बुढाथोकी टोल, गोेठाले चौर (बस्नेत स्टोर), ताथली पुल, नालाछाप चिलाउने घारी–अमलडोल (नाला मुम्बा, गुम्बा, पुजारीपाटी–चट्टान अभिलेख,  खावा भ्यू टावर, नाला भ्यू टावर,  कलससी–ठूली ब्रम्हायणी मन्दिर, सुडाल बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर, साखकर्मी टोल, फैढोकामा आज अपरान्ह २५ किलोमिटर यात्रा सम्पन्न गरिने अध्यक्ष गिरीले बताउनुभयो ।
साइकलिङ तथा हाइकिङका व्यबस्थापक नविन बस्नेतले प्रत्येक सहभागिलाई ५० हजार बराबरको दूर्घटना बिमाको व्यबस्था गरिएको जानकारी दिदै साइकलिङ गर्दा हुने दुर्घटना वा स्वास्थ्य सेवाको लागि नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरिएको उहाँले बताउनुभयो । साइकलिङ तथा हाइकिङ यात्रामा बिभिन्न ठाउँमा यात्रीलाई स्वागत सत्कार गरिएको छ ।
भक्तपुरमै पहिलो पटक ‘फिस टनेल एक्स्पो २०८२’ सुरु
भक्तपुर, ६ असार. । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा आजबाट ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको आज भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नुभयो ।
एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ । साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै दोश्रो पटक र भक्तपुरमै पहिलो पटक समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो अनुभव हुने गरी फिस टनेल र सुनामी राइड सञ्चालनमा ल्याएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष महतले भन्नुभयो, “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सक्नेछन् । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत रहको छ ।”
दुर्लभ तथा रंगीन समुद्रमा पाईने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुदै ल्याईएको छ । एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताउनु भयो ।
समुद्री लहरजस्तै हल्लिएको अनुभूति हुने ‘सुनामी राइड’ एक्स्पोको अर्को आकर्षणको रुपमा रहेको छ । सुनामी राइडमा आगन्तुकहरूले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन् ।
एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङहरु रोटे पिङ, कोलम्बस, ड्रागन राइड, जम्पिङ्गलगायतका बिभिन्न खेलहरुसमेत रहेको छ । साथै नेवारी खाजा, सम्बेबजीलगायत बिभिन्न खानाको परिकार,  गेम जोन र फोटो स्पटसमेतको एक्स्पोमा व्यबस्था गरिएको छ । प्रत्येक दिन एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।
कार्यक्रमको उद्घाटनमा सांसद थापाले यसप्रकारको एक्स्पो यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने बताउदै यसले आन्तरिक पर्यटनको प्रबद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने बताउनुभयो ।  स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन एक्स्पो सफल हुनेउहाँले बताउनुभयो ।
तीनदिने भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु
भक्तपुर, ६ असार. : भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीनदिने भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ ।
भक्तपुरमा पर्यटन प्रबद्र्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरु, माटोको भाडोहरु पौवा चित्रहरु, लत्ताकपडाहरु, बिभिन्न जातका बिरुवाहरु, खाद्यान्नहरुको प्रर्दशनी गरिएको संघका महासचिव नविन प्रजापतिले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले आजबाट सुरु भएको तीनदिने मेलामा करिव ५५ हजारले अवलोकन गर्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, मेलामा स्थानीय खानाका स्टलहरु, रहेको महासचिव प्रजापतिले बताउनुभयो ।
स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्रकल, मूर्ति बनाउने कार्य प्रत्यक्ष रुपमा प्रदर्शनी हुने बताउदै उहाँले मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मेलामा भक्तपुर, लगायत काभ्रे र काठमाडौंबाट आएका उद्यमीलगायतको ४५ वटा स्टर रहेको जानकारी दिदै संघका रुकेश रंजितले मेलामा रु. एक करोडसम्म बीमा व्यवस्था गरिएको बताउनुभयो । आज मेलास्थल कमलविनायकमा आयोजना गरेको उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले मेलाको उद्घाटन गर्नु भएको हो ।
विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ सम्पन्न
भक्तपुर, ५ असार ।
‘मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई
अँगालेर लासमाथि रुन दिन्न तिमीलाई
सारा कथा व्यथा मेरो उपहार दिएको यो
गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।’
साँझ ढल्किएर बाहिर अध्यारो छिप्पिदै गर्दा भक्तपुर दुवाकोटेको सिटी हलभित्र भने गजलको गुञ्जनले दर्शकदीर्घा नतमस्तक बन्दै थियो । भक्तपुरका युवा गजलकार विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ मा प्रहरले सामाजिक विकृति र विसङ्गतिको चिरफार, देशप्रेम, राजनीतिक, मानवतावादी तथा समसामयिक धारका शृङ्गारिक गजलमा वाचन गर्नु भएको थियो ।
त्रिपुरा न्यूजको आयोजना तथा डिजिटल प्रिन्ट लिंक, चाँगुनारायण नगरपालिकलगायतको समन्वयमा सम्पन्न गजल साँझमा गजलकार प्रहरले १० वटा गजल वाचन गर्नु भएको थियो ।
‘मेरै छेऊ बसिदिदाँ, मुटु पनि टाल्न सक्छु,
निरंकुश हृदयको, तिम्रो सत्ता ढाल्न सक्छु,
मलाई सम्झी देश एक्लै, रोयो भने एकान्तमा
विकासको बाटोतर्फ, पाइला मेरै चाल्न सक्छु’
गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटकाबीच प्रहरले आफूले बिभिन्न कालखण्डमा रचना गरेको गजलहरु वाचन गर्नु भएको थियो भने गजल गायक तथा संगीतकार राज सागरले प्रहरका गजलमा संगीत भरेर १० वटा गजल गाउदा सहभागिहरु नतमस्तक भएका थिए ।
प्रहरले गजल वाचन र सागरले सुमधुर स्वरमा गुञ्जिएको गजलले साङ्गीतिक माहोललाई अझै तताएको थियो भने बाहिर दर्किएको पानीको आवाज मधुरो बन्नुका साथै छिप्पदो रातलाई भुलाउन सफल भएको थियो ।
राज सागले ‘अनायासै बाचा कसम तोड्यौ र त बौलाए म’, ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो’, ‘हाँसी हाँसी जिन्दगी यो बाँच्न कहाँ सजिलो छ’, ‘निसासिन्छ किन किन सास तिम्रो सहरमा’ लगायतको गजलहरु गाउदा दर्शकदीर्घा नकतमस्तक बनेको थियो । साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगन्य रूपमा हुने गरेको भक्तपुरमा प्रहरको कार्यक्रममा भने उपत्यकाका स्रष्टा एवं गजल पारखीको सहभागिता रहेको थियो । नेपालको शैक्षिक प्रणाली र अस्थिर राजनीतिक क्रियाकलापले बेरोजगारी बढेको र युवा विदेशिएकामा प्रहरले चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्साए ।
‘उब्जाएर बस्न पनि एक धुरको पाखो छैन
खाऊँ भने जागीर साथी, फरियाको नातो छैन
योग्यताको प्रमाणपत्र लत्याएर विदेशिन
मन लाग्छ तर त्यहाँ नेपालको माटो छैन ।’
राजनीति र युवाको विदेश मोहप्रति प्रति चोटिलो व्यङ्ग्य गर्दै प्रहरले वाचन गरेको यो गजललाई भने तालीले निकै सम्मान दिएको थियो ।
‘परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश,
बिना कसुर जेल पर्दा छातीभरि दुख्छ देश ।
पराइको उक्साहटमा भाइभाइको लडाइँले,
घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश ।
कोट्याउँदै घाउ लगाउँदै छौ मल्हम,
फेरि भन्छ्यौ उल्टै भयो दुख्न अलि कम ।’
सागरका गजलमा ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो’ लगायतले रात्रीकालिन माहौललाई निकै तताउन सफल भएको थिया् । कार्यक्रमको भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भएको थियो ।  बेवारिसे शव व्यबस्थापन गर्दै आएका समाजसेवी विनय महतलाई कार्यक्रममा प्रहरले बेवारिसे शव व्यबथापनमा टेवा पुर्याउन नगद रु. ५० हजारसहित सम्मान गर्नु भएको थियो ।
सूर्यविनायकका मेयर थापालाई शेरबहादुरको सम्मान
भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापालाई सम्मान गर्नु भएको छ । आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले नगर ्रमुख थापालाई सम्मान पत्र र बुद्धको मूर्ति प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
प्रतिष्ठान भवन निर्माणको लागि नगरपालिकाले जग्गा प्रदान गर्नुका साथै प्रतिष्ठान भवन निमााको लागि नगरपालिकाले पटक पटक गरि रु. ४० लाख रुपैया सहयोग गरेको स्मरण गर्दै उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा काँग्रेस सभापति देउवाले सूर्यविनायकका मेयरले नगरपालिकाको बिकास समान रुपमा अगाडि बढाएको थाहा पाउँदा खुसी लागेको बताउनुभयो । काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधिले सूर्यविनायक नगरपालिकमा सशल शासन सञ्चालन भएको पुष्टी गरेको बताउदै सबलाई समान गरेर बिकासमा अगाडि सूर्यविनायकंग सिक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख थापाले जनताको मतबाट विजयी भएर नगर प्रमुख हुँदा आपूm एउटा पार्टीको मात्रै नभई सिंगो नगरवासीको मेयर भकाले कसैलाई पनि विभेद नगरी बिकास अगाडि बढाएको बताउनु भयो ।
उहाँले नगरपालिकामा एमाले र काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले मिलेर विभेद नगरी समान रुपमा बिकासलाई अगाडि बढाएको र अधिकांश भौतिक बिकास गरेको, सडक, पुल भवन, शिक्षा, स्वास्थ्यमा नगरपालिकाले समान रुपमा बिकास गरेको बताउनुभयो ।  राधेश्याम जोन्छेँ प्रजातन्त्र प्राीतको योद्धा भएकाले उहाँको नाममा भवन निर्माणका लागि स्थानीय सरकारको हैसियतले सहयोग गरेको बतउनुभयो ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह
भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासंग नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह गर्नु भएको छ ।
आज सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसंग अन्तरक्रिया गर्ने क्रममा सभापति भेषबहादुर कार्कीले भक्तपुरलाई एउटा मन्त्री दिलाइदिन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका काँग्रेस सभापति देउवालाई उहाँले भन्नुभयो, “सबै नेताले आफ्नो जिल्लामा मन्त्री लगिसके, हाम्रो जिल्लाले कहिले मन्त्री पाउँला, हामीलाई पनि अप्ठ्यारो भो सभापति ज्यू, हाम्रो जिल्लालाई एउटा मन्त्री दिलाईदिनु पर्यो ।”
उहाँको प्रस्तावमा सहमत जनाउँदै पार्टी सभापति देउवाले मन्त्री दिलाईदिने वचन दिनुभयो । त्यसो त प्रतिनिधिसभाको निर्वाचनको अगाडि मध्यपुरथिमिमा भएको भेलामा भक्तपुरमा सांसदमा विजयी भए मन्त्री दिलाईदिने वचन दिनभएको थियो । निर्वाचनमा एमालेका नेता महेश बस्नेतलाई पराजित गर्दै काँग्रेसबाट दूर्लभ थापा विजयी भएसंगै भक्तपुरका काँग्रेस नेताले दूर्लभ थापालाई मन्त्री बनाइदिन माग गर्दै आएका छन् ।
सभापति देउवाले भन्नुभयो, “काँग्रेसलाई बलियो बनाउँनस्, पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नुस् । काँग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नुस् ।”
कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधि, भक्तपुर काँग्रेस सभापति दुर्लभ थापालगायतले विकासका लागि पनि भक्तपुरलाई मन्त्री
आवश्यक भएको औल्याउनु भएको थियो ।
शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण
भक्तपुर, २५ जेठ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिएका पार्टीका नेताहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नु पर्ने बताउनु भएको छ ।
आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
जोन्छेँले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गर्दै उहाँले त्यस्ता व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरि देशभर फैलाउँदै प्रेरणा दिनुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँले लोकप्रिय नेता हुनुहन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”
कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधीले अहिले संसद चल्न दिने कि नदिने भन्ने निर्णय माओवादीको हातमा रहेको बताउनु भएको छ । संसद अबरुद्ध गर्ने समय अहिले नभएको भन्दै उहाँले भन्नुभयो, “अहिले ससद अबरुद्ध गरिरहेको छ । भिजिट भिषाकोबारेमा छानबिन हुदैछ । रबि लामिछानेको जस्तो होइन, भिजिट भिषाको विषय, त्यसैले ससद अबरुद्ध खाल्नु पर्छ ।” पटक पटक जनतालाई धोका दिने राजा फेरी ल्याउँछौ भनेर निरर्थक यात्रामा लाग्न नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा जोन्छेँको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगर प्रमुख वासुदेव थापासहित बिभिन्न व्यक्तिहरुलाई सभापति देउवाले सम्मान गर्नुभयो । कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रस्य सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दूर्लभ थापाले जोन्छेँको योगदानलाइ पार्टीले भुल्न नहुने चर्चा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं जोन्छेँकी पत्नि रजनी जोन्छेँ, प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीलगायतले भवन निर्माणमा रु. एक कराड १० लाख खर्च भएको, सूर्यविनायक नगरपालिकाले पटक पटक गरि रु. ४० लाख सहयोग गरेको, बिभिन्न मन्त्रालयबाट रकम प्राप्त भएको र दाताहरुले समेत सहयोग गरेको बताउनुभयो ।
उत्खनन् भएको २९ वर्षपछि वागेहिटीको तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण

भक्तपुर, २२ बैशाख : रत्नागिरी पर्वत रहेको ऐतिहासिक भूमि चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको वागेहिटीमा रहेको तीनतले अद्भुत शिवलिङ्गको नामाकरण गरिएको छ ।

वागेहिटी मन्दिरमा चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको बृहत छलफल एवं शिवलिङ्गको नामारकण कार्यक्रममा सहभागि धार्मिक, आध्यात्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक लगायत विद्वत् वर्गको बृहत छलफल र धार्मिक ग्रन्थको आधारमा उक्त शिवलिङ्गलाई ‘त्रिलोकेश्वर महादेव’ नाकाकरण गरिएको हो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बिद्धतवर्गको भेला एवं धार्मिक ग्रन्थ र यहाँ पाईएका अभिलेखका आधारमा आज त्रिलोश्वर महादेवको नामबाट नामाकरण हुँदा यो ठाउँले न्याय पाएको महसुस भएको बताउनुभयो ।

यसको अझै अध्ययन, अनुसन्धान र खोज हुनपर्ने बताउदै उहाँले पाका पुस्ता एवं पुजारीले यहाँको धारोमा राती सेतो बाघ आएर नुहाएर त्यसको माथि रहेको देवीको मन्दिरमा जाने गरेको देखेर नै बाघले नुहाउने धाराबाट यो तीर्थस्थलको नाम बाघेहिटी रहन गएको बताउनुभयो ।

नगरकोटस्थित महादेव पोखरीको जल यहाँ आएर बाल्मिकेश्वर महादेव मन्दिर र भक्तपुर तलेजुसम्म जाने गरेको यथार्थता रहेको भन्दै उहाँले नगरकोट भ्रमण वर्षलाई जोडेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाईवाले तीनतले शिवलिङ्ग आफूले यहाँ मात्रै देखेको बताउदै यस्ता सम्पदाको संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने कार्यको थालनी गर्नु पर्ने बताउनुभयो ।

प्रा.डा. दिनेशराज पन्तले पुरातात्विक सम्पदा क्षेत्रमा बिकृति देखिने गरि आधुनिक निर्माण रोकिनु पर्नेमा जोड दिदै हाललाई यो मन्दिरको नाम त्रिलोकेश्वर राख्नु नै उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रममा पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले यहाँको शिलालेखले यो लिच्छवीकाल भन्दा पुरानो हुन सक्ने बताउदै यहाँ रहेको धारा शिवपुरीको बाघद्धारमा र यहाँ मात्रै रहेको दाबी गर्नुभयो । उहाँले तीनतले शिवलिङ्ग भेटिएको २९ वर्षपछि नामाकरण गर्ने अवसर जुरेको भन्दै बिभिन्न नामहरु राख्न सकिने भए पनि तत्काललाई तीनलोकको प्रतिनिधित्व गर्ने त्रिलोकेश्वर राख्न सकिने बताउनुभयो ।

त्यसअवसरमा पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले शास्त्रसंम्वत दृष्टिकोणलाई नियाल्दा यहाँको शिवलिङ्ग तीनवटा जलहरि रहेको स्वर्ग, मत्र्य र पाताल तीनैलोकको प्रतिनिधित्व गर्ने भएकाले त्रिलोकेश्वर नामनै उपयुक्त हुने बताउनभयो ।

पशुपति बिकास कोषका पूर्व सदस्य सचिव प्रा. चेतुनाथ गौतमले यहाँ आएर विशिष्ट प्रकारको शिवलिङ्गको दर्शन गर्न पाएको भन्दै मूर्तिको नामाकरण गर्दा नामसंग तादम्यता र पूजा बिधि मिल्नु पर्ने, मूर्तिको लक्षणका आधारमा नामकरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ईतिहासविद् प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठले दक्षिण एशियामै दूर्लभ मानिने यस प्रकारको शिवलिङ्गलाई त्रिलोकेश्वर वा त्रिलिंङ्गेश्वर नाम दिन सकिने बताउनुभयो ।

यसरी भेटिएको थियो तीनतले शिव लिङ्ग :

स्थानीय माधव लामिछानेले २०४५ सालमा सरसफाईको क्रममा जंगलभित्र एउटा सानो धारो र एकखुट्टे भ¥याङ्ग भेटिएको, २०४८ सालमा पानी कूलो सरसफाई गर्नेक्रममा गाँढिएको अबस्थामा नारायणको मूर्ति, ढुङ्गाको सानो मन्दिर र एक शिललिङ्गलाई नारायणले माथिबाट छोपिएको अबस्थामा भेटिएको बताउनुभयो ।

२०५५ सालमा तत्कालिन गाविस अध्यक्ष राधाकृष्ण लामिछानेले वागेहिटी संरक्षणका लागि रु. १५ हजार बजेट विनियोजन गरेपछि सानो मन्दिर सफा गर्दै सातवटा नागले जेलिएको जलहरि र त्यसको तल करिब साढेँ तीन फिट सर्प रहेको अबस्थामा तीन तले अद्भूत शिवलिङ्ग भेटिए पनि वास्तविक नामाकरण भने गर्न नसकेको बताउनुभयो । तत्पश्चात पुरातत्व विभागले रु. तीन लाखमा मन्दिर निर्माण गर्दै संरक्षणको थालनी गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीय अर्जुनप्रसाद बास्तोला, पूर्वन्यायाधिस सहदेवप्रसाद बास्तोला, मोहन खनाल, राधाकृष्ण लामिछाने, शिवअवतारी लामालगायतले नामाकरणले मन्दिर र बागेहिटी क्षेत्रलाई विश्वका हिन्दूधर्मावलम्बीहरु माझ प्रचार गर्नुपर्ने औल्याउनुभयो ।

नगरकोट भ्रमण वर्ष सचिवालयका प्रमुख डा. धनश्याम खतिवडाले शिवलिङ्गको नामाकरणले धेरै वर्षदेखिको अन्योलता हटेको र अबदेखि त्रिलोकेश्वर महादेव मन्दिरकै नाममा श्रावणी मेला सञ्चालन गर्न सकिने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाको रु. आठ लाखको सहयोगमा ट्राफिक सचेतना कक्ष निर्माण
भक्तपुर, १८ बैशाख : ट्राफिक प्रहरी परिसर भक्तपुरमा सूर्यविनायक नगरपालिकाले निर्माण गरिदिएको महानगरीय ‘ट्राफिक सचेतना कक्ष’को आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नु भएको हो । सूर्यविनायक नगरपालिकाको रु. आठ लाखको लागतमा सूर्यविनायक–६ ट्राफिक प्रहरी परिसरमा निर्माण भएको सचेतना कक्षको नयाँ भवनको आज उहाँले उद्घाटन गर्नु भएको हो ।
ट्राफिक समेतना कक्षाका लिनका लागि भक्तपुरदेखि काभ्रेसम्मका चालकलाई काठमाडौसम्म जानु नपर्ने गरि २०८० साल असार ३ गतेदेखि भक्तपुरमै सुरु भएको ट्राफिक समेतना कक्षा २२ महिनासम्म टेण्डमा सञ्चालन हुदै आएको थियो । वर्षामा पानी चुहिने, गर्मीयाममा गर्मी र जाँडो याममा चिसोले समस्या हुदै आएकोमा नगरपालिकाले नयाँ भवन निर्माण गरिदिएपछि अब कक्षा सञ्चालनमा सहज हुने भएको छ ।
कार्यक्रममा नगर प्रमुख थापाले ट्राफिक कार्यालयबाट सचेतना कक्ष निर्माणका लागि बजेट माग भएको दुई महिनामै बजेट व्यबस्थापन गरेर एक कोठे भवन निर्माण गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक सचेतना कक्षा लिन अब घामपानीको सकस अन्त्य भएको छ । प्रहरी र जनप्रतिनिधि २४ सै घण्टा जनताको सेवामा लाग्नु पर्छ । हामीले ट्राफिक प्रहरीलाई सचेतना कक्ष निर्माण गर्न, नापी कार्यालयलाई नक्सा डिजिटलाइजेन गरि व्यबस्थित गर्न, मालपोल कार्यालयलाई फाइल व्यबस्थापन गर्न, प्रहरी परिसर भक्तपुरलगायत बिभिन्न बिभिन्न सरकारी निकायलाई पनि सहयोग गर्दै आएका छौँ ।”
ट्राफिक सचेतना कक्षाले दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुग्ने बताउदै नगर प्रमुख थापाले ट्राफिक नियम मिच्नेलाई नेतादेखि कर्मचारीसम्मका भनसुनका आधारमा कारबाही र कक्षा नलिई छाड्ने काम गरे दुर्घटना अझै बढ्ने भएकाले भनसुनलाई प्राथमिकता नदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले पानी पर्दा टेण्डभित्र कक्षा लिन निकै समस्या भएको र डरलाग्दो अबस्था देखेरनै नगरपालिकाले भवन निर्माणका लागि रकम दिएको बताउनुभयो । जनप्रतिनिधि जनकर्तव्यबाट विमुख नहुने बताउदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले टेण्डमा कारबाहीमा परेका चालकहरुलाई सचेतना कक्षा लिन पानी पर्दा, घाम चर्किदा र जाडोमा निकै समस्या परेको अबस्थामा नगरपालिकका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा र वडा नं. ५ का वडाध्यक्ष खड्काले यहाँको अबस्था देख्ने बित्तिकै भवन निर्माण प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
उहाँले नगर प्रमुखले बजेट विनियोजन गरेपछि कक्षको नयाँ भवन निर्माण पुरा हूँदा टेण्ड मुक्त भएको र अझै प्रभावकारी रुपमा कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले दैनिक बिहान ९ बजेदेखि २ बजेसम्म १०० देखि १५० जनासम्मले कक्षा लिने गरेको बताउदै चालू आ.ब.को साउनदेखि चैतसम्म १६ हजार ३१३ जनाले सचेतना कक्षा लिएको बताउनुभयो ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरि सवारी साधन चलाएको, लेन अनुशासन उलंघन गरेको, तीब्र गति र रात्तोबत्ति उलंघन गरि कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टाको सचेतना कक्षामा सहभागी गराउँदै आएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले ट्राफिक प्रहरीको सडकमा हुने सक्रियताले दुर्घटना न्यूनिकरण हुने बताउदै चालकलाई सचेतना र कारबाहीका चरणहरुकाबारेमा जानकारी गराउनु पर्ने बताउनुभयो ।
शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय

भक्तपुर, १५ असोज, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा(१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ ।

कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ ।

त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ ।

कार्यातालिका अनुसार यो वर्ष विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण २०८१ वैशाखरजेठमा प्रदेश परीक्षण केन्द्रले गर्नेछ । तर, संसदमा पेश भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भने एसईई नहुने व्यवस्था गरिएको छ ।