कमलबिनायकबाट महिला सम्पर्क विहिन

भक्तपुर, ७ बैशाख । भक्तपुर कमलविनायकबाट एक जना महिला सम्पर्क विहिन भएकी छिन् । सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा न. २, घर भइ भक्तपुर नगरपालिका वडा न. १० कमलविनायक, भत्केकोपाटी बस्ने ४८ वर्षकी विद्यादेवि बराल सम्पर्क विहिन भएकी हुन् ।

उनका छोरो प्रविण बरालका अनुसार हिजो मंलगबार बिहान ६ः३० बजेदेखिबाट विद्यादेबि परिवारको सम्पर्कमा छैनन् । प्रहरीमा खोजी गरिदिन भन्दै परिवारले आज बुधबार निवेदन दिएको छ । उनका छोरा प्रविणले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0