भक्तपुर, ८ असार । अबैध रुपमा गाडीमा राखेर साल र सल्लाको काठ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ बस्ने सवारी चालक ३० वर्षीय प्रबिन ठकुरी र काठ धनी सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने ३३ वषीृय दानबहादुर सापकोटालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

आज प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणी चेकप्वाईन्टबाट बा. १८ च. ३१३० नम्बरको बोलेरो गाडीलाई चेकजाँचको क्रममा बिल नभएको उत्तिस, सल्ला, चिलाउनेको अन्दाजी ३, ४ र ७ फिटका चिरेको र नचिरेको गरी २७ थान काठ ल्याएको फेला परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएको काठ, गाडी र पक्राउ परेकालाई जिल्ला बन कार्यालय भक्तपुरमा बुझाइएको र बन ऐन अन्तर्गत आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनु भयो ।

 

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0