नेपाल कोरिया मैत्री अस्पतालमा थप ५० शैया सञ्चालनको अनुमति प्रदान गरि अस्पतालको अनुगमनमा स्वास्थ्य मन्त्री थापासहितको टोली पुगे अस्पताल
भक्तपुर, १८ माघ : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पताललाई थप ५० शैयाको अस्पताल सञ्चालनको अनुमति प्रदान गरेको छ ।
मन्त्रालयको यहीँ माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शैयाको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको वागमति प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले बताउनुभयो ।
अस्पताल सञ्चालनको अनुमति प्रदान गरेलगत्तै आज मन्त्री थापा, वागमति प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमसहितको मन्त्रालयको टोलीले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षण गर्न भयो ।
अस्पतालको निरीक्षणका क्रममा अस्पतालको नयाँ भवन निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिदै शैया थपको अनुमति प्रदान गर्नु बागमती प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएकाले भक्तपुर जिल्लामै स्वास्थ्य सेवाको पहुँच विस्तार एवं उपचारको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस अस्पतालले आकस्मिक सेवा, भर्ना सेवा, विशेषज्ञ उपचार तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू थप प्रभावकारी हुने विश्वास लिएको छु, यसबाट भक्तपुरवासी मात्र नभई उपत्यकाका र बिभिन्न जिल्ला एवं पूर्वका नागरिकले समेत छिटो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिएको छु ।”
मन्त्री थापालाई मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल सञ्चालक समिति अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अस्पतालका निर्देशक डा. दिपेन्द्रकुमार रौशन, प्रशासकीय अधिकृत रूपेश श्रेष्ठलाई अस्पतालले दिदै आएको सेवा, सुविधा र आगामी योजनाबारे जानकारी गराउनु भएको थियो ।
सन् १९९९ मा ‘किङ्ग ह्वी नेपाल स्वास्थ्य केन्द्रको रूपमा स्थापना भई नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ सेप्टेम्बर २००९ मा ५० बेडको जनरल अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नामाकरण गरिएको थियो ।
अस्पतालले कोइकाको करिब ९५ लाख अमेरिकी डलर (झण्डै १ अर्ब २५ करोड रुपैयाँ) को अनुदान सहयोगमा अस्पतालको १०१ शैयाको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छभने नयाँ भवन निर्माण तथा विस्तारसँगै अस्पतालले न्युरोसर्जरी, स्त्रीरोग, प्रसूति सेवा र हाडजोर्नी जस्ता विधामा थप विशेषज्ञ सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार रौशनले जानकारी दिनुभयो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
