सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन शूरु, पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र विषयगत समितिका प्रतिवेदन सर्वसम्मत पारित

सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन शूरु, पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र विषयगत समितिका प्रतिवेदन सर्वसम्मत पारित

वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला

भक्तपुर, २ असार । सूर्यविनायक नगरपालिका–७, गुण्डुमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार मञ्चको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम सूर्यविनायक नगरपालिका वडा नं. ७ को कार्यालय भवनको सभा हलमा आयोजना भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष रविन्द्र सापकोटाले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै सापकोटाले वडामा हाल विकास निर्माणका काम सम्पन्न भएको र केहि भइरहेको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो ।

विकास निर्माणको काम सुस्त भएका विभिन्न योजनाहरु पुर्व उद्योग मन्त्री महेश बस्नेतको पालामा नगरपालिकाको सिमित बजेट पुर्व मन्त्री बस्नेतले यस ठाउँ र समग्र भक्तपुरको लागि धेरै बजेट पारेकोले पनि अहिले गुण्डुमा जति विकासका काम भएको छन त्यो कुराले सम्भव भएको बताउनुभयो । हाल जहाँ विकासको काम हुन बाँकी छ, त्यो वडाले गर्न सम्भव छैन आउने बजेट पनि रोकिएकोले स्वीमिङ पुल र फुटसल लगाएतको विकासको काम पुरा हुन नसकेको बताउनुभयो । स्थानीयको प्रश्नको उत्तर दिदै अध्यक्ष सापकोटाले गुण्डुमा विकासले गति नलिएको कारण के होला आफैलाई प्रश्न गर्नुपर्ने बताउनुभयो ।

गण्डुको प्लटिङको अनुमति किन दिएको भन्ने प्रश्नमा वडा अध्यक्ष सापकोटाले ८ महिनासम्म अनुमति नदिएको पछि सहकारीमा राखेको पैसा बचत कर्ताहरुलाई फिर्ता गर्न नसक्दा जग्गा दिने सहमति अनुसार नियम पुर्वको पछि आएकोले वडाले हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पार्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव, वडा सदस्यहरू, खानेपानीका अध्यक्ष, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष सापकोटाले दिनुभएको थियो ।

आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन ऋसिकेस श्रेष्ठले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार तथा मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले मन्तव्य राखेका थिए ।
क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले वडालाई सल्लाह दिदै स्थानीयहरुको जनगुनासो छिटोभन्दा छिटो समाधान होस र विकासका कामहरु सबै पुरा गर्नका लागि सुझाव समेत दिनुभएको थियो ।

‘वडागत सार्वजनिक सुनुवाई’ कार्यक्रम

भक्तपुर, २ असार । सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले नगरपालिका भित्रको सनो वडा भएपनि बिकासका कामहरु तिब्र गतिमा अगाडि बढिरहेको बताउनु भएको छ ।

क्रियासिल पत्रकार मञ्च भक्तपुरले सूर्यविनायक नगरपालिकाको समन्वयमा आज सोमबार सूर्यविनायक नगरपालिका–६, पाण्डुबजारस्थित वडा कार्यालयमा आयोजना गरेको ‘वडागत सार्वजनिक सुनुवाई’ कार्यक्रम उहाँले तिब्र गतिमा वडामा बिकासको कार्यमा अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकासका लागि हामी लागिरहेका छौँ, तिब्र गतिमा काम भइरहेको छ । चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाको दुई करोड ६० लाख रुपैयाँ र प्रदेश सरकारको ३० लाख र अन्य गरि तीन करोड ३० लाखको बजेटमा काम भएको बताउनुभयो । वडा कार्यालयले सडक, ढल, सामुदायिक भवन, खानेपानी, शिक्षा, स्वास्थ्य, महािललाई आत्मनिर्भर, तालिम, सचेतना कार्यक्रम लगायत बिभिन्न कार्यक्रहरु आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागि हुनु भएको वडावासीबाट आएका बिभिन्न जिज्ञासाको जवाफ दिनुको साथै आएको सुझाबलाई कार्यान्वयनमा लैजाने बताउनु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष ईश्वर खड्काले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै खड्काले वडामा हाल विकास निर्माणका काम सम्पन्न भएको र केहि भइरहेको बताउनुभयो ।

कार्यक्रममा वडासचिव श्रीमिला श्रेष्ठले वडाले प्रवाह गर्दै आएका सेवा, वडाबाट वितरण भएको बिभिन्न सिफारिसहरु, दर्ताहरु, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नु भएको थियो । उहाँले सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे बतानु भएको थियो । क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष एवं कार्यक्रमका सभापति रमेश गिरीले वडालाई सल्लाह दिदै स्थानीयहरुको जनगुनासो छिटोभन्दा छिटो समाधान गर्न र विकासका अधूरा कामहरु सबै पुरा गर्नका लागि सुझाव दिनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय अम्बर बहादुर कार्की, पुष्पप्रसाद दुलाल, सम्राट देशेमरु, मधुसुदन चालिसे, पुष्पा तामाङ्ग, बद्री देउजा, हरिप्रसाद राजथला, रामगोपाल त्यावयना, विद्यालयकी प्रधानाध्यापक क्रिष्मा ठोकर, कृष्णगोमा चाूगुठी, मुकुन्द चौलागाईलगायतका वक्ताहरुले बिभिन्न जित्रासा राख्नु भएको थियो ।
कार्यक्रममा वडासदस्यहरु, स्थानीय तथा विद्यार्थीहरु, शिक्षकहरु, बिभागिय प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष खड्काले दिनुभएको थियो ।

२३ वर्षदेखि बाटिकामा उभिरहेछन् लौह पुरुष गणेशमान सिंह 
-रमेश गिरी
भक्तपुर, २ असोज । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जंगलको पूर्वपट्टीको छेऊमा सुन्दर बगैचासहितको बाटिका ।
नजिकै सानो पालेघर । बाटिकाको बीचमा देशका राष्ट्रपतिको आगमन पर्खेर विगत २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व.गणेशमान सिंहको एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो पूर्णकदको शालिक । हो यही शालिक आज स्व. सिंहको पूण्यतिथि एवं २६ औं स्मृति दिवसको अवसरमा राष्ट्रपति अनावरण गर्ने भएपछि बल्ल ठडिएको शालिकले पूर्णता पाउने भएको छ ।
२०५४ सालमा स्थापना भएको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले बृहत गुरुयोजना सहित तयार पारेको वाटिकाका अझै कयौ संरचनाले पूर्णता पाउन बाँकी नै छ ।
तत्कालिन कटुन्जे गाविसको सिफारिसमा तत्कालिन राजा बिरेन्द्र वीरबिक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गौतम उपप्रधानमन्त्री हुँदा मन्त्रीपरिषद् बैठकले पारित गरि कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरिदिएको उक्त क्षेत्रफलमा गणेशमानको शालिक र वाटिका निर्माण भएको हो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि ०५५ मा समितिले आफ्नो कार्यालय भवन निर्माण गरेको समितिका अध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले जानकारी दिनुभयो ।
२०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा  अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भएपनि अनावरण हुन नसक्दा वाटिका र शालिक अलपत्र जस्तै बनेको थियो ।
समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने संग्रहालय, भ्यु टावर, वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएर गुरुयोजना तयार पारेको थियो ।
यद्यपी करिब रु. चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिढँी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैचाका रुपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पुरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहलाई अस्विकार गर्दै उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेपछि नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।
स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका संघर्ष र त्यागकाबारेमा बिस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी समेटेर संग्रहालयय निर्माण गरि राख्ने लक्ष्य वाटिकाले लिएको छ ।
प्रजातान्त्रिक योद्धाहरुको संघर्षकाबारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने थलोको रूपमा विकास गर्ने लक्ष्य लिएकोे समितिका महासचिव कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो ।
समितिका संस्थापक अध्यक्ष एवं शालिकसहितको वाटिकाको परिकल्पनाकार स्वर्गीय रामेश्वर ढुङ्गेल, पूर्व अध्यक्ष सुनिल बासु र वर्तमान् अध्यक्ष बस्नेतले वाटिकाको गुरुयोजना सफल पार्न अनवरत रुपमा लागिरहेका थिए । स्व. गणेशमान सिंहको जन्मदेखि सरकारी जागिर खाएर छोडेको, उच्च शिक्षा हासिल गर्न भारतको कोलकोत्ता गएको, त्यहीं राजनीतिक संघसंगठनमा आवद्ध भएको, राणा शासनविरुद्ध संघर्ष गरेको, प्रजातन्त्र प्राप्त भएको घटनाक्रमलाई उजागर गर्ने भौतिक संरचनासहितको गुरुयोजना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै राणाशासनको अन्त्यसँगै पुनः पञ्चायती शासन आएको, पञ्चायतविरुद्ध संघर्ष गर्दा जेल परेको र जेल फोडेर भागेको घटना, प्रजातान्त्रिक आन्दोलनमा सर्वोच्च कमान्डर भएको, प्रधानमन्त्रीका प्रस्ताव अस्वीकार गरेको, कांग्रेस पार्टी त्यागेकोलगायतका घटनालाई समेत उजागर गर्ने भौतिक संरचना बाटिकाभित्र निर्माण हुने गरी गुरुयोजना बनाइए पनि त्यस्ता धेरै संरचना भने अझै निर्माण हुन सकेका छैनन् ।
गुरुयोजना कार्यान्वयनमा ल्याउन सके स्व. गणेशमान सिंहबारे जान्न र बुझ्न अन्यत्र जानै पर्दैन । यही गणेशमानसँग सम्बन्धित सम्पूर्ण घटना र त्यसको प्रतीक बाटिकाभित्रै पाउन सकिन्छ गरि गुरुयोजना तयार पारिएको थियो । प्रधानमन्त्रीको पद अस्वीकार गरि त्यागी नेताको थप पहिचान बनाउनु भएका  नेपाली प्रजातान्त्रिक जनआन्दोलनका शिखर व्यक्तित्व स्व.सिंहले देशमा आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि स्थायी नहुने धारणा राख्दै आउनु भएको समितिका अध्यक्ष बस्नेत स्मरण गर्नुहुन्छ ।
वाटिकामा सबै संरचना निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च हुने गरि ऐतिहासिक गुरुयोजना निर्माण गरेकाले सरकारले पर्याप्त बजेटको व्यबस्था गरेर गुरुयोजना पूर्णता दिनु उहाँले सरकारसँग आग्रह गर्नु भएको छ ।
बिवादपछि अलपत्र गुरुयोजना ः
समितिले पब्लिक, प्राइभेट पार्टर्नरसिपको अबधारणा अनुसार साखः ग्रुपलाई करिब रु.१४ करोडको लागतमा पाँचवर्षभित्र गुरुयोजनामा समेटिएका सबै भौतिक संरचना निर्माण सम्पन्न गर्नेगरि ३९ वर्षका लागि उक्त जग्गा भाडामा दिने सहमति गरेको थियो ।
तत्कालिन उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह संरक्षक तथा सोही क्षेत्रका सभासद रामेश्वर ढुंगेल अध्यक्ष रहेको वाटिकालाई होटल सञ्चालनका लागि ३९ वर्षे भाडामा दिने, त्यस अबधीभरी हुने आम्दानीको २० प्रतिशत रकम वाटिकाको कोषमा आउने र ३९ वर्षपछि निर्माण भएका सबै संरचना वाटिकाको स्वामित्वमा हस्तान्तरण गर्ने गरि समितिका संस्थापक अध्यक्ष रामेश्वर ढुङ्गेल र साख ग्रुपको तर्फबाट प्रभातप्रकाश साखबीच २०७१ असार १२ गते सम्झौता पत्रमा हस्ताक्षण भएको थियो ।
तर दधिकोट र कटुन्जेका जनताले उपभोग गरिरहेको खानेपानी ट्यांकी र ऐतिहासिक सुवर्णेश्वर महादेव मन्दिर पनि वाटिका परिषरभित्रै परेकाले त्यसलाई असर पुग्ने गरि सरकारी सम्पत्ति नीजि क्षेत्रलाई व्यापारिक क्षेत्र निर्माणका लागि दिन लागेको भन्दै एमालेका नेता निर्मलकुमार भट्टराईलगायतले बिरोध गर्दै अख्तियारमा समेत उजुरी हालेपछि समिति सम्झौता रद्ध गर्न बाध्य भएको थियो ।
वाटिकाका लागि तयार पारिएको गुरुयोजना आफैमा ऐतिहासिक थियो, त्यो संरचना निर्माण हुन सके गणेशमान लगायत देशका जनआन्दोलनमा सेनानी एवं सहितहरुको जीवनी समेटिएएको अध्ययन अनुसन्धानको केन्द्र सहितको संग्रहालय, पुस्तकालय निर्माणमा सरकारले चासो दिनु पर्ने समितिका अध्यक्ष बस्नेत बताउनु हुन्छ ।
संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद रामेश्वर ढुङ्गेलको निधनसँगै अलपत्र जस्तै बनेको सिंहको शालिक र वाटिकालाई पूर्व अध्यक्ष वासु र वर्तमान् अध्यक्ष बस्नेतसहितको नेतृत्वको समितिले सुन्दर वाटिका निर्माणसँगै शालिक अनावरण गर्ने कार्य सम्पन्न गर्नेतहसम्म पुर्याएको छ ।
साँसदहरुले निर्माण भइसकेको स्व. गणेशमान सिंहको पूर्णकदको सालिकको लागि समेत ४१ लाख रुपैयाँ छुट्याएका थिए भने सालिक निर्माणस्थलको भौतिक निर्माणको लागि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट २० लाख र सांसद मनमोहन भट्टराईले चार लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
प्रदेश सभा सदस्य शशीजंग थापाले यहाँको भौतिक संरचना निर्माणका लागि रु.२५ लाख बजेट वागमति प्रदेशबाट र बाटिका प्रवेश गर्ने सिंढी सुधारको लागि नगर विकास प्राधिकरणले थप २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तत्कालिन जिविस, गाविस, नगर विकास समिति, संरक्षण समिति र जनश्रमदानबाट करिब रु. २७ लाख लागतमा कार्यालय भवन निर्माण गरेको थियो ।
समितिले ३३ करोडको लागतमा वाटिकाको सम्पूर्ण संरचना निर्माण हुने र यसलाई गणेशमानको मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेतृत् वगर्ने महत्वपूर्ण सबै व्यक्तिहरुको जीवनी, अध्ययनशालासमेत निर्माण गरेर देशकै ऐतिहासिक स्थल बनाउने अभियानमा तीन तहकै सरकारले पर्याप्त बजेटको व्यबस्थापन गरिदिए केही वर्षमै गुरुयोजनाले पूर्णता पाउने छ ।
गुरुयोजनालाई पूर्णता दिन सके यस क्षेत्रलाई आन्तरिक एवं बाह्य ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने, इतिहासकाबारेमा अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न सकिने समितिका जगन्नाथ कार्की बताउनु हुन्छ ।
यसकारण बिर्सन सकिन्न गणेशमानलाई :
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसक नेता विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युगपुरुषको उपनामले चिनिए जस्तै नेता गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले चिनिदै आएको छ ।  बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम पनि हीराकाजी थियो ।
जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नातिलाई बडाकाजी परिवारको अत्यन्त महत्वपूर्ण निधि मानेर हीरा भन्ने गरिएको र बडाकाजी परिवारमा जन्मेकाले काजी भन्ने गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिन्थ्यो ।
उमेरले बिपी कोइरालाभन्दा १४ महिनामात्रै कान्छा गणशमान वि.सं. १९७२ कात्तिक २४ गते जन्मिनु भएको हो । त्यसैले पनि बिपी र गणेशमान समकालीन नेता र खुबीवान हुनुहन्थ्यो । दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको मात्रै भएन २०१५ सालको प्रथम आमनिर्वाचनमा दुई तिहाई मतसमेत ल्याउन सफल भएको मानिन्छ । बिपी र सिंहकै योगदानका कारण २०४८ सालको दोस्रो आमनिवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत ल्याएको बताइन्छ ।
काठमाडौंको रानीपोखरीस्थित दरवार स्कुलमा राणाहरुका छोराछोरीलाई मात्र पढ्ने अवसर पाउँदा ६ कक्षामा पढ्दै गर्दा एकै कक्षाका राणाको छोरालाई तँ भन्ने शब्द प्रयोग गरेकै कारण विद्यालयबाट निकालिए पछि राणा शासन बिरुद्ध मनमा क्रान्तिको सुरुवात गरेको मानिन्छ । आठ वर्षको उमेरमै पिता गुमाउनु भएका सिंहले आफ्नो २४ वर्षको उमेरमा वि.सं. १९९६ सालदेखि नेपाल प्रजापरिषद्को सदस्य भई राणाशासन बिरोधी आन्दोलन र राजनीतिमा सक्रिय हुनु भएको थियो ।
वि.सं. १९९७ सालमा राणा विरोधी गतिविधिमा सक्रिय भएका कारण उनलाई सर्वश्वसहित आजीवन कारावास राखिएपछि वि.सं. २००१ साल असार ७ गते १२ फिट अग्लो भद्रगोलको पर्खाल नाघेर भाग्न सफल हुनुभएपछि गणेशमानले ‘वीर’ को प्रख्याति पाएको बताइन्छ ।
२०१५ सालको आमनिर्वाचनमा गणेशमान सिंह कांग्रेसको मन्त्रिपरिषद्मा मन्त्री भएपनि सन्तुष्ट हुन नसकेपछि पदको लागि राजनीत नगर्ने र देशका लागि लागिरहने घोषणा गरेको र २०४६ सालको ऐतिहासिक सफलतापछि तत्कालिन राजा बिरेन्द्रले दरबारमै बोलाएर प्रधानमन्त्री बन्न
प्रस्ताव राख्दा नमानेर कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेपछि उहाँको उचाई अझै बढेको थियो ।
२०४६ सालको जनआन्दोलनमा कम्युनिष्टसँग मिलेर राजतन्त्र बिरोधी प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल भएपछि जनतालाई जहानिया राणा र एकदलीय राजतन्त्रबाट मुक्त दिलाई जनतालाई स्वतन्त्रता प्रदान गर्ने महान व्यक्तित्व गणेशमानलाई सबैले सम्झनै पर्छ । नेता सिंहको २०५४ साल असोज २ गते निधन भएर उहाँको भौतिक शरीर नभएपनि यहाँको देश र जनताप्रतिको योगदान युगौयुग बाचिरहने छ ।–
लेखापढी व्यवसायमा व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा राना  निर्वाचित

भक्तपुर, ४ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा बालकोट निवासी रामशरण राना विजयी हुनुभएको छ । नेपालमा कोरोनाको महामारी र अन्य कारणले रोकिएका अधिवेशन अन्तर्गत सात वर्षमा आज सम्पन्न भएको निर्वाचनमा १७४ मत प्राप्त गरि राना नर्वाचित हुनुभएको हो ।

सुरुमा अध्यक्षमा उम्मेदवार घोषणा गरि उम्मेदवारी दर्ता गराउनु भएका राजेन्द्रकुमार दाहाल (राजकुमार), राजेन्द्र बस्नेत र सुरेशकुमार राउतले सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएपनि राना र उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहाल ‘जुझारु’ चुनावी प्रतिस्पर्धामा जानु भएको थियो । निर्वाचनबाट दाहालले कूल ९१ मत प्राप्त गर्नुभयो ।

कूल १३ सदस्यीय कार्यसमितिका लागि दुई वटा प्यानल बनाएर भएको निर्वाचनमा सचिव र तीन सदस्य बाहेक सबै राना समूहका निर्वाचित भएका छन् । एशोसियसनको उपाध्यक्षमा १८० मतका साथ रामकाजी पाटी निर्वाचित हुनु भयो भने उहाँका प्रतिष्पर्धी नरेश खड्काले ८३ मत प्राप्त गर्नुभयो ।

सचिवमा १३१ मत प्राप्त गरि दिपक श्रेष्ठ निर्वाचित हुनुभयो भने पाँच मतले पछाडि पार्दै १२६ मत प्राप्त गर्नु भएका जयराम फोजूले १२६ मत प्राप्त गर्नु भएको थियो ।

सहसचिवमा रामभक्त किजुले ९९ मत प्राप्त गरि निर्वाचित हुनु भयो भने उहाँका निकटतम प्रतिद्धन्दी अशोक नायभारीले ८० मत र ऋषिराम के.सी.ले ७८ मत प्राप्त गरि पछाडि पर्नुभयो । कोषाध्यक्षमा राना समूहका रुपा भण्डारी १६५ मतका साथ निर्वाचित हुनुभयो भने सहकोषाध्यक्षमा ईश्वरमणी भट्टराई १०६ मतका साथ विजयी हुनुभयो ।

सदस्यहरुमा लक्ष्मण डोटेल (१०७), मनिता शर्मा (१११), अच्युत शिवाकोटी (९८), सुरोज कवाँ (१०२), विकास कुस्मा (१०३), श्यामसुन्दर सिलवाल (९६) र श्यामसुन्दर घटुवा (११५) निर्वाचित हुनुभयो । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत प्रियकुमार थापाले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । निर्वाचनमा निर्वाचन अधिकृत रामबाबु फुँयाल र सुमन कार्कीले सहज रुपमा सम्पन्न गराउनु भएको थियो ।

अध्यक्षमा राना निर्वाचित भएपछि नेपाली काँग्रेसका जिल्ला सभापति एवं सांसद दूर्लभ थापाले बधाई दिनुभयो ।

राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता वीपी कोइरालामा थियो : पूर्वराष्ट्रपति यादव

काठमाडौँ, २३ भदौ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताउनुभएको छ । जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उहाँले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको बताउनुभयो ।

“विपी कोइरालाले विसं २००८ सालदेखि २०१४ सालसम्म देशका सबै भू–भागमा पुगेर त्यहाँको भूगोल, आर्थिक तथा सामाजिक अवस्था बुझ्नुभएको थियो, अहिले मुलुकमा देश, जनता र भूगोल बुझ्ने नेता छैनन्”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाप्रति लक्षित गर्दै डा यादवले भन्नुभयो, “तपाईं पार्टीको महामन्त्री भइसक्नुभयो, तपाईं सारा देश घुम्नुहोस्, तपाईंको भविष्य छ ।”

पूर्वराष्ट्रपति डा यादवले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गिरिजाप्रसाद कोइरालालगायतका नेताले मुलुकमा गरेको सङ्घर्ष र योगदानका कारण आफू गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर पाएको स्मरण गर्नुभयो । “मैले विसं २०२५ सालमा पहिलोपटक वीपी कोइरालालाई भेटेको हुँ, उहाँ देश र जनताप्रति सँधै चिन्तित हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । पार्टीका संस्थापक नेता वीपी कोइरालाका बारेमा पढ्न कांग्रेसलाई फुर्सद नभएको उहाँको भनाइ थियो ।

“पैसा लिएर टिकट बिक्री गर्ने प्रवृत्ति पार्टीभित्र हावी हुँदै गएको छ, कांग्रेसभित्र जनताको बीचमा जान अशंवण्डा गरिएको छ”, उहाँले भन्नुभयो । कांग्रेसका पूर्वमहामन्त्री डा कोइरालाले देश र जनताको अधिकारका लागि आजीवन सङ्घर्ष गर्ने नेता वीपी कोइराला भएको बताउनुभयो । “वीपी कोइराला बाल मनोविज्ञान बुझ्ने व्यक्ति हुनुहुन्थ्यो, काम गर, फलको आश नगर भन्ने प्रवृत्ति उहाँमा थियो”, उहाँले भन्नुभयो ।

जननायक वीपी कोइराला स्मृति ट्रष्टका महासचिव एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले वीपी कोइरालाको राजनीतिक तथा साहित्यिक क्षेत्रलाई अध्ययन तथा अनुसन्धान गर्नका लागि ‘वीपी कोइराला स्टडिज तथा रिसर्च सेन्टर’ भवन निर्माण गर्न लागिएको बताउनुभयो । रु नौ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन छ तले हुनेछ । उक्त भवनको गत वर्ष कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास समेत गरिसक्नुभएको छ ।

विपी कोइराला स्मृति ट्रष्टले विपी कोइरालाद्वारा लिखित पुस्तकको रोयल्टी सङ्कलन गरेर ट्रष्टबाट केही रकम थप गरी हरेक वर्ष रु एकलाख एक हजारको जननायक वीपी कोइराला साहित्य सम्मान पुरस्कार तथा रु ५१ हजार नगद राशिको जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गरिँदै आएको छ ।

विद्यार्थीलाई राजनीतिमा आउन बिजुक्छेँको आग्रह : बिजुक्छेँ

भक्तपुर, १५ भदौ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानको रुपमा गलत ढंग प्रयोग गरिरहेको बताउनु भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा आयोजना गरिएको विद्यार्थी अभिुमखीकरण कार्यक्रममा बोल्दै उहाँले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्रसँगसँगै विभिन्न अनुसन्धानमार्फत देशलाई योगदान दिने काम पनि गर्नु पर्ने बताउनुभयो ।

विश्वका अन्य मुलुकहरुमा इन्जिनियर, डाक्टरलगायत अन्य विषयका विद्यार्थीहरु राजनीतिक क्षेत्रमा सक्रिय रहेको चर्चा गर्दै उहाँले ख्वपका विद्यार्थीहरुले पनि आफ्नो विज्ञतासँगै समाज र देशको हितका लागि देशको राजनीतिमा चासो राख्नुपर्नेमा जोड दिनु भयो ।

बन्द, हड्तालले देशको शैक्षिक स्तर उठाउन बाधा पु¥याउने बताउदै बिजुक्छेँले अंग्रेजीलगायतका विदेशी भाषाको प्रयोग र तालिम सञ्चालन पनि आवश्यक रहेको बताउनु भयो । अध्ययन र सिकाइ भनेको निरन्तर प्रक्रिया भएकाले विश्वसँग प्रतिस्पर्धा गर्न अंग्रेजी भाषामा पोख्त हुनु आवश्यक रहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।

कार्यक्रममा कलेज सञ्चालन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा नेपालमै सबभन्दा अगाडि रहेको बताउदै विद्यार्थीहरुले आफ्नो अध्ययन सँगसँगै गलत राजनीतिको खुल्ला रुपमा आलोचना गर्नुपर्ने बताउनु भयो । सरकारले सहयोग नगर्दा ख्वप विश्वविद्यालयले सम्बन्धनमा पाउन ढिलाइ भइरहेको भन्दै उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको चर्चा गर्नु भयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, विभागीय प्रमुख डा. मन्जिप शाक्य, कलेजको अनुसन्धान र विकास विभागका संयोजक डा. सुवेगमान बिजुक्छे, कलेजका उपप्राचार्य रबिन्द्र फोँजुलगायतले कलेजले देशभरका बिभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको बताउनु भयो ।

 

दश जिल्लामा बढी डेँगुका बिरामी डेँगुका बिरामी

काठमाडौँ, १४ भदौ  : काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुनेमौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको रोग लाग्ने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सन्जयकुमार ठाकुरले साउनदेखि केही शहरमा डेँगुका बिरामी बढेको बताउनुहुन्छ ।

उहाँका अनुसार ललितपुर, काठमाडौँ र रुपन्देहीमा डेँगुका बिरामी बढी रहेको छन् । ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौँमा ३३२ जना डेँगुका बिरामी भेटिएका छन् । अव्यवस्थित शहरीकरण पनि डेँगुका बिरामी बढेको उहाँ बताउनुहुन्छ । “अव्यवस्थित शहरले गर्दा घरवरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्” उहाँले भन्नुभयो, “ती ठाउँबाट नै डेँगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ ।” पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेर डेँगु रोग लाग्दछ ।

उहाँले पानी टङ्की, गाडीको डायर, गमला घर नजिकको खाल्डाखुल्डीमा पानी जम्न दिन नहुने बताउनुभयो । एसिबाट निस्केको पानी जमेपछि त्यही जमेको पानीमा लाखुट्टेले फुल पार्ने गरेको छ । मन्त्रालयका प्रवक्ता डा ठाकुरले डेँगु रोगको रोकथाम तथा नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिगतरुपमा लाग्नुपर्ने बताउनुहुन्छ । व्यक्तिगतरुपमा आ–आफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उहाँको भनाइ रहेको छ ।

उहाँले डेँगु लागेपछि धेरै मानिसलाई लक्षण नदेखेर नै निको हुने बताउनुहुन्छ । “अहिले गम्भीर बिरामीमा भने सेतो रगत कम हुने गर्दछ” उहाँले भन्नुभयो, “धेरैजसोलाई सिटामोल नै खाएर निको पार्न सकिन्छ ।” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा विमल चालिसेका अनुसार अस्पतालमा बढिरहेका बताउनुभयो । उहाँ अस्पतालमा सामान्य लक्षणदेखि भर्ना गरेर उपचार गर्नेसम्मका बिरामी आउने थालेको बताउनुहुन्छ ।

डा. चालिसेका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जना भर्ना भएर उपचार गर्ने खालका र आकस्मिक सेवामा दैनिक ६० देखि ७० जना बिरामी आइरहेका छन् । “धेरैजसो बिरामी धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन्”, उहाँ भन्नुहुन्छ, “उपचार गर्नका लागि अस्पतालमा आएका बिरामीलाई फर्काउने गरेका छैनौँ । अहिलेसम्म शैय्याको व्यवस्था गरेका छौँ । तर अहिलेको भन्दा बढी भएपछि समस्या हुनेछ ।” अस्पतालमा ७० शैय्या र २४ सधन उपचार कक्ष (आइसियु) रहेको छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडांैलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।

गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । डेङ्गु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेङ्गु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको छ । वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठले अस्पतालमा कोरोना भाइरसका भन्दा डेँगुका बिरामी बढी रहेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले वीरमा २४ जना डेँगुका बिरामी र २२ जना कोरोना भाइरसका बिरामी रहेका छन् । “वर्षायाम सकिने पछि एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले बढ्ने गर्दछन्”, उहाँले भन्नुभयो, “तीनै प्रजातिका लामखुट्टैको टोकाइले डेँगु रोग लाग्दछ ।” उहाँले अहिले दैनिक चारदेखि पाँच जना आकस्मिक कक्षमा उपचार गर्न आउने गरेको बताउनुहुन्छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले साउन र भदौ महिनामा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले काठमाडौँ उपत्यकासहित तराईमा डेँगुका बिरामी बढेको बताउनुभयो । उहाँले डेँगुलाई नियन्त्रण गर्नका लागि लामखुट्टेको लार्भा खोजेर मार्नुपर्ने बताउनुभयो । “अहिलेको मौसममा लामखुट्टैका लार्भा धेरै नै उत्पादन हुने गर्दछ”, उहाँले भन्नुभयो, “पानी जम्न नदिनु, खाल्डाखुल्डी पुर्नु र साना साना पानी जम्ने ठाउँलाई नष्ट गर्नुपर्दछ ।” उहाँले डेँगु रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई निर्देशन दिइरहेको बताउनुभयो ।

उहाँका अनुसार देशभरिका १३९ स्थानीय तहमा डेँग रोकथाम र नियन्त्रण गर्न लार्भा नियन्त्रण र जनचेतना जगाउनका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उपत्यकामा ललितपुरमा सबभन्दा बढी डेँगुका बिरामी देखिएका छन् । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता शहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा अहिले ११ जना डेँगुका बिरामीले उपचार गराइसकेका अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले जानकारी दिनुभयो । उहाँले अस्पतालमा कोरोना भाइरसका बिरामी घटेसँग डेँगुका बिरामी बढेको बताउनुभयो ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । सन् २००४ मा एक जनामा डेँगु देखिएको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको पाइन्छ । सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । तराई–मधेशमा बढी देखिने डेङ्गु २०१८ पछि भने पोखरा, काठमाडौँजस्ता पहाडी सहरमा पनि देखा प¥यो । उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका र ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।

निजामति कर्मचारी अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार अहिलेसम्म दुई हजार आठ सय २७ जनामा डेँगुका बिरामी फेला परेका छन् । प्रदेश नं १ मा दुई सय एक जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा एक हजार छ सय ९७ जना, गण्डकी प्रदेशमा ७८ जना, लुम्बिनी प्रदेशमा छ सय ६६ जना, कर्णाली प्रदेशमा ३९ जना र सुदुरपश्चिम प्रदेशमा ८८ जनामा डेँगुका बिरामी रहेका छन् ।

दश जिल्लामा बढी डेँगुका बिरामी डेँगुका बिरामी

सबभन्दा बढी १० जिल्लामा रहेका छन् । ललितपुरमा एक हजार ५६, रुपन्देहीमा तीन सय ७७ जना, काठमाडौँमा तीन सय ३२ जना, तेह्रथुममा ७७ जना, धादिङमा ७६ जना, सिन्धुली ६१ जना, सङखुवासभा र भक्तपुरमा ५७ जना, अर्धाखाचीमा ५१ र गुल्मीमा ४९ जना बिरामी भेटिएका छन् । एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुलारुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नुभनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ ।

नेपाललाई सभ्य र सुन्दर देशका रूपमा चिनाउनुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ, २१ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताउनुभएको छ । बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारितालगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका हुने बताउनुभयो ।

मन्त्री कार्कीले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने उहाँको छ । अङ्गेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञानसम्बन्धी विषयलाई समावेश गरिएको छ ।

मन्त्री कार्कीले ‘प्रोटल’लाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन नेपाल टेलिभिजनले सुरु गर्न लागेको ‘एनटिभी वल्र्ड’मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपाली साहित्यिक क्षेत्रले समाज परिवर्तनमा पु¥याएको योगदानको कदर गर्दै साहित्य क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त

काठमाडौँ, १५ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नतामा राजस्वका दर हेरफेर गरेको समाचार सार्वजनिक भएपछि विवाद उत्पन्न हुँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत असार २२ गते पदबाट राजिनामा दिनुभएको थियो । सो विषयमा छानविन गर्न गठित संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन संसदलाई बुझाएको थियो । त्यसपछि शर्मालाई आज पुनः मन्त्री पदमा नियुक्त गरिएको हो ।