दशैं तिहार लक्ष्ति गर्दै आईरा इन्टरप्राईजेजले भक्तपुरको जगातीमा खोल्यो होण्डाको नयाँ शोरुम

भक्तपुर १४ असोज । नेपालीहरुको महान चाँड दशै, तिहार नजिकिदै गदा भक्तपुरका जगातीमा भने आज दशै तिहार लक्षित गर्दै आईरा इन्टरप्राईजेजले बुधबार होण्डाको नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ ।

भक्तपुरको प्रमुख व्यापारिक केन्द्र जगाती चोकमा अत्याधुनिक प्रविधिसहितको होण्डाको नयाँ आधिकारिक शोरुम आजबाट सञ्चालनमा ल्याएको ईन्टरप्राइजेजका प्रमुख नविन प्रजापतिले जानकारी दिनुभयो ।

व्यवसायी प्रजापतिले भक्तपुरदेखि पूर्वतर्फका ग्राहकलाई लक्षित गरि होण्डा शेरुम सञ्चालनमा ल्याएको बताउदै यहाँ होण्डाको बाईक तथा स्कुरटर लिदाँ एक लाखसम्मको डिस्काउण्ट कुपन र आकर्षक गिफ्ट ह्या्म्पर प्रदान गरिने बताउनुभयो । उपभोक्ताको हित र सबै वर्गका ग्राहकले यसको उपयोग गर्न सकुन भनेर सहज फाइनास्न्को समेत व्यबस्था गरेको उहाँले जानकारी दिनुभयो ।

शोरुमले ग्राहकलाई गुणस्तरीय र नागरिकमैत्री सेवा दिने बताउदै प्रमुख नवीन प्रजापतिले भने “हामीले केवल व्यापार मात्र नभई ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अन्य शोरुमभन्दा फरक र सहज ढङ्गले सेवा दिने लक्ष्य राखेका छौँ,”।

करिब दुई करोड ५० लाखको लगानीमा सञ्चालनमा आएको होण्डा शोरुमले आफ्ना उपभोक्तालाई सहज होस भन्दै शोरुप भएकै भवनमा सर्भिसिड र कम्पनीको ब्राण्डेड पार्टस् उपलब्ध गराएको आईरा इन्टरप्राइजेजका म्यानेजिड डाइरेक्टर आयेस प्रजापतिले जानकारी दिनुभयो । यस शोरुमबाट होण्डा ब्राण्डका दुईपाङ्ग्रे सवारी साधनको बिक्री वितरणका साथै दक्ष प्राविधिकमार्फत मर्मत सम्भार र सर्विसिङ सुविधा प्रदान गरिने भएको छ।
​

​नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले नयाँ बिक्री केन्द्र सञ्चालनसँगै अब भक्तपुर र आसपासका बासिन्दालाई सवारी साधन खरिद तथा पार्टपुर्जाका लागि काठमाडौँसम्म धाउनुपर्ने बाध्यता हट्ने बताए। उनले होन्डाका नयाँ मोडल तथा जेनुइन पार्ट्सहरू सर्वसुलभ मूल्यमा जगातीबाटै उपलब्ध हुने जानकारी दिए।
​

नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को माग बढ्दै गएको सन्दर्भमा आगामी दिनमा होन्डाले ईभी मोडलहरू भित्र्याएमा यसै शोरुममार्फत बिक्री वितरण गरिने सञ्चालकहरूले जनाएका छन्। अरनिको राजमार्गसँगै जोडिएको जगाती चोकमा रहेको यो शोरुमबाट भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र ललितपुरका सेवाग्राहीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

मध्यपुरथिमिमा पाँचौ पटक जिबौृ छेड्दै

भक्तपुरलाई शिक्षा, स्वासथ्य र पर्यटनको हव बनाउँछौं, समृद्ध भक्तपुरको परिकल्पना साकार पार्छौ ः मुख्यमन्त्री किरण थापा

भक्तपुरलाई शिक्षा, स्वासथ्य र पर्यटनको हव बनाउँछौं, समृद्ध भक्तपुरको परिकल्पना साकार पार्छौ ः मुख्यमन्त्री किरण थापा

सूर्यविनायक नगरपालिकाद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार सहयोग
=================================
नगरपालिका प्रमुख वासुदेव थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । 
=================================
भक्तपुर, १४ भदौ : सूर्यविनायक नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ५५ लाख ५५ हजार ५५५ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । आज नगरपालिकामा नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको नगरपालिकाको २१५ औं कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । नगरपालिका प्रमुख थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “यो राष्ट्रिय विपदको घडीमा मानवीय दायित्व बहन गर्दै सबैले आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सम्पूर्ण नागरिक समाज, निजी क्षेत्र, संघसंस्थाहरुमा आग्रह गर्नुभयो ।
राहत कोषका लागि नगर प्रमुखको तर्फबाट रु. ३५ हजार, उपप्रमुखको तर्फबाट १५ हजार, वडाअध्यक्षहरुको तर्फबाट प्रति व्यक्ति रु. १० हजारका दरले रु. १ लाख, कार्यपालिका सदस्इहरुको तर्फबाट प्रतिव्यक्ति रु. ६ हजार, वडा सदस्यहरुको तर्फबाट प्रतिव्यक्ति रु. दुई हजार ५०० का दरले राहत रकम राज्य कोषमा पठाउने निर्णय
गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।
नगर प्र्रमुख थापाको एक महिनाको सेवा सुविधा वापत प्राप्त हुने रकम कोषमा प्रदान गरिएको हो । नगरपालिकाको बैठकले बाढीको बितण्डाले पुर्याएको मानवीय एवं भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत वितरण र पुर्नस्थापनामा सहयोग गर्नु आव्हान गरेको नगरपालिका सामाजिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

गगन थापाले भने पार्टी जोगाउँन एक भएर जाऔं
भक्तपुर, २३ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई जोगाउँन सबै एक भएर जानु पर्ने बताएका छन् ।
आज बालकोटमा काँग्रेस नेता स्वर्गीय श्यामबहादुर कार्कीको १९ औँ स्मृति दिवसका अवसरमा आयोजित छात्रबृत्ति वितरण तथा रक्तदान कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीभित्र नमिलेका विषयलाई संवाद र सहमतिका माध्यमबाट मिलाएर लैजानु पर्ने औल्याउँदै पार्टीको मौलिकता र आधारभूत मान्यताबाट टाढा जान नहुने बताए ।
सभापति थापाले कांग्रेस नयाँ बनाउने भनेको यसको जग खोज्ने र मौलिकतामा जाने हो भन्दै काँग्रेसको आईतबारबाट बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्ने बताए ।
सत्ता र शक्तिका लागि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको कुनै अर्थ नहुने भन्दै सत्ता र शक्ति नागरिकको हितका लागि मात्रै हुनुपर्ने बताए ।
उनले कांग्रेसलाई प्रत्येक कार्यकर्ताले गर्व गर्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे । “कांग्रेस हुँ भन्दा छाती पिटेर गर्व गर्न सक्ने लायकको पार्टी बनाउँछु,” उनले भने ।

कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका विराट व्यक्तित्व बीपी कोइरालासँग आफ्नो सम्बन्ध ईश्वर र भक्तको जस्तो रहेको बताए । उनले बीपी कोइरालालाई नेपालको राजनीतिका विराट व्यक्तित्वका रूपमा स्मरण गरे ।

श्याम बहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मदन कृष्ण श्रेष्ठ, कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, कांग्रेस नेता कविर राणा लगायतले स्वर्गीय श्यामबहादुर कार्कीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । सुर्यविनायक नगरपालिका–२ का वडाअध्यक्ष प्रदिप कार्कीले सञ्चालन गरेको कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री शुरेस श्रेष्ठ, लगायतका राजनीतिककर्मीको सहभागिता रहेको थियो ।

सोही अवसरमा प्रतिष्ठानले भक्तपुर रेडक्रससंगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्कीका अनुसार, समृति दिवसकै अवसरमा स्थानीय गंगेश आधारभुत विद्यालयका सबै बिद्यार्थीलाई स्कूल व्याग, स्टेसनरी र खेलकुद सामाग्री प्रदान गरिएको थियो । प्रतिष्ठानले वर्षेनी यस किसिमको कार्यक्रम गर्दै आएको अध्यक्ष कार्कीले बताए ।

 

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा,
भक्तपुर, २८ असार ः भक्तपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज मध्यपुरथिमिमा आयोजना गरेको घोषणा कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताउदै अब प्रदेश सरकारले उपचारभन्दा रोग लाग्नै नदिने नीतिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरेको बताउनुभयो ।
मन्त्री थापाले भक्तपुर अस्पतालमा मुटुरोग सेवा बिस्तार गरेको, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट छुट्याएको बताउनुभयो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयकी सचिव दुवै भक्तपुरसँग जोडिएकाले जिल्लालाई स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्र बनाउने कामले गति लिएको बताउनुभयो । भक्तपुर अस्पतालले मुलुकभरकै उत्कृष्ट अस्पतालमध्ये एकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनुभयो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणाले हरेक वर्ष बाल मृत्युदरमा करिब ८० प्रतिशतले घटेको बताउदै यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले जिल्लामा ० देखि १६ महिनासम्मका ५ हजार ५० बालबालिकाले, १६ देखि २३ महिनासम्मका ५ हजार ६८४ बालबालिका गरि कूल १० हजार ७३४ बालबालिकाले आवश्यक सबै खोप पूर्ण रुपमा प्राप्त गरेको बताउनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई नयाँ जिम्मेवारीको सुरुआत भएको बताउँदै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत यसको दिगोपना कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य मन्त्री थापाले सम्मान गर्नुभयो ।–––
सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा : बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले एउटा इँटा थपिएको छ : नगर प्रमुख वासुदेव थापा
भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान अन्तर्गत आज सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ ।
आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका वडा नं. ८ डोलेश्वर मन्दिर प्राङ्गनमा आयोजित कार्यक्रममा कार्यक्रमको उद्घाटन गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरि प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
नगर प्रमुख वासुदेव थापाले   वडा नं. १ देखि वडा नं. ८ सम्मलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने क्रममा मंगलबार वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै  बालमैत्री व्यबहार सम्बृद्ध नगरपालिकाको आधार भन्ने नारालाई सफल बनाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “हाम्रो भविश्य बालबालिका हुन्, उनीहरुको भविश्व बनाउन सके देशको भविश्य बन्छ, देशभरका ७५३ पालिका मध्ये सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणामा अगाडि रहेको छ । हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई पुरा गर्दै नेपाल सरकारको निर्ण अनुसार सरकारले निर्धारण गरेको ५१ वटा सूचक र स्थानीय तहको १ गरि ५२ वटा सूचक पुरा गरेर घोषणा गरेका हौं ।”
उहाँले तीन वर्ष अगाडि नै नगरपालिकाले सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गर्दै निर्देशिका र कार्यबिधि बनाएर तीन वर्षको अथक प्रयासले सबै वडामा बाल समिति गठन गर्दै सबै प्रक्रिया पुरा गरेको बताउनुभयो ।
सूर्यविनायकको सबै वडामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले एउटा इँटा थपिएको बताउदै उहाँले यसलाई दिगोपनाका लागि नगरपालिकाले थप जिम्मेवारी निर्वाह गर्ने र यसका लागि सबै नागरिक समाजको सहयोग हुने विश्वास रहेको उहाँले बताउनुभयो ।
नगर प्रमुख वासुदेव थापाले भन्नुभयो, “नौ वर्ष मेरो नेतृत्वमा नगरपालिकाको विकासमा समय व्यतित भयो, अब ११ महिना मेरो कार्यकाल बाँकी छ, त्यो कार्यकालमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणालाई दिगोपना दिन लाग्नेछौं, हामी भन्दा माथि उठेर कुनै काम गर्दैनौ, संविधान भित्र रहेर नगरपालिकाको विकास र नगरवासीका समृद्धका लागि काम गर्नेछौं ।”
सम्पूर्ण रुपमा बाल अधिकारको संरक्षण गर्दै बालमैत्री शासन सूर्यविनायकमा व्यबहारिक रुपमा लागू भएको भन्दै उहाँले जेष्ठ नागरिक मैत्री नगरपालिका समेत व्यबहारिक रुपमा लागू भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सूर्यविनायक अब बालमैत्री मात्रै नभई जेष्ठ नागरिक मैत्री नगरपालिका पनि हो, यस नगरपालिकामा कोही पनि जेष्ठ नागरिकलाई परिवारबाट अपहेलना भएमा त्यस्ता परिवारलाई नगरपालिकाबाट दिने सेवा रोक्ने र कानूनी कारबाहीलाई अगाडि बढाउने नीति लिएका छौ, यस नगरपालिकामा कोही पनि जेष्ठ नागरिक अधिकारबाट बञ्चित हुनु पर्दैन ।”
नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा सम्पन्न भएसंगै यसलाई दिगोपनाका लागि नगरपालिकाले आगामी आथिएक वर्षका लागि पनि बजेटको ब्यबस्था गरेको बताउनुभयो ।
उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कुनै सहज नभएको बताउँदै यसमा धेरैको सहयोग र अथक प्रयासले सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानवीय विकासको सुरुवात बालबालिकाको जन्मदेखि नै हुन्छ, उनीहरुको अधिकार सुरक्षित गर्नु घर, परिवार र सरकारको जिम्मवारी हो, सरकारका जिम्मेवारी हामी पुरा गरिरहेका छौं ।”
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेसंगै यसलाई दिगोपना दिने जिम्मेवारी सबैको काँधमा आएको बताउदै उहाँले यसका लागि सबैले साझ प्रतिबद्धता गरेर जिम्मेवारी निर्वाह गर्नु पर्ने बताउनुभयो ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पुरा गरेसंगै नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको नगर प्रमुख थापाले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बालमैत्री स्थानीय शासनयुक्त वडा तथा पालिका घोषणा गर्ने नगर प्रमुखको सपना साकार भएको र नगरपालिकाको घोषणाको तयारीमा पुगेको बताउनु भयो । उहाँले एउटा हिन्दी फिल्मको उदाहरण दिदै बालबालिकाको अधिकार घरबाटै सुनिश्चित हुनु पर्ने औल्याउनु भयो ।
आचार्यले भन्नुभयो, “औलामा गन्न सकिने स्थानीय तह मात्रै बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । हाम्रो नगरपालिकाले घोषणाको चरण पार गरेको छ । मेयसको सपना साकार भएको छ, बालबालिकाको भविश्य र जिम्मेवारीलाई उहाँले महत्व दिनुभयो र यो अभियान सञ्चालन भयो । यो अभियान यही सकिएको छैन, यसको दिगोपन भयो कि भएन, घरघरमा बालअधिकारको सुनिश्चितता छ कि छैन, हामी दिगोपनाको लाग अनुगमनदेखि कार्यक्रमलाई निरन्तरता दिन्छौं ।”
नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले नगर प्रमुख वासुदेव थापाको २०७४ बाट सुरु भएको पहिलो कार्यकाल भौतिक पूर्वाधार निर्माण तथा विकासमा लगाएको र दोश्रो कार्यकाल त्यसका साथै मानवीय विकासमा सक्रिय भएर लागेको बताउनुभयो ।  मानवीय विकासको नमूनाको रुपमा बालमैत्री, महिलामैत्री, जेष्ठ नागरिक मैत्री नगरपालिका र सेवा प्रवाह अगाडि बढिरहेको बताउदै उहाँले तीन वर्ष भित्र नगरपालिकालाई बालमैत्री स्थानीइ शासन युक्त घोषणा अभियान अन्नतः सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भोलीको भविश्यको रुपमा रहेको बालबालिकालाई सक्षम राष्ट्रप्रेमी नागरिक बनाउन बालबालिका माथि सरकारको पनि लगानी लगाउनु पर्छ भनेर तीन वर्षदेखि कार्य योजना बनाएर वडा वडामा बिज्ञ समूहबाट प्रत्येक घरघरमा अनुगमन गरि ५२ वटा सूचक पुरा गरि जिल्ला समन्वय समितिले समेत प्रक्रिया पुरा गरि अनुमति प्राप्त गरेपछि मात्रै घोषणा अभियान सुरु गरेका हौं ।”
दिगो विकास, व्यबस्थित सहरको नाराका साथ अगाडि बढेको नगरपालिकाले दिगो विकासमा महत्वपूर्ण काम गरेको चर्चा गर्दै उहाँले बाल बचाउँका १४ वटा सेक्टर पार गर्दै अभियान सञ्चालन गरेको बताउनुभयो ।  उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा चिया पसलमा बसेर नकारात्मक टिप्पणी गर्ने र सामाजिक सञ्जालबाट भ्रम छर्न खोज्नेले नगरपालिका भित्र रहेका ३५ हजार बालबालिकाको बचाउ र अधिकारमाथि अपमान गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक सभापति सुजाता बाडे बैधले बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेर नगरपालिकाले बालअधिकारको सुनिश्चित गरेको बताउनुभयो ।  कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा मिश्रले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका क्रममा पार गरेका बिभिन्न चरणहरुको प्रस्तुती दिनु भएको थियो ।
कार्यक्रमका सभापति एवं वडा अध्यक्ष पुष्पराज बस्नेतले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले बालबालिकाको भविश्य र बाल अधिकार सुनिश्चित भएको बताउदै यसलाई दिगोपनाको लागि नगरपालिकासंगै सबै जुट्नु पर्ने औल्याउनुभयो ।
घोषणालाई दिगोपना दिन नगरपालिकामा बाल अधिकार संरषण गर्ने, बालबालिकालाई बस्न लायक र बाल मत्री बनाउनका लागि सबैबाट आएको एक्यबद्धता सकारात्मक भएको भन्दै यसको दिगोपनाका लागि सबैले हस्ताक्षर र प्रतिबद्धता जनाउनु पर्ने बताउनुभयो ।
वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “आजका बालबालिका हाम्रो भविश्य हो, नगरपालिकाको भविश्य हो, यो देशको भविश्य हो, नगरपालिकाको लगानी १०० वर्षसम्म पनि देखिने गरि गरेका छौं ।” कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पुर्याउने बिभिन्न संघ संस्थाहरुलाई सम्मान गर्नुका साथै बालबालिकाहरुले बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।