भक्तपुर, ३ असार । देशमा सत्ता पक्ष र प्रतिपक्षको वाक युद्ध चलिरहेकै बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन आज दुई मन्त्री बालकोट स्थित उहाँकै निवासमा पुगेका छन् ।

संसदमा समेत सत्ता पक्ष र प्रतिपक्षबीच बिभिन्न विषयमा जुहारी चलिरहेकै बेलामा एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला साँझ बालकोटस्थित ओली निवासमा पुग्नुो हो ।

बालकोटस्थित ओली निवासमा ४ बजेर १७ मिनेटमा कानून मन्त्री कोइराला पुग्नु भएपछि सुरुमा एमाले अध्यक्ष ओली र मन्त्री कोइरालाबीच भेटवार्ता भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

उहाँहरुको भेटको बीचमा साँझ ५ बजेर १७ मिनेटमा गृहमन्त्री खाँण ओली निवास बालकोट पुग्नु भएको थियो । भेटवार्ता सकेर दुई मन्त्री ओली निवासबाट साँझ ६ बजेर ४५ मिनेटमा बाहिरिनु भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संसदमा विचाराधीन विधेयकहरूकोबारेमा ओलीसँग छलफल गर्न दुई मन्त्री बालकोट पुग्नु भएको बताइएको छ ।

भेटमा मुख्य गरि संसदमा रहेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकता विधेयश संसदबाट पारित गर्न एमालेको सहयोग गर्नेबारे छलफल भएको बताइएको छ ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0