भक्तपुर, २९ जेठ । मध्यपुरथिमि नगरपालिका–८ बोडेकास्थानीय ५१ वर्षीय कल्याण साहुको हत्या गरिएको अबस्थामा जेठ २९ गते घर नजिकै टहरामा शव भेटिएको छ ।

काठको फर्माले हानेर हत्या गरेको अबस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा साहुको शव घोप्टो परेको अबस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो । घट्ना परिवारबाट भएको हो वा अन्यबाट भन्ने अनुसन्धान भइरहेको जानकारी उहाँले दिनु भयो ।

प्रहरीले घट्नास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको जानकारी दिदै उहाँले हत्या आशंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । प्रहरीले शव पोष्ट मार्डमका लागि शिक्षण अस्पताल दुवाकोट पठाएर अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0