भक्तपुर, ११ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दर्ता गर्ने आज पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले नगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका चार वटा नगरपालिकाहरुमा ११ जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्कोटाले जानकारी दिनु भयो ।

भक्तपुर नगरपालिकाको लागि तीन जना प्रमुख, एक जना उपप्रमुख र ८ जनाले वडाअध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन भने मध्यपुरथिमि नगरपालिकाको प्रमुखका लागि चार जनाले प्रमुखमा, एक जनाले उपप्रमुखमा, एक जनाले वडाध्यक्ष र दुई जनाले सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन ।

यसैगरी चाँगुनारायण नगरपालिकामा दुई प्रमुख, एक उपप्रमुख, दुई वडाध्यक्ष र सुर्यविनायक नगरपालिकामा दुई प्रमुख तथा दुई वडाध्यक्षले उम्मेदवारी दर्ता गराएको उहाँले जानकारी दिनु भयो । स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा ६ राष्ट्रिय दल र अन्य २८ दल सहित ३४ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0