नेमकिपाका प्रेम सुवाललाई पाँच हजार २८९ मतान्तरले पछाडि पार्दै विजयी भए रास्वपाका रुकेश रंजित, भक्तपुरमा रचेँ पहिलो ईतिहास
भक्तपुर, २३ फागुन : भक्तपुरको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मदवार रुकेश रंजित विजयी हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी हुनु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अिधकारी भिम विसीले जानकारी दिनुभयो ।
रंजितका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गर्नु भएको छ । यसअघिको निर्वाचनमा ३२ हजार मतान्तरले विजयी हासिल गर्नु भएको प्रेम सुवालले यस पटकको निर्वाचनमा भने ५ हजार २८९ मतान्तरले पछाडि पर्नु भएको हो ।
२०४८ सालदेखि आफ्नो विरासतको रुपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा यस पटक भने परिणाम फेरिएको छ । रास्वपाका रंजितले ३५ वर्षदेखि भक्तपुरमा एकछत्र राज गर्दै आएको नेमकिपाको बिरासत भत्काएर ऐतिहासिकता रचेका छन् ।
अन्तिम नतिजा आएपछि रास्वपाका रंजितले भन्नुभयो, “हामी भक्तपुर नगरपालिकाका बासिन्दा यहाँ भित्रको अबस्था हामीले भोगेका छौं, यहाँ भित्रको जटिल अबस्थालाई परिवर्तन गर्न मेरो बुबाले ठूलो संघर्ष गर्नु भएको छ, उहाँको त्याग र बलिदानलाई यतिखेर सम्झन चाहन्छु, मेरो बुबाको सपना साकार भएको छ, अब भक्तपुरका जनता उकुसमुकुस भएर स्वतन्त्र हुनुभएको छ ।’
नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ र नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गर्नु भएको जानकारी दिनुभयो । आजै समानुपातिकको मत गणना सुरु गरिने सूचना अधिकारी विसीले जानकारी दिनुभयो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
