भक्तपुर, ३० जेठ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतले भक्तपुरको बिकासमा वर्तमान् सरकारको बक्रदृष्टि परेको बताउनु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरमा आज आयोजना गरेको सपथ ग्रहण एवं बधाई कार्यक्रममा बोल्दै उहाँले विगतका वर्षहरुमा भक्तपुरमा आएका बजेट र योजना वर्तमान् शेरबहादुर देउवा नेतृत्व सरकारले काटेको बताउनु भयो ।

उहाँले सरकारले आगामी आ.ब.का लाीग ल्याएको बजेटमा समेत भक्तपुरका धेरै नियमित बिकासका योजना र बजेट काटेर सरकारले भक्तपुरलाई हेर्न बक्रदेष्टि प्रयोग गरेको बताउनु भएको हो ।

ओली नेतृत्व सरकारमा विनियोजन भएको बजेट र आयोजनाको चर्चा गर्दै उहाँले भन्नुभयो, “संघबाट बजेट आएर बन्न नसकेको हनुमन्ते कोरिडोर, मनोहरा कोरिडोर, गठ्ठाघरको पाँच हजार क्षमताको सभा हल, सूर्यविनायकको प्राणी उद्यान, दुई वटा डिपिआर सम्पन्न भएका स्मार्ट सिटी , अर्को डिपिआर बन्दै गरेको स्मार्ट सिटी, बजेट विनियोजन भएर टेण्डर गर्न नसकेको सूर्यविनायक धुलिखेल सडक खण्ड, नौ अर्ब बजेटको सुनिश्चता गरेर अघिल्लो चालू आ.ब.मा रु. २ अर्ब बजेट तोकिएको त्यस सडक निर्माणका लागि टेण्डर गर्ने कुरामा जिससको समन्वय गर्दै आयोजना पुरा गर्न पहल कदमी पुग्नु आवश्यक छ ।”

दुवाकोटमा वीर अस्पतालको भवन निर्माणमा २ अर्ब, सडक निर्माणमा एक अर्ब गरि रु.३ अर्ब बजेट विनियोजना भएको तर त्यसलाई व्यबस्थित गर्न नसकेको उहाँको गुनासो छ । निजी क्षेत्रले सञ्चालन गरेको क्यान्सर अस्पताललाई सरकारीकरण गरेर क्यान्सर सेन्टरको बनाउन ओली नेतृत्व सरकारले २ अर्ब बजेट छुट्याएको र त्यसको लागि जग्गाको खोजी भए पनि अगाडि बढाउन नसकेको बताउनु भयो ।

उहाँले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नगर विकासलगायतका जिल्लाका ६ वटा सरकारी कार्यालयहरु निर्माण गर्न भन्दै जगातीस्थित इँटा टायल कारखानाले ओगटेको २५ रोपनी जग्गामा आयोजना अगाडि बढाउन पुर्ननिर्माण प्राधिकरणले रु.२ अर्ब बजेटको व्यबस्था गरे पनि असार मसान्त आउन लागिसक्दा पनि टेण्डर हुन नसक्नु दुर्भाग्यको कुरा भएको बताउनु भयो ।

इँटा टायल कारखानाले ओगटेको जमिनमा सहमति लिन उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाउँदा पनि अर्थले बेवास्ता गरेको भन्दै उहाँले यी दुई मन्त्रालयबीचको सहमति नबन्दा र अर्थ मन्त्रालयले जग्गाको स्वामित्व दिन नमान्दा यो दायित्व जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सूर्यविनायक नगरपालिका, प्रहरी परिसरले लिएर आयोजना सम्पन्न गर्न गराउन पहल गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

उहाँले हेर्दाहेर्दै एक महिना भित्र भक्तपुरमा आएको २ अर्ब रुपैयाँ ल्याप्स भयो भने त्यो सिंगो भक्तपुरकै लागि बिडम्बना हुने बताउनु भयो ।
पूर्वमन्त्री एवं सांसद बस्नेतले भन्नुभयो, “यसअघि स्मार्ट सिटिलाई १÷१ अर्ब गरि २ अर्ब बजेट छुटिएको थियो, यसवर्ष रातो किताबलाई हेर्दा भक्तपुरलाई हेर्ने सरकारको बक्रदृष्टि परेको छ, विगतमा भएका धेरै योजनाको अहिलेको बजेटमा काटिएको छ ।”

उहाँले डोलिडारको अफिस खारेज भएको भन्दै ओली नेतृत्व सरकारको पालामा ४० करोडको बजेट विनियोजन भई सुरु भएको बालकुमारी रानीकोट पनौती २१ किमि सडक निर्माणको काम भइरहेको अबस्थामा वर्तमान शेरबहादुर देउवा नेतृत्व सरकारले ल्याएको यसपालीको बजेटमा यसलाई हटाएको बताउनु भयो ।

अहिलेको सरकारले निर्माण भइरहेको डोलेश्वर पलासँे सडकको बजेट हराएको, वागेश्वरी हेल्थ पोष्टको जाने सडक, वागेश्वरी हेल्थ पोष्टबाट जाने सडक, सुडाल गोसंपुलबाट अगाडि जाने सडकको बजेट हराएको भन्दै उहाँले डोलीडारले विगतमा गरेको महत्वपूर्ण पाँच वटा सडकको बजेट यसपाली सरकारले काटि दिएको बताउनु भयो ।

त्यसैगरि विश्व बैंक र एशिलायी बिकास बैंकको सहयोगमा भक्तपुरका पाँच वटा महत्वपूर्ण सडक प्रस्ताव गरेको बताउदै नेता बस्नेतले भन्नुभयो, “थानकोट भक्तपुर प्रशारण लाइन २० मिटरका चौडा सडक, सिरुटारदेखि झौखेलसम्मको उत्तर दक्षिण जोडेने बिशेष गरि महत्वपूर्ण सडकको रुपमा डिपिआर गरेको, खिम्ती जलविद्युत परियोजना र सुनकोशी जलविद्युत परियोजनाबाट सूर्यविनायक र मध्यपुर, चाँगनाुरायण र मध्यपुर गरि दुई वटा भूभागलाई समेट्ने गरि २० मिटर चौडाको सडकको डिपिआर सम्पन्न गरेको, गुण्डुको तारकेश्वरदेखि घ्याम्पे डाँडा र नैचाल काक्राबारी हँुदै पलासे सडक, चाँगुनारायण फास्ट ट्रयाक सडक निर्माण गर्ने योजना थियो, त्यो सडक अहिले प्रदेशमा पठाइयो भन्ने सुनेको छु, प्रदेशमा पनि हराउने अबस्था छ ।”

प्रदेश सरकारका कर्मचारीहरुका अनुसार भक्तपुरका फाइल अहिले घोप्ट्याएर राखिएको बताउदै बिकास योजनामा पूर्वाग्रह राखेर हामीले ल्याएको बजेट र आयेनजना हराउने अबस्था आउँदा अब भक्तपुर बिकासमा पछाडि परेको भान भएको बताउनु भयो ।
भक्तपुरको बिकास गर्न सबै राजनीतिक दलहरु मिलेर बजेट ल्याउन लाग्नु पर्छ भन्दै उहाँले यसका लागि जिससले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । संघीय सांसदको भूमिकाले बिधि र कानून निर्माण मात्रै नभई विकास निर्माणको पहल पनि गर्ने प्रतिबद्धता कार्यक्रममा उहाँले व्यक्त गर्नु भयो ।

सांसदले बिकासमा पहल नगर्ने हो भने बिकासको गति अगाडि बढ्दैन भन्दै उहाँले हामीले बिकास गर्न सक्छौ कि सक्दैनौ, भन्दा पनि बजेट ल्याएर बिकासका गतिबिधिलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । जिल्लाका स्थानीय तह र दलहरुबीचको समझदारी बनाउने काममा जिल्ला समन्वय समितिले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले अहिले संविधानले दिएको अधिकार प्रयोग गर्दै समन्वय गर्ने, अुनगमन गर्ने, क्षमताको अभिबृद्धि गर्ने लगायतको अधिकारलाई सही ढंगले सदुपयोग गर्न उहाँले जिसस पदाधिकारीलाई आग्रह गर्नु भयो ।

संविधान निर्माण गर्दानै तीन तहको सरकार बनाउन दलहरुबीच सहमति बने पछि जिल्ला तहको कुनै संरचना बनाउने नि कि नबनाउने भन्नेमा लामो बहस चलेर सहमतिमै संविधानमा जिससको परिकल्पना गरेको भन्दै उहाँले जिल्लाको निर्वाचन क्षेत्र, नगरपालिका भनिरहदाँ संबिधान र कानूनले जिससलाई तहको रुपमा स्वीकार नगरे पनि यसलाई संघ, प्रदेश र स्थानीय पछिको चौथो तहको सरकारको रुपमा लिन सकिने बताउनु भयो । पूर्वमन्त्रीसमेत रहनु भएका सांसद बस्नेतले जिससलाई अस्विकार गर्ने प्रबृत्ति पनि देखिएको भन्दै यस्तो प्रबृत्तिलाई दलहरुले सच्याउनु जानु पर्नेमा जोड दिनु भयो ।

तीन वर्ष अगाडि हनुमन्तेमा बाढी आउँदा भौतिक र मानवीय क्षति हुनबाट रोक्न जिल्ला प्रशासन कार्यालय र प्रहरीले खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँले विपद व्यबस्थापनमा सबभन्दा बढी तयारी गर्ने जिल्ला सम्भवत भक्तपुर नै रहेको चर्चा गर्नु भयो ।
यहाँका उद्योग व्यवसायीहरुसँग चन्दा उठाएर करिब रु.२४ लाख संकलन गरेर प्राकृतिक प्रकोपसँग सबिन्धत उद्धार सामाग्रीहरु खरिद गरि सूर्यविनायकस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको बताउदै उहाँले अरनिको राजमार्गमा दुर्घटना नियन्त्रणका लागि यहाँका व्यवसायीहरुले रु. ७३ लाख भन्दा बढी पैसा उठाएर सीसी क्यारमेरा राख्ने काम गरेको बताउनु भयो ।

उहाँले १०० हप्तासम्म हनुमन्ते सफाई अभियान, अरनिको राजमार्ग सफाई अभियान चलाएको स्मरण गर्दै उज्यालो भक्तपुर, सडकको सौन्दर्यता बिकास गर्ने काम गरेको बताउदै जिल्लाको बिकासमा यसअघि पनि जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । विगत पाँच वर्षलाई सम्झदा भक्तपुरको सन्दर्भमा जिससले हरेक विषयमा महत्वपूर्ण काम गरेको चर्चा गर्दै यो पाँच वर्ष बिकासको दृष्टिकोणले धेरै बजेट ल्याउन सफल भएको र चालू आयोजना धेरै अगाडि बढेको बताउनु भयो ।

जिल्लाको बिकासमा संघ र प्रदेशबाट आएको बजेटलाई उचित व्यबस्थापन गरेको भन्दै उहाँले त्यसको अनुगमनको क्षेत्रमा समेत जिससले राम्रो र महत्वपूर्ण भूमिका निर्वाह गर्दैनिर्देशिका जारी गरेको, प्राकृतिक श्रोत साधनमा उपयोगका लागि निर्देशिका जारी गरेको बताउनु भयो ।

जिससले आफ्नो बजेटलाई सही ढंगले प्रयोग गरेको बताउदै एमालेका युवा नेता बस्नेतले भन्नुभयो, “सूर्यविनायक नगरपालिकाको भवन बनाउन ३ करोड, चाँगुनारायण नगरको भवन निर्माण गर्न ३ करोड, शिक्षाको आयोजना पुरा गर्न, स्वास्थ्यका आयोजना, वडाका कार्यालय निर्माण गर्न जिससले २८ करोड भन्दा बढी बजेट विनियोजना गरको छ । भक्तपुरका सबै राजनीतिक दलले जिल्ला समन्वय समितिप्रति कारात्मक भूमिका खेल्दै आएको छ ।”

दलहरुबीचको समझदारी बनाउने काममा पनि जिससले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिदै उहाँले अरनिको हाइवे सुरक्षित राख्न, हनुमन्ते सफाई अगाडि बढाउन, चारवटै नगरपालिकासँग समन्वय गर्न जिससको भूमिका हुनु पर्ने बताउनु भयो । जिससका नवनिर्वाचित सबैलाई सल्लाह गरेर, मिलेर बिकासको काम गरौ । बिकासमा आग्रह पूर्वाग्रह नराखौ उहाँले भन्नुभयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0