विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयो
विश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । यस बर्षको विश्व मृगौला दिवस यहि मिति २०८२ फागुन २८ गते विहिबार “Kidney Health for All – Caring for People, Protecting the Planet” भन्ने मुल नाराको साथ विभिन्न कार्यक्रम गरी मनाइयो ।
एक अध्ययनका अनुसार प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवसको आयोजना गर्ने गरिन्छ ।
यसै क्रमलाई निरन्तरता दिँदै यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द भक्तपुरको आयोजनामा विहान ८ः३० बजे (मृर्गौला पदयात्रा Kidney Walk, धिमे बाजा, ब्यानर र प्ले कार्ड समेतको –याली ) यस केन्द्रबाट शुरु भइ नपुखु हुँदै भक्तपुर दरवार स्क्वायर – साकोठा – टौमडी – पोटरी स्क्वायर – नासमना – बंशगोपाल – तेखापुखु – भार्वाचो – भक्तपुर मिनि बस पार्क हुँदै पुनः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा आई व्यब्यताका साथ सम्पन्न भएको थियो ।

विश्व मृर्गौला दिवसको उपलक्ष्यमा आयोजित औपचारिक कार्यक्रमको प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतम हुनुहुन्थ्यो भने उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशिष्ट व्यक्तित्वहरु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य अस्पतालबाट पाल्नु भएका प्रत्यारोपण क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरु, विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु, अङ्ग फेल भएका विरामी तथा प्रत्यारोपित लगायत अन्य सर्वसाधारण सहित करीब ६०० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले मृगौला उपचारको क्षेत्रमा यो केन्द्र देशकै नमुना केन्द्रको रुपमा स्थापित भई हाल सम्म १५८६ जनाको मृर्गौला ३६ जनाको कलेजो र दैनिक १५० को हाराहारीमा डाइलाइसिस सेवा उपलब्ध हुने गरेको कुरा जानकारी गराउँदै केन्द्र अत्यन्त साँघुरो स्थानबाट सञ्चालन हुँदा केन्द्रको सेवा विस्तार गर्न नसिकएको हुँदा यथाशक्य केन्द्रलाई उचित स्थानमा जग्गा उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध गर्नु भयो ।
मानब अंग प्रत्यारोपण विकास समतिकिा अध्यक्ष डा केशर बहादुर ढकालले यस केन्द्रलाई विशिष्टीकृत केन्द्रको रुपमा विस्तार गरी ऋभलतभच या भ्हअभििभलअभ को रुपमा विस्तार गर्न आफुले सक्दो सहयोग गर्ने कुरा बताउनु भयो ।
प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्माले आफू स्वास्थ्य सचिव हुँदा यस केन्द्रको परिकल्पना गरेको कुरा स्मरण गदै राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको सह्राना गर्नु भयो र स्वास्थ्य क्षेत्रको विकास र विरामीको उपचारमा अस्पतालहरुले गरेको सेवा सर्वसाधारणको सहज उपलब्धता हुनु पर्ने हुँदा केन्द्रको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन आफू पदमा रहँदा वा नरहँदा पनि सधै पहल गर्ने कुरा बताउनु भयो ।
यसै कार्यक्रममा संबोधन गर्नु हुँदै विभिन्न अतिथिहरुले यस्ता प्रकारका जनचेतनमूलक कार्यक्रमले मृगौला रोगको बारेमा सर्वसाधारणमा प्रभावकारी भूमिका निर्वाह गर्ने र यस्तो प्रकारको अभियानमा सधै साथ दिएको र आगामी दिनमा पनि केन्द्रको उन्नती र प्रगतिमा साथ र सहयोग पु¥याउने कुरा बताउनु भयो ।
अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने कार्यमा साथै अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना विभिन्न कार्यक्रम सहित उक्त कार्यक्रम समापन गरिएको थियो ।
