भक्तपुर । आफ्नै आमाको आर्शिवाद लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार श्रीभक्त कासिछ्वालाई मतदाताले साथ दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका श्रीभक्तलाई आमाको आर्शिवाद, मतदाताको साथ रहेको छ ।

आमा लक्ष्मीकुमारी कासिछ्वाले टीका खादा लगाएर दहीका सुगन खुवाएर नेपालको झण्डा हातमा दिएर नेपालको शिर उच्च राख्ने काम गर्न विजयीको आर्शिवाद दिदै चुनावी अभियान सुरु गरेका श्रीभक्तको चर्चा चुनावी क्षेत्रमा निकै बढेको छ ।

आमाको आर्शिवाद पाएका श्रीभक्त कासिछ्वाले आफ्नो निर्वाचन प्रचार प्रसारलाई तिब्र पार्दै शनिवार चाँगुनारायण नगरपालिका ४ छालिङ्ग पकानेपाटीमा निर्वाचन परिचालक कमिटीको कार्यालय समेत सञ्चालनमा ल्याएको छन् । उक्त कार्यालयको आमा लक्ष्मीकुमारीले उद्घाटन गर्दै चाँगुनारायणको बिकास गर्न र देशको शीर उच्च राख्न विजयीको आर्शिवाद दिइन् ।

जेब्रा चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका कासिछ्वाले भक्तपुरमा पिछडिएको क्षेत्र चाँगुनारायणको समग्र बिकास गर्न, यहाँको सडक, खानेपानी, ढल, सिंचाई, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकास गर्ने कसम खाएर चुनाबमा आएको बताए ।

यस क्षेत्रलाई खेलकुदको हव बनाउने उदेश्य समेत रहेको कासिछ्वाले बताए । कासिछ्वाले प्रदेश सभामा आफ्नो विजयसँगै व्यक्तिगत रुपमा आमाको नाममा वर्षको रु. २० लाखको कोष स्थापना गरेर यहाँको बिकास र गरिब जनताको आयस्तर उठाउने काममा लगाउने बताए ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0