भक्तपुर, २७ बैशाख । चाँगुनारायण नगरपालिकाले विगत पाँच वर्षमा विकासमा फड्को मारेको छ । नेकपा एमालेले स्थानीय तहको नेतृत्व लिए पछि नगरको समग्र क्षेत्रको विकास गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित मेयर सोम प्रसाद मिश्र, उपमेयरमा बिना वास्तोलासहितका जनप्रतिनिधि आए पछि सुरु भएको विकासको कामले तिब्रता पाएको नगर प्रमुख सोम मिश्रले बताए ।
नगरपालिकाले बिभिन्न क्षेत्रमा नमूनाको काम गरेर भौतिक संरचनादेखि मानवीय संरचनासम्मको विकास गरेको उहाँले जानकारी दिनु भयो ।

     मेयर सोम प्रसाद मिश्रको नेतृत्व यस्ता भए बिकासको काम :

शिक्षा तर्फ बचत खाता छोरीको सुरक्षा जिवन भरिको, ५ देखि १४ वर्षका बालबालिका शतप्रतिशत विद्यालय भर्ना, स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन, विषयगत क्षमता अभिवृद्धि तालिम, एकिकृत परीक्षा प्रणाली, पहिलो वर्षनै शिक्षा ऐन नियमावली निर्माण कार्यान्वयन, ४५ वटा विद्यालय भवन निर्माण, दशकौँदेखि गिजोलिएको दरबन्दी मिलान सम्पन्न, ९ जनालाई पूर्ण, ४ जनालाई ५० प्रतिशत र ५ जनालाई पूर्ण छात्रबृत्तिमा इन्जिनियरिङ्ग र एमबिबिएसमा ३ जनालाई ५० प्रतिशत छात्रबृत्ती, विद्यालयहरुमा पुस्तकालय आईीसट तथा साइन्स ल्याबको व्यवस्थापन र शिक्षक गोल्डेन ह्याण्सेक कार्यक्रम लागू गरेको मेयर मिश्रले बताउनु भयो ।

त्यस्तै स्वास्थ्य तर्फ एक वडा एक स्वास्थ्य चौकी निर्माण सम्पन्न, एक वडा एक एम्बुलेन्स कार्यक्रम संचालन, मेडिकल अक्सिजन प्लान्ट सहितको १७ शैयाको चाँगुनारायण अस्पताल स्थापना एवं संचालन, जनता स्वास्थ्य बिमा कार्यक्रम, बर्थिङ्ग सेन्टर र सुत्केरी सुविधा, पूर्ण खोप (बालबालिकाको लागि) सुनिश्चित नगरपालिका घोषणा, कोभिड १९ बिरुद्धको सतप्रतिशत खोप लगाइएको, चार वटा स्वास्थ्य संस्थामा अत्याधुनिक ल्याबको स्थापना एवं संचालन गरिएको छ ।

कृषि तथा पशु विकासतर्फ ५० प्रतिशत, अनुदानमा बिउ वितरण, ५० प्रतिशत कृषि यन्त्र तथा उपकरण वितरण, ५० प्रतिशत अनुदानमा कृषि चुन÷प्लाष्टिक सिट वितरण, पशुरोग विरुद्धको भ्याक्सिन, उन्नत जातको बोल तथा गाई वितरण कार्यक्रम, पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधारण व्यवस्था गरिएको छ । खानेपानी तथा ढलतर्फ १२ हजार घरधुरीमा एक घर एक धारा जडान सम्पन्न गरिएको, १४ वटा ओभरहेड ट्यांकी निर्माण, ११ डिपबोरिङ्ग योजना सम्पन्न गरिएको, ७ वटा योजना डिपिआर सम्पन्न गरिएको मेयर मिश्रले बताउनु भयो ।

त्यसैगरि फोहोरमैला व्यवस्थापन एवं सरसफाई तर्फ पूर्ण सरसफाईयुक्त नगरपालिका रणनिति योजना निर्माण र कार्यान्वयनको तयारी, सार्वजानिक शौचालयको चाँगुनारायण मोडल तयार एवं संचालन गरिएको छ । पर्यटन पूर्वाधार विकास तथा प्रर्वद्धनतर्फ चाँगुनारायण हजार सिंढी निर्माण, पदमार्ग ४.२ कि.मि (ँययत त्चबष्)ि निर्माण, मुहान पोखरीदेखि नगरकोट देउरालीसम्मको पर्यटन क्षेत्रमा सडक बत्ती जडान, हरिगुरु पार्क र भट्टेडाँडा पार्क डिपिआर तयार भई कार्य आरम्भ, बागेश्वरीको मजुवा र चाँगुनारायण नगरपालिकामा एक एक वटा होमस्टे संचालन गरिएको छ ।

नगरपालिकाले विगत पाँच वर्षमा सडक तथा यातायाततर्फ २३ कि.मि कालोपत्रे सडक रहेकोमा ५६ किमि सडक कालोपत्रे गरिएको, उज्यालो चाँगुनारायण नगरपालिका अन्तरगत १५०० सडक बत्ति जडान गरिएको, सडक नयाँ ट्रयाक १९.४४ किमि ग्राभेल गरिएको, २८.६५ किमि सडक ढलान गरिएको, थप ६.३१ कि.मि सडक तयार भएको र चाँगुनारायण द्रुतमार्ग सहित २३ वटा ग्रामिण सडकहरुको डिपिआर तयार गरिएको मेयर मिश्रले जानकारी दिनु भयो ।

युवा तथा खेलकुदतर्फ नगरपालिकाले फुटवल रंगशाला, चाँगुनारायण ४ मा एन्फा फुटबल प्रशिक्षण केन्द्र, क्रिकेट रंगशाला, नेपालकै पहिलो रग्बी रंगशाला निर्माणको थालनी, मेयर उद्धमशीलता कार्यक्रम मार्फत युवाहरुलाई उद्यम प्रोत्साहन तथा संचालन, खुल्ला व्यायामशाला संचालन गरिएको छ ।

महिला समानता र सशक्तिकरणतर्फ महिला उद्दमशिलता, सिलाई कटाई, व्यूटिसियन, मखमली जुता उत्पादन, मोबाइल तथा ल्यापटप मर्मत सम्भार, मन्टेश्वरी तालिम, व्युटिसियन तालिम लगायत सिप विकास तालिम मार्फत ९०० भन्दा बढी महिलाको क्षमता अभिवृद्धि गरिएको जानकारी दिदै उहाँले किशोरीहरुसँग उपमेयर कार्यक्रम संचालन भएको र महिला सशक्तिकरण लोकसेवा आयोग परीक्षा तयारी कक्षा संचालन गरिएको बताउनु भयो ।

ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएको व्यक्ति एवं लक्षित वर्गतर्फ नगरपालिकाले नौ वटै वडामा नौ वटा ज्येष्ठ नागरिक मिलन चौतारी स्थापना एवं संचालन गर्नुका साथै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरि दलित जातिहरु पेशा सुरक्षणको लागि तालिम एवं उपकरण सहायतासमेत गरिएको जानकारी दिनु भयो ।

नगरपालिकाले गरिबी निवारण तथा रोजगारी श्रृजनातर्फ मेयर उद्दमशिलता कार्यक्रम मार्फत १७८ जना लाभान्वित भएका, गरिब परिवार पहिचान तथ्याकं संकलन कार्यक्रम संचालन भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, कोभिडका कारण पर्यटन क्षेत्रबाट रोजगार गुमाएका नागरिकहरुका लागि न्यूनत्तम १०० दिने रोजगारीको व्यवस्था, सामुदायिक वनहरुमा जडिबुटी खेती मार्फत नागरिकको आय आर्जनको लक्षित कार्यक्रम संचालन गरिएको छ ।

नगरपालिकामा सुशासन एवं सेवा प्रवाहतर्फ नगर कार्यपालिका कार्यालयको प्रमुख प्रशासकीय भवन निर्माण कार्यको थालनी, चाँगुनारायण नगरपालिका–१ को वडा कार्यालय भवन निर्माणको थालनी, चाँगुनारायण नगरपालिका–५ को व्यवस्थित वडा कार्यालय भवन निर्माणको लागि बोलपत्र आव्हान गरिएको छ ।

सुचना प्रविधितर्फ खुल्ला सूचना प्रणालीमा संसारको उत्कृष्ट १० शहर समावेश गराउन सफल भएको बताउदै ड्रोन सर्वेक्षण मार्फत प्राप्त डाटाहरुमा आधारित रहि नगरका सबै घरधुरीहरुलाई घर नम्बरिङ्ग गर्ने कार्यको थालनी गरेको, डिजिटल नेपाल फ्रेमवर्कमा आधारित डिजिटल चाँगुनारायण विकासको मार्गचित्र तयार गरिएको, प्रयोगमा रहेका प्रणालीहरुलाई एकिकृत सेवा प्रवाहको लागि कार्य थालनी, लर्ड बुद्ध एजुकेशन फाउण्डेशसँगको सहकार्यमा प्रत्येक वर्ष नगरका जेहेन्दार न्यून्त्तम ३ विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था, नगरपालिका तथा सबै वडा कार्यालयहरुमा सीसी टिभी जडान, एवं द्यष्यmभतचष्अ ब्ततभलमबलअभ जडान, विद्यालयहरुमा गुणस्तरीय ईन्टरनेट सेवा उपलब्ध गराइएको छ ।

नगर प्रमुख मिश्रले एमालेले चाँगुनारायणमा केही गरेन भन्नेहरुलाई यो नमूना बिकासको कामको जानकारी गराएको भन्दै यो भन्दा धेरै काम सम्पन्न गरेको र आगामी पाँच वर्षका लागि एमालेले गर्ने काम र उपलब्धी अझै बढी हुने बताउनु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0