बागमती प्रदेशका मुख्यमन्त्री थापा र मन्त्री मगरबीच कार्यसम्पादन सम्झौता
हेटौँडा, ९ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।
चालु आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश योजना तथा आयोजनालाई निर्धारित समयभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।
मुख्यमन्त्री थापाले यसअघि प्रदेश सरकारका अन्य मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरिसक्नुभएको थियो । स्वास्थ्य समस्याका कारण अन्य मन्त्रीहरूसँगै पद तथा गोपनीयताको शपथ लिन नसक्नुभएकी मन्त्री मगरले गत असोज २ गते मात्रै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।सम्झौतामार्फत मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई निर्धारित समय र गुणस्तरअनुसार कार्यान्वयन गर्ने, बजेटको प्रभावकारी उपयोग गर्ने तथा कार्यसम्पादनलाई परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । मुख्यमन्त्री थापाले प्रदेश सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे पनि नेकपा ९एमाले० बाट मन्त्री बन्नुभएका ज्ञानबहादुर तामाङले भने हालसम्म मन्त्रालयको जिम्मेवारी पाउनुभएको छैन । उहाँ विना विभागीय मन्त्रीका रूपमा रहनुभएको छ ।
कार्यसम्पादन सम्झौतापछि मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता मन्त्री मगरले व्यक्त गर्नुभएको छ ।



