सूर्यविनायक नगरपालिकाको प्रवक्तामा रबिन्द्र सापकोटा चयन, नगरपालिकाद्धारा बिभिन्न समिति गठन

भक्तपुर, १९ जेठ । सूर्यविनायक नगरपालिकाको प्रवक्तामा रबिन्द्र सापकोटा चयन हुनु भएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले वडा नंं ७ का वडाध्यक्ष सापकोटालाई नगरपालिकाको प्रवक्तामा तोक्ने निर्णय गरेको हो ।

नगरपालिकाले आज बिभिन्न समितिहरु गठन गरेको छ । बैठकले सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद व्यबस्थापन समिति, विधायन समिति र लेखा समिति गठन गरेको नवनियुक्त प्रवक्ता सापकोटाले जानकारी दिनु भयो ।

नगरपालिकाले वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थको संयोजकत्वमा सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति गठन गरेको छ । उक्त समितिका सदस्यहरुमा शर्मिला बस्नेत, बिक्रम तामाङ, ताराबहादुर बिष्ट, सन्तोषी नेपाली, कल्पना नेपाली, कल्पना खतिवडा दाहाललाई चयन गरेको छ ।

त्यस्तै वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतको संयोजकत्वमा आर्थिक विकास समिति गठन गरिएको छ । यस समितिको सदस्यहरुमा लछुराम न्यौपाने, सुमन परियार, हेमा खतिवडा, मञ्जु कार्की, सरला विश्वकर्मा, रन्जीता तिखत्री, हिरालक्ष्मी कोजू र बिदुर खड्का रहनु भएको छ ।

त्यसैगरि वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाको संयोजकत्वमो सामाजिक विकास समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा दिपेन्द्र केसी, शेरकाजी सुवाल, सावित्री मिश्र, कुमार चौलागाई, गंगा खड्का र लक्ष्मण त्वाती रहनु भएको छ ।

त्यस्तै वडा नं. १० का वडाध्यक्ष शिवराम राउतको संयोकत्वमा गठन भएको पूर्वाधार विकास समितिमा मनोज थापा, गीता पण्डित, विश्वराम त्वायनावासु, जनक भण्डारी, पम्फा परियार, पुजा वराह चयन हुनु भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो ।

वातावरण तथा विपद व्यबस्थापन समिति वडा नं. ९ का वडाध्यक्ष भगवाण खत्रीको संयोजकत्वमा इश्वर खड्का, उमेश कार्की, अञ्जना नेपाली, प्रजुन तिखत्री, दिप गिरी, जनार्दन खड्का, राधिकार मिजार, विदुर देउजा सदस्य रहको समिति गठन गरिएको छ ।

त्यस्तै वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीको संयोजकत्वमा गठन भएको विधायन समितिमा इश्वरबहादुर थापा, कमला पोखरेल, सुनिल भुजेल, सुवाष न्यौपाने, उज्वल राजथला, भगत राना, गीता बुसुंखे सदस्य रहनु भएको छ ।

वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीको संयोजकत्वमा लेखा समिति गठन भएको छ । यस समितिको सदस्यहरुमा तारा सापकोटा र घनश्याम भट्टराई रहनु भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो । नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको संयोकत्वमा राजस्व परामर्श समितिमा रबिन्द्र सापकोटा र शर्मिला बस्नेत सदस्य रहनु भएको छ ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0