एमालेको एघारौँ महाधिवेशनको  पूर्वसन्ध्यामा सचिवालय बैठक आव्हान

काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेको एघारौँ महाधिवेशनको  पूर्वसन्ध्यामा भोलि अर्थात् मंसिर २६ गते शुक्रबार दिउँसो १ बजे च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

सचिवालय बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताउनुभयो। एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते शनिबारदेखि सुरु हुँदै छ।

 

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0