राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्धारा “विचार गोष्ठी” को आयोजना
भक्तपुर, १६ पुस । राष्ट्रिय सभाका प्रमुख सचेतक तथा नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी राख्नु नहुने बताउनु भएको छ ।
 

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको “विचार गोष्ठी” मा बोल्दै उहाँले सरकारले फागुन २१ मै निर्वाचन गर्नु पर्ने बताउनु भएको हो । नेपाली काँग्रेस लगायत दलहरु यतिखेर निर्वाचनको पक्षमा उभिएर चुनाबमा होमिएको बताउदै उहाँले यो उपयुक्त वातावरणलाई सरकारले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस नेता सिटौलाले भन्नुभयो, “सरकारले फागुन २१ मा जसरी पनि चुनाब गर्नुपर्छ, काँग्रेस जनादेशको विपक्षमा जादैन, त्यसैले चुनाबमा सहभागि हुन्छ, तर यस्तो अनुकूल वातावरणमा पनि फागुन २१ मा चुनाब हुन सकेन भने देशलाई अनिर्णयको बन्दी बनाएर राख्नु हुदैन, संसद पुर्नस्थापनाको बिकल्प रहदैन, त्यो अबस्थामा संसद पुर्नस्थापना हुनुपर्छ ।”
विपीको मेलमिलापको नीति आज पनि समाजवाद स्थापनाका लागि उत्तिकै सान्दर्भिकता रहेको बताउदै उहाँले विपीकै सिद्धान्त र नीति अनुरुप नै शिक्षा, स्वास्थ्य, विकास गाउँगाउँमा पुगेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापित दूर्लभ थापाले नेपाली काँग्रेस चुनावको तयारीमा जुटिसकेको बताउदै काँग्रेस एकढिक्का भएर निर्वाचनमा जानु पर्ने औल्याउनुभयो ।
उहाँले महाधिवेशनको विवादमा अहिले अल्झिनु नहुनेमा जोड दिदै ८० प्रतिशत क्रियासिल सदस्यको विवाद टुङ्गिसकेको अबस्थामा काँग्रेसले विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्न तयार रहने बताउनुभयो । उहाँले विपीको मेलमिलाप नीतिलाई आत्मसात गर्दै काँग्रेस अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ,  जिल्ला उपसभापति उर्मिला वन, क्षेत्रीय सभापति भेषबहादुर कार्कीलगायतका नेताहरुले लोकतान्त्रिक मूल्य, मान्यता, राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यकै मार्गबाट मुलुकलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन नेपाली काँग्रेस सदैव प्रतिबद्ध रहने बताउनुभयो ।
भक्तपुर अस्पतालमा कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टसहित कर्मचारीले गरे नवनियुक्त अध्यक्ष ज्ञानराम श्रेष्ठलाई स्वागत

भक्तपुर, १६ पुस । भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त हुनुभएका ज्ञानराम श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्षमा नियुक्त गरेसंगै अस्पतालले आज आयोजना गरेको स्वागत कार्यक्रमसंगै पदभार ग्रहण कार्यक्रममा आज पदभार ग्रहण गर्दै उहाँले अस्पतालको सेवा बिस्तार र अस्पतालको बिकासमा निस्वार्थ रुपमा कार्य गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालमा गुनासो नआउने गरि अस्पताल प्रमुख र प्रशासनसंग हातेमालो गर्दै विरामीलाई सेवा प्राप्त गर्न सहज हुने गरि गुणस्तरीय सेवाको निरन्तरता एवं थप सेवा बिस्तारमा आफ्ना ध्यान केन्द्रीत हुने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा अस्पताल प्रशासन र कर्मचारीले अस्पतालको विकासको क्षेत्रमा भरपुर सहयोग लिन सक्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पतालमा कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले उहाँलाई अस्पतालमा स्वागत गर्दै बधाई ज्ञापन गर्नु भएको थियो । उहाँले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई नेपालको प्रमुख स्वास्थ्य संस्था मध्ये एक भक्तपुर अस्पताल वागमती प्रदेशको मात्रै नभई देशभरकै अस्पतालमध्येमा उत्कृष्टताको पहिचान बनाएको बताउदै सबै मिलेर अस्पतालको उक्त साखलाई घट्न नदिने गरि गुणस्तरीय सेवा प्रवाहमा सबै जु्नु पर्ने बताउनुभयो ।

अस्पतालका निर्देशक डा. भट्टले अस्पतालको स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण, अवसर, चुनौती र अझै गर्नुपर्ने कार्यकाबारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अस्पतालका कर्मचारीहरुले फूलमालाले स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यसअघि अस्पतालको सञ्चालन र व्यवस्थापन समितिमा नियुक्त हुुनु भएका अध्यक्ष शशिजंग थापाले ठिक एक वर्षको अबधी पुरा गरि गत १५ गते राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा मन्त्रालयले श्रेष्ठलाई नयाँ अध्यक्षको रुपमा नियुक्त गरेको थियो ।

बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर अस्पताललाई यथावत् स्थानमा राखिराख्ने जिम्मेवारी र चुनौती पनि उहाँ माथि थपिएको छ । उहाँको नेतृत्वमा भक्तपुर अस्पतालले थप उत्कृष्टता हासिल गर्ने र सेवा विस्तारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली, सचिव महेश बस्नेतदेखि विजयी टिमलाई गुण्डुवासीले गरे भव्य स्वागत

एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली, सचिव महेश बस्नेतदेखि विजयी टिमलाई गुण्डुवासीले गरे भव्य स्वागत

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित

काठमाडौँ, ३ पुसः नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुभएको सो प्रस्ताव पारित भएको हो । पारित प्रस्तावमा मुलुकलाई संविधानको लिकमा फर्काउन संसद् पुनःस्थापनालगायत विषय समेटिएका छन् ।

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भइ काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । समापनसत्रमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले पुराना पार्टी सकिए भन्ने गलत भाष्यलाई चिरेको उल्लेख गर्दै अब आफूहरु विकास, सुशासन, समृद्धि र संसद् पुनःस्थापनाको बाटोमा अघि बढ्ने उद्घोष गर्नुभयो ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणका लागि सञ्चालित विभिन्न आन्दोलन, क्रान्ति र देशभक्तिपूर्ण युद्धमा सहभागी हुने क्रममा जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । महाधिवेशनले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदनकुमार भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत आन्दोलनका अग्रजहरुप्रति समेत श्रद्धासुमन अर्पण गरेको छ ।

यसैगरी एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित पार्टी उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पार्टीका पूर्व स्थायी कमिटी सदस्य प्रदीप नेपाल, पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल, केन्द्रीय कमिटी सदस्य कमल गौतम, लेखा आयोगका सदस्य खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु इन्दिरा चापागाईं, भोजराज ढुङ्गेल, रामबहादुर दानी, रामचन्द्र चापागाईं, धर्मनाथ यादव, महेश चौधरी, डा ऋतुराज गड्तौला, देवी पोखरेल, बालकृष्ण भट्टराई, बालकृष्ण मैनाली, मोहन विश्वकर्मा, त्रिरत्न शाक्य, बैकुण्ठनाथ दहाल र गणेश पौडेल, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरु ऐना गिरी, चित्रबहादुर कार्की, रामचन्द्र थपलिया, कालीचन्द्र साह, पूर्व सांसदहरु विदुर सापकोटा र यज्ञराज न्यौपाने, पार्टीका अग्रज व्यक्तित्व छत्रबहादुर बोहरा, महिला कार्यकर्ता विमला महत, लुम्बिनी प्रदेशसभा सदस्य तथा नेत्री सरिता पुनलगायतप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको छ ।

गत भदौ २३ र २४ गते मुलुकमा घटित घट्नाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिका सम्बन्धमा एमाले संवेदनशील, चिन्तित र गम्भीर रहेको र उक्त घटना पश्चात् राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको बाटो नै सङ्कटको दिशातिर उन्मुख भइरहेको पृष्ठभूमिमा ११औँ राष्ट्रिय महाधिवेशनले मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने सङ्कल्प गरेको छ । सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासनलगायत विभिन्न माग राखेर नवयुवाले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति एमालेको ११औँ महाधिवेशनले दुःख व्यक्त गरेको छ ।

नवयुवाको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको एमालेको ठहर छ । महाधिवेशनले उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, सबै तथ्यको सार्वजनिकीकरण र सङ्लग्न दोषीलाई कार्बाहीको माग गरेको छ । यस्तै भदौ २४ गते सुनियोजित र शृङ्खलाबद्ध रुपमा गरिएको देश दोहनको एमालेले भ्रत्र्सना र निन्दा गरेको छ । यसमा संलग्नलाई पार्टीले कानुनी कारबाहीको माग गरेको छ ।

महाधिवेशनले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउनुपर्नेमा जोड दिएको छ । एमाले ताजा जनादेशका लागि जनतामाझ जाने, जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुने मान्यतामा अविचलित रहेको र पार्टी कहिल्यै निर्वाचनबाट पछि नहट्ने उल्लेख गरेको छ । यसका लागि सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा एमालेले जोड दिएको छ ।

लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका दलहरुसँग सरकारले सार्थक संवाद, परामर्श र सहकार्य गर्न एमालेले माग गरेको छ । प्रहरीबाट लुटिएका हतियार र गोलीगठ्ठा फिर्ता ल्याउन, भागेका कैदीलाई फेरि जेलमा फर्काउन र समाजमा शान्ति सुरक्षाको वातावरण बनाउन ठोस कदम चाल्न एमालेले सरकारसँग माग गरेको छ । साथै सो पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाको समेत माग गरेको छ ।

राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्ध सङ्कटमा परेको तथा जनताका सङ्घर्षका उपलव्धि नै धरापमा परेको अवस्थालाई बोध गर्दै मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउन संविधानका पक्षधर सबै शक्ति, संसद्मा रहेका दल, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आम जनसमुदायलाई आपसी संवाद, सहकार्यका साथ अगाडि बढ्न समेत एमालेको ११औँ महाधिवेशनले आह्वान गरेको छ ।

गत भदौ २४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत १७० भन्दा बढी नेता तथा कार्यकर्ताको निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको उल्लेख गर्दै उक्त घटनाप्रति एमालले दुःख व्यक्त गरेको छ । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेत्री डा आरजु देउवामाथि साङ्घातिक आक्रमण, पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारमाथिको आगजनीको एमालेले निन्दा गरेको छ ।

मुलुकको विकास र समृद्धिका लागि नव युवाहरुसँग अझ सार्थक संवाद गर्न, सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न एमाले सदैव तत्पर रहेको र पार्टीले सङ्गठनात्मक संरचनामा युवा सहभागिता बढाउन विभिन्न निर्णय गर्दै अगाडि बढेको एमालले जनाएको छ । महाधिवेशनले सार्वभौम समानता, आपसी सहयोग, विश्वास र न्यायका आधारमा परराष्ट्र सम्बन्ध सञ्चालन हुनुपर्छ भन्ने मान्यतालाई जोड दिएको र एमाले नेपालको राष्ट्रिय हित, असङ्लग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र र विश्व शान्तिलाई केन्द्रबिन्दुमा राखेर छिमेकीलगायत मित्र राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ः०० बजे

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

एमालेको ११ औं महाधिवेशन सचिव पदमा महेश बस्नेतलाई ‘पपुलर’ मत

काठमाडौं, ३ पुस । नेकपा एमालेको ११ औं महाधिवेशनबाट सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन् ।

९ जना सचिव पदमा उम्मेदवारी दिएका कुल २० जनामध्ये बस्नेतले १५४४ मत हासिल गरेका हुन्। त्यसैगरी सचिव पदमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कंडेलले ११८५, राजन भट्टराईले ११८१, भानुभक्त ढकालले ११०८ मतसहित सचिव पदमा निर्वाचित भएका छन् ।

सचिव पदका लागि उम्मेदवारी दिएका गोकुलप्रसाद बास्कोटाले झिनो मतले सचिव पदबाट हारेका छन्। उनले १०३० मत प्राप्त गरेका छन् ।

अन्यमा अग्निप्रसाद खरेल ७१६, ईन्द्रलाल साप्कोटा ४०५, कर्णबहादुर थापा ८४७,कृष्णगोपाल श्रेष्ठ ६२५, ठाकुरप्रसाद गैरे ८८३, पुरुषोत्तम पौडेल ४६२, पेम्बा लामा ४९३, रचना खड्का ८७७, लालबाबु पण्डित ४९६, विनोदप्रसाद ढकाल   ६८४ मत प्राप्त गरेका छन् ।

बालबालिकाको दृष्टिकोणमा प्रहरीप्रति मित्रताको भावना जागृत हुन आवश्यक : परिषद्की सदस्य सचिव ढकाल

काठमाडौं, २९ मंसिर । विगत ३१ वर्षदेखि बालअधिकारको संरक्षणका लागि कार्य गर्दै आएको सिविसकी अध्यक्ष विमला ज्ञवालीले एक मात्रै बालबालिका हिंसामा परे भने पनि सबै बालबालिका असुरक्षित छन् भन्ने सम्झनु पर्ने बताउनु भएको छ ।

काठमाडौंमा सोमबार राष्ट्रिय बाल अधिकार परिषद् ललितपुरको आयोजना तथा सिविसको सहकार्यमा आयोजना गरिएको बालबालिका केन्द्रीत अनुसन्धान सम्बन्धी छलफल कार्यक्रममा बालअधिकारको सवालमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “एक मात्र बालबालिका पनि सडकमा कुनै पनि प्रकारको दुव्र्यबहार वा हिंसामा पर्छ भने कुनै पनि बालबालिका सुरक्षित छैनन् भन्ने बुझेर काम गर्नुपर्छ ।”
बालबालिका हिंसामा पर्दा आउने दबाबका समस्यालाई कानूनको कार्यान्वयन गर्ने निकायले निकासमा पुर्याएर पीडितलाई न्याय दिने मामिलामा शसक्त भएर उभनु पर्नेमा जोड दिदै उहाँले बालबालिकामाथि हुने घटनाको अनुसन्धान गर्दा मानव अधिकार, संवेदनशीलता र मनोवैज्ञानिक पक्षलाई केन्द्रमा राख्नुपर्ने उनीहरूको डर, पीडा र मनोभावनालाई बुझेर अनुसन्धानलाई चुस्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले बालअधिकारको क्षेत्रमा विगत ३१ वर्षदेखि कार्य गर्दै आएका सिविसले प्रहरीसंगका अनुसन्धानदेखि प्रभावकारी बनाउँन उजरी दिने न्याय प्रणालीमा जाने, लैजाने, कार्यमा सहजीकरण गर्दै आएको स्मरण गर्नुभयो । प्रहरीमा आउने बालहिंसाका घट्नामा उजुरी लिनेक्रममा व्यबहारमा पनि बालमैत्री र सहजता हुनुपर्ने औल्याउँदै उहाँले बालमनोपरापर्शको आवश्यकतासमेत प्रही कार्यालयमा पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले कानूनको विवादमा परेका विषयलाई प्रहरीले सहजता, फलदायी गोपनीयता र न्यायिक प्रक्रियालाई सहजता बनाउँन आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिका सम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिदै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समुन्नत समाज निर्माण गर्न अझै पनि नीति निर्माणमा सुधार आवश्यक रहेको बताउनुभयो ।

परिवार र आफन्तबाट हुने हिंसाका घट्नामा धेरै जसो मुद्धा चल्न नदिने र भित्रभित्रै मिलाउने समस्याहर रहेको बताउदै उहाँले नौ वर्षमा एक वटा बाल सुधार गृह नुवाकाटेमा थपिदा बल्ल नौ वटा पुगे पनि अझै सुधार गृह थप आवश्यक रहेकाले यसबारेमा पनि मन्त्रीसंग छलफल गरिने बताउनुभयो । उहाँले बालबालिका सम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिदै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समुन्नत समाज निर्माण गर्न अझै पनि नीति निर्माणमा सुधार आवश्यक रहेको बताउनुभयो ।

उहाँले हिसा एवं पीडामा परेका बालबालिकादेखि किशोरी र महिलाहरुलाई उद्धार पछि राख्ने सुरक्षित आवास अत्यावश्यक रहेकाले मन्त्रालयसंग यसबारेमा कुरा गर्ने बताउनुभयो । एक प्रदेशमा कम्तीमा एक सुरक्षित आवास आवश्यक रहेको बताउदै नयाँ आएको मन्त्रीसंग यसबारेमा कुरा गर्ने बताउनुभयो ।कार्यक्रममा सहभागि बालिका विपना बस्नेतले उजरी लिएर प्रहरीमा जानै बालबालिकालाई डर लाग्ने बताउदै बालबालिकासंग प्रहरीको सम्बन्ध राम्रो हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बालअधिकर परिषद्का सूचना अधिकृत रामबहादुर चन्दले कार्यपत्र प्रस्तुत गर्दै प्रहरीले कानूनलाई कार्यान्वयनमा ल्याउन कुनै दबाबमा पर्न नहुने औल्याउनुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै कानूनमा अनुसन्धान, बालबालिका सम्बन्धी ऐन–२०७५, पीडित बालबालिकाको अधिकार, अनकूल न्यायको व्यबस्थालगायतकाबारेमा जानकारी गराउनु भएको थियो । नेपाल प्रहरी अपारध अनुसन्धान विद्यालयका प्रहरी निरीक्षक महेन्द्र अर्यालले कार्यपत्र प्रस्तुत गर्दै कानूनी अबस्था, प्रहरीको व्यबस्थालगायतकाबारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्र १०४ का प्रमुख प्रहरी नायब उपरिक्षक दिनेश घिमिरेले बालबालिकासँग सम्बन्धित अनुसन्धान संवेदनशील हुने भएकाले सबै निकायबीच समन्वय, साझा बुझाइ र बालमैत्री दृष्टिकोण अत्यावश्यक छ भन्दै यस्ता छलफलले व्यवहारिक सुधारमा सहयोग पर्याउनु पर्ने बताउनुभयो ।

प्रहरी निरीक्षक सरिता विश्वकर्मा, केन्द्रीय अनुसन्धान व्यूरोका राजेश घजु, वरिष्ट प्रहरी सही एकता न्यौपाने, लागू औषध कार्यादलयका लेखनाथ आचार्य, प्रहरी सहायक निरिक्षक वसन्त घिमिरेलगायत भक्तपुर, काठमाडौं र ललितपुरका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत महिला सेलका प्रहरीहरुले हिंसा पीडित बालबालिकाको अबस्था, उद्धारपछि राख्ने सुरक्षित आवासको अभाव र बिभिन्न समस्याहरुकोबारेमा छलफल गर्नु भएको थियो ।

उहाँले बालबालिकासँग सम्बन्धित अनुसन्धान संवेदनशील हुने भएकाले सबै निकायबीच समन्वय, साझा बुझाइ र बालमैत्री दृष्टिकोण अत्यावश्यक रहेको बताउदै बालबालिकाको उद्धारका लागि केन्द्रले सहजिकरण गर्न प्र्रहरीलाई कसरी सघाउदई आएको बताउनुभयो । बाल सल्लाहकार समिति सम्बन्ध बालबालिकाहरुले बालमैत्री अनुसन्धान प्रक्रियाको सुनिश्चिताअको लागि आग्रह गर्नभयो । कार्यक्रममा सिविसकी टिम लिडर रुजा पोखरेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नीति र व्यवहारबीचको दूरी घटाउन यस्ता बहुपक्षीय छलफल प्रभावकारी माध्यम हुने बताउनुभयो ।

 

चाँगुनारायणको काखमा एमालेको महाधिवेशन, साँस्कृतिक नाचदेखि जंकुसमेत प्रर्दशन
भक्तपुर, २७ मङ्सिर : ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको प्राचिन सभ्यताको अदभूत नमूनाको रुपमा रहेको काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं सम्पदा चाँगुनारायण मन्दिरको काखैमा बनाइएको चाँगुनारायण मन्दिरको स्वरुपको आँगनमा आज नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
बिभिन्न जिल्लाबाट भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आएका सहभागिहरुले मन्दिरबारे निकै चासो मात्रै राखेनन् आएको बेलामा मन्दिर घुम्न जाने प्रतिबद्धता व्यक्त गरे । ओखलढुङ्गाबाट महाधिवेशनस्थलमा आउनु भएका सन्तोष खड्काले चाँगुनारायण मन्दिरलाई स्टेजमा देखेर मन्दिर पुग्न मन आतुर भएको बताउदै भोली बिहान साथीहरुसहितको टोली मन्दिरको अवलाृकनका लागि जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चाँगुनारायण मन्दिर अहिलेसम्म पुगेका छैनौ, महाधिवेशनमा मन्दिरको संरचना देख्दा पग्न मन लाग्यो, नजिकै रहेछ, माइक्रोबस रिजर्भ गरि आएका हामी १३ जना भोली चाँगुनारायण मन्दिर पुग्ने निधो गरेका छौ ।”
महाधिवेशनमा बनाईएको स्टेजले ईतिहास र धार्मिक महत्वको प्रचार मात्रै गरेन, यसको महत्वसंग आन्तरिक पर्यटकलाई समेत बद्धि गराउन मद्धत पुगेको खोटाङ्गबाट महाधिवेशनमा आउनु भएका रबिन्द्र श्रेष्ठल बताउनुभयो । उहाँले स्टेजमा देखेको मन्दिरको आँगनमा प्रतक्ष्य श्रपमा पुग्न महाधिवेशनमा सहभागि हन आएकाहरु धेरै जाने बताउदै यो महाधिवेशनको सकारात्मक पक्ष भएको बताउनुभयो ।
साँस्कृतिक झाकी, न्याउली बाजादेखि जंकुसम्मले थप्यो रौनक :
एमालेको महाधिवेशनमा सहभागि हुन भक्तपुरका चारवटै नगरपालिकाबाट आएका र्यालीमा समावेश गरिएका विभिन्न जातजाती, भेषभुषा एवं कला र संस्कृति झल्कने बाजा, झाकी एवं नृत्यदेखि नेवार समुदायमा जेष्ठ नागरिकले मनाउने जंकुसमेतको प्रर्दशनले महाधिवेशनमा निकै रौनकता थपेको थियो ।
भक्तपुरका चारवटै पालिकाबाट आएको बाजासहितको र्यालीमा धिमे बाजा, बैण्ड बाजा, बासुरी बाजा, न्याउली बाजासहित नेवार सुमदायका महिलालृ लगाउने पहिरण हाकु पटासीमा नृत्य, मगर, लामालगायत बिभिन्न जातजातीको साँस्कृतिक झल्को नृत्य, झाक्री नृत्यलगायतको प्रदशनले उद्घाटनस्थलमा सहभागिलाई रौनकता दिएको थियो ।
बिभिन्न जिल्लाबाट आएको र्यालीमा समेत स्थानीय बाजा तथा साँस्कृतिक नाचले सहभागिलाई कार्यक्रम सञ्चालन भइरहदा पनि नचाएको थियो । कोही भाषण सुन्नमै मस्त थिए भने कोही चौरमा बिभिन्न जातजातीको पहिचान बोकेको नृत्यमा संगै नाचेर साथ दिदै रमाएका थिए ।
कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीय हजुरआमालाई जंकुको भेषमा सिंगारिएको रथमा राखेर ६ जना छोरा नातीले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो । यसले जिवन्त संस्कृति र पहिचानलाई ७७ जिल्लाकै सहभागिहरुले जान्ने मौका पाएका थिए । कार्यक्रम सम्पन्न हुने बेलासम्म पनि बिभिन्न झाकी एवं नाचहरु प्रर्दशन भइरहेका थिए भने स्टेजमा समेत आयोजकले छुट्टै गीत, नृत्य एवं साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
सभ्य रुपमा र्याली प्रर्दशन, रोकिएन सडक :
एमालेको १० औं महाधिवेशनका क्रममा चितवनमा सडक अबरुद्ध भएपछि सोही पाठलाई मध्यनजर गर्दै एमाले भक्तपुर जिल्ला कमिटी र सुरक्षा निकायको संयुक्त बैठकले तय गरेको र्यालीको रुटलाई कार्यान्वयन गर्दा एमालेको आज प्रर्दशन भएको र्यालीले सभ्यताको पहिचान बोक्यो भने काठमाण्डौंबाट भक्तपुरहदै काभ्रे जाने मुख्य सडकको रुपमा रहेको अरनिको राजमार्ग खण्ड दिनभर सञ्चालनमा रहयो ।
धरैले र्याली अब्यबस्थित हुने र सडक अबरुद्ध हुने आँकलन गरिरहेको अबस्थामा बिहान १० बजेदेखि गठ्ठाघर र जगातीबाट आएको र्याली ६ लेन सडकको सर्भिस ट्रयाक मात्रै प्रयोग गर्दा र्याली सभ्य देखियो भने दिनभर नै सडक सूचारु रहयो ।
एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले र्याली आउने रुट निर्धारण गर्दै सर्भिस ट्रयाक मात्रै प्रयोग गर्न ठाउँठाउँमा स्वयंसेवक र जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्म परिचालन गरेकाले सडक अबरुद्ध नभएको र सडकमा दिनभर सवारी साधन सूचारु भएको बताउनुभयो ।
जुजुधौदेखि साना व्यापारीमा खुसी :
एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नवारी खाजासम्मका परिकारले सहभागिलाई सहज मात्रै बनाएन साना व्यापारीहरु निकै खुसी देखिए । चौरको पश्चिम कुनामा राखिएको खाजाका केही स्टलहरु मध्ये जय शम्भो जुजु धौ सेन्टरले बिभिन्न जिल्लाबाट आएका सहभागिलाई भक्तपुरको उत्कृष्ठ जुजु धौ खुवाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । व्यवसायी कान्छाराम सैजुले व्यापार राम्रो भएर खुसी भएको बताउदै विभिन्न जिल्लाबाट आएकाहरुलाई जुजु धौ खुवाउन पाउँदा थप खुसी लागेको बताउनुभयो ।
नजिकै मःमः व्यापारीले पनि राम्रो व्यापार गरेको बताउदै पश्चिम तर्फको नवारी खाजाघरमा समेत दिनभरका भीडले निकै राम्रो व्यापार भएको रामप्रसाद श्रेष्ठले बताउनुभयो । बदाम, सुन्तलादेखि बिभिन्न परिकार बिक्री राम्रो भएको भन्दै बदाम व्यापारी अनिल भजुले आज एकैदिन एकसातामा बिक्री हुने बदाम बिक्री गरेको बताउनुभयो । उहाँले साना व्यापारी एकदिनको यस्ता कार्यक्रमले पनि खुसी हुने बताउनुभयो ।
सुरक्षा व्यास्थामा कडाई :
महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेका जानकारी दिदै सुरक्षा व्यबस्थालाई साँझसम्मनै मजबुद बनाईएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
उहाँले बिहान बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभा स्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच गरेको, सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका प्रहरी गरि दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको, सभास्थलमा राखिएका सिसि क्यामराबाटसमेत निगरानी गरको र निकै चनाखो हुदै सुरक्षाको व्यबस्थामा कुनै कमी नरहने गरि व्यबस्थापन गरेकाले उहाँले बताउनुभयो । ट्राफिक व्यबस्थापन पनि योजनाबद्ध रुपमा तयारी गरेकाले दिनभर सडक सूचारु गराउन सफल भएको उहाँले जानकारी दिनुभयो ।
यस्तो रहयो सहभागिको उपस्थिति :
महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागिहरुले १०८ रोपनी क्षेत्रफल भरिएका थियो । उद्घाटनको क्षणमा भरिएको चौरमा कतिपय आउने र फर्कने क्रम जारी रहेको थियो भने कार्यक्रममा करिब दुई लाख भन्दा बढी जनसहभागिता रहेको आकलन गरिएको एमाले भक्तपुर जिल्ला उपाध्यष किरण थापा मगरले जानकारी दिनुभयो ।
उहाँले जनसहभागिता अपेक्षा गरे अनुसारकै आएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन पछि भने कार्यक्रम सकिदा एक घण्टा अगाड नै बिभिन्न जिल्लामा फकनेहरु गएकाले केही पातलिएको जानकारी दिनुभयो ।  टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएकाले चौरुभन्दा बाहिर रहेका हजारौले सहजै सबै नेताको सम्बोधनलाई सुन्न सकेको बताउनुभयो ।
पार्किङ्गमा भएन समस्या :
महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि तोकिएको क्षेत्रमा पार्किङ्ग गरिएकाले कुनै समस्या झेल्नु नपरेको उपाध्यक्ष थापा मगरले जानकारी दिनुभयो । थानकोट हुदै बिभिन्न जिल्लाबाट आएका सवारी साधानलाई नागरिक उड्यान प्राधिकरण गठ्ठाघरको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्थित गरिएकाले सहज भएको उहाँले बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका टेवा : 
महाधिवेशनमा बिभिन्न जिल्लाबाट सहभागि हुन आएका प्रतिनिधि एवं कार्यकर्ताहरु कार्यक्रमस्थलबाट भक्तपुर नगरपालिका भित्रका सम्पदाहरुको अवलाकन गर्न पुगेका छन् । कतिपय कार्यक्रम सकिनु अगाडि नै र कतिपय कार्यक्रम सकिएपछि भक्तपुर दुबारस्क्वायरमा रहेका ५५ झ्याले दरबार, पाँचतले मन्दिर लगायतका सम्पदा अवलोकनका लागि गएका छन् । महाधिवेशनमा आएर आज नफर्किएकाहरु भोली बिहान भक्तपुरका सम्पदा, मध्यपुरथिमिका सम्पदा र चाँगुनारायणको सम्पदा अललोकनका लागि जाने भएकाले यहाँका आन्तरिक पर्यटनको समेत विकास भएको छ ।  भक्तपुर नगरपालिकाका रामचन्द्र प्रजापतिले भक्तपुरको सम्पदा अवलाुेकनका लागि आज दिउँसोदेखिनै महाधिवेशनमा आएकाहरु गएका र आन्तरिक पर्यटकको प्रवद्र्धन भएको जानकारी दिनुभयो ।
उद्घाटन स्थलको सरसफाई सुरु :
महाधिवेशन उद्घाटन स्थलको सरसफाई र व्यबस्थापन आज साँझबाटै सुरु भएको छ । चौरमा फालिएका पानीका बोतलदेखि बिभिन्न सामानहरु युवा टोलीले सरफाई गरेको र रातीसम्म सबै सफा गर्न पार्टी उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमस्थलको सबै सरसफाई आज रातीसम्म सक्छौ, अस्थायी शौचालयहरुको व्यबस्थापन गछौं, मञ्चलाई आज नै भत्काएर भोली भृकुटीमण्डपमा राख्ने गरि तयारी गरेका छौँ ।”