खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु, नागरिकता किर्ते गरेको अभियोगमा पाठकको उम्मेदवारी बिरुद्ध उजुरी
भक्तपुर, ७ माघ : आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. २ मा उम्मेदवारी दिएका दुई उम्मेदवार बिरुद्ध उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरूद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।
पाठकविरूद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको, सक्कली नागरिकता नभएको र खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु रकम बाँकी रहेकाले दुबैजनाको उम्मेदवारी रद्ध गर्न माग गर्दै स्वतन्त्र उम्मेदवार नविनकुमार महतले उजुरी हालेको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयो ।
दुई उम्मेदवार विरूद्ध परेको उजुरीको भोली बिहिबार छानबिन गरि पाँचबजेसम्म निष्कर्ष निकालिने उहाँले जानकारी दिनुभयो । दुबै पक्षलाई भोली बोलाएर यस विषयमा सोधपुछ एवं जाँचबुझ गर्ने बताउदै उहाँले उजुरी परेका उम्मेदवारहरूलाई प्रमाणसहित उपस्थिति हुन आग्रह गरिएको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयो ।
यसबारेमा उजुरीकर्ता महतले भने दुबै जना बिरुद्ध उजुरीसंगै प्रमाण पेश गरेको जानकारी दिदै खत्री खत्री बिरुद्धको उजुरीसंगै नेपाल स्काउटको अडिट रिपोर्ट प्रमाण स्वरुप पेश गरेको जानकारी दिनुभयो । पाठकको दुई वटा नागरिकता रहेको र सक्कली नागरिकतासमेत नभएकाले उम्मेदवारी रद्धको माग गरेर उजुरी हालेको बताउनुभयो ।
यसबारेमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले दुबै उजुरीमा बिहिबार छानबिन गरि दोषी देखिए निर्वाचनको कार्यबिधिमा तोकिए बमोजिम निर्णय हुने बताउनुभयो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0