नेपाली काँग्रेस भक्तपुरको वडा अधिवेशन : काँग्रेसको परम्परा, परिभाषा र सिद्धान्तलाई छाडेर महाधिवेशन गरिरहेको छ : दूर्लभ थापा
भक्तपुर, १९ असोज । नेपाली काग्रेसका भक्तपुर जिल्ला सभापति एवं निवर्तमान् संघीय सांसद दूर्लभ थापाले नेपाली काँग्रेस (गगन थापा पक्ष) ले यतिखेर काँग्रेसको परम्परा, परिभाषा र सिद्धान्तलाई छाडेर महाधिवेशन गरिरहेको बताउनु भएको छ ।
नेपाली काँग्रेस १५ औं महाधिवेशनको सन्दर्भमा नेपाली काँग्रेस ५ नम्बर वडा कार्यसमितिको वडा अधिवेशनको उद्घाटन गर्दै उहाँले हतार हतारमा पार्टी भित्रको मूल्य र मान्यतालाई एक ठाउँमा राखेर विना नारा र मान्यताले काँग्रेसको काठमाडौंमा अधिवेशन सुरु भएको बताउनु भयो ।
जिल्ला सभापति थापाले भन्नुभयो, ‘नेपाली काँग्रेसको अधिवेशनले नेपाली काँग्रेसको परिभाषा र परम्परालाई खत्तम पारेर सिध्याउदैछ, के को सिद्धान्त, के को परम्परा, के को बिधी हतारमा अधिवेशन गरेर भ्रम छरिरहेको छ ।’
उहाँले आफू कटुञ्जेको ईकाई सभापतिको रुपमा काम गर्दै गर्दा ठूलो उमंग रहेको बताउदै प्रतिनिधि सभाको सदस्य र दुई पटकको जिल्ला सभापति लड्दै गर्दाको उमंग रहेको बताउनुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय प्रतिनिधि दयामान कर्माचार्य, नेपाल तरुण दलका पूर्व केन्द्रयि अध्यक्ष विनोद प्रकाश कायस्थ, महासमिति सदस्य राजनकाजी त्वाती, नेपाली काँग्रेस पूर्व उपसभापति हरि प्रसाद नेपाललगायतले काँग्रेसलाई बलियो बनाएर लैजानु आवश्यक रहेको बताउनुभयो । कार्यक्रम भरत थापाको सभापतित्वमा सम्पन्न भएको छ ।
