विपददेखि दुर्घटनासम्मका घट्नामा घट्नास्थलमा उद्धारदेखि अस्पतालको उपचारसम्मको अभ्यासमा दुर्घटनाको झल्को……………….
भक्तपुर, । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा मंगलबार दुई सार्वजनिक यातायात एक आपसमा ठोक्किएर दुर्घटना भयो । दुर्घटनामा दुई यात्रुको घट्नास्थलमै मृत्यु भयो, नौ जना यात्रु गम्भिर घाईते भए, आठ जना जटिल घाईते र तीन जना सामान्य घाईते भए ।

घाईतेको सल्लाघारी सडकमै नेपाल रेडक्रस सोसाईटीको टोलीले प्राथमिक उपचार गर्न थाले । भक्तपुरमा विपदको उद्धारमा सक्रिय रहने संस्था आरएनए–१६, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोलीले घाईतको उद्धार गर्यो । जिल्लाका चार वटा एम्बेलेन्समा घाईतेहरुलाई भक्तपुर जिल्ला अस्पताल पुर्याईयो । अस्पतालमा आकस्मिक कक्षमा चिकित्सक र नर्सले तत्कालै उपचारमा सक्रियता देखाए ।

भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय भक्तपुर, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं. २२ गण दुवाकोट भक्तपुरको सहकार्यमा आयोजना गरेको आकस्मिक हुने दुर्घटना र विपदमा उद्धार र उपचारमा गरिने तयारीबारे गरिएको अभ्यास (ड्रिल)को दृश्य हो ।

घट्नास्थलमा गरिने उद्धार, प्राथमिक उपचार, अस्पतालमा आएका घाईतेको उद्धार, भीड नियन्त्रणदेखि उपचारसम्ममा गरिने तयारीलाई पूर्ण रुपमा गरिएको सडक विपद आपतकालिन अभ्यासले आगामी दिनमा आउन सक्ने विपदका अबस्थालाई सहज रुपमा सेवा दिन सक्ने बनाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा अस्पतालका निर्देशक डा.सुरेन्द्र भट्टले अस्पताल जुनसुकै विपदमा पनि उपचारका लागि तयारी अबस्थामा रहने गरि जनशक्ति तयार गरेको बताउदै यस प्रकारको अभ्यासले सडक विपद आपतकालिन अबस्थामा आउने सक्ने धेरै भन्दा धेरै घाईतेको उपचारलाई सहज बनाउन प्रेरणा मिल्ने बताउनुभयो ।
पाटन बिज्ञान स्वास्थ्य प्रतिष्ठानकी डा. कृपा महर्जनले आज सडकदेखि अस्पतालसम्म गरिएको अभ्यास निकै उपलश्धीमूलक रहेको र आगामी दिनमा आउन सक्ने विपदका चुनौतीलाई सामना गर्न सक्षम भएको प्रमाणित गरेको बताउनुभयो ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरणका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले आजको अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मीदेखि अस्पतालका कर्मचारीसमेतलाई विपदमा कसरी उद्धार र उपचार गर्ने भन्नेबारेमा सीप सिकाएको बताउनुभयो । भक्तपुर अस्पताल व्यबस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष वचन देउजा, सचिव विष्णु लामा, आरएनएका अरुण सैजुलगायत बिभिन्न निकायको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
