भक्तपुर–ताथली–नालागढीँ २५ किलोमिटरको साइकलिङ एवं हाइकिङ उत्साहजनक सहभागि
भक्तपुर, ७ असार : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र ओझेलमा परेका ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्यबारे पर्यटकलाई आकर्षित गर्न आयोजना आज आयोजना गरेको साइकलिङ तथा हाइकिङ सुरु भएको छ ।
चाँगुनारायण नगरपालिका–९ स्थित श्रीदक्षिणकाली युवा समूहले आज भक्तपुरको ब्रम्हायणी मन्दिरमा आयोजना गरेको भक्तपुर–ताथली–नालागढीँ साइकलिङ तथा हाइकिङको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रिबन काटेर साईकल यात्रा सुरु गर्दै उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा खत्रीले चाँगुनारायण नगरपालिका क्षेत्र भित्र १ देखि ९ वटै वडामा रहेका ऐतिहासिक एवं धार्मिक सम्पदा, पर्यटकीय गन्तव्यका क्षेत्रहरुको प्रचार गर्ने र लुकेर रहेका सम्पदा एवं पर्यटकीय क्षेत्रको पहिचार, संरक्षण र उजागर गर्न नगरकोट भैमण वर्ष सफल हुने बताउनुभयो ।
आफ्नो ठाउँको विकास गर्न, आफु जन्मेको ठाउँको पहिचान बनाउदै पर्यटकीय क्षेत्रको रुपमा पहिचान गराउन युवाहरु लाग्नु पर्ने बताउदै उहाँले दक्षिणकाली युवा समूहजस्तै नमूना रुवमा सबै क्षेत्रका युवाहरु जागरुक भए विकास छिट्टै सम्भव हुने बताउनुभयो ।
आजको साइकल यात्राले चाँँगुनारायणका बिभिन्न ठाउँ, ताथली, नालागढीँ, टावर, ऐतिहासिक गढीलगायतको क्षेत्रमा पर्यटकीय पहिचान बनाउन सफल हुने बताउदै उहाँले सबैलाई यसैगरि लाग्न नगर प्रमुख खत्रीले आव्हान गर्नुभयो ।
कार्यक्रममा नगरकोट भ्रमण वर्ष–२०८२ को सचिवालयका बिज्ञ  डा. घनश्याम खतिवडाले अथाह पर्यटकीय गन्तव्य रहेको र पर्यटक प्रर्बद्धनमा अथाह सम्भावना रहेको चाँगुनारायण नगरपालिका क्षेत्रलाई पर्याप्त प्रचारप्रसार गर्दै पर्यटकीय गतिबिधि बढाउन सके ओझेलमा परेका गन्तव्यमा पनि पर्यटकको आगमन बढ्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समूहका अध्यक्ष सुरेशराज गिरीले ओझेलमा परेको पर्यटकीय क्षेत्र ताथली, सुडाल, नालागढीँलगायतका बिभिन्न क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उदेश्यले आज आयोजना गरिएको साइकलिङ तथा हाइकिङ कार्यक्रम पर्यटकको आगमन बढाउने बताउनुभयो ।
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सिमानामा रहेको ब्रम्हायणी मन्दिर परिसरबाट सुरु भएको साइकलिङ तथा हाइकिङ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सहयोग पुर्याई पर्यटकलाई आकर्षित गर्न टेवा पुग्ने बताउनु भयो ।
भक्तपुर, काठमाडौं र ललितपुरलगायतका बिभिन्न क्षेत्रबाट सहभागि भएका २५० साइकल यात्रीको सहभागिता रहेको यात्रा ब्रम्हायणी मन्दिरबाट सुरु भई इथाचा–चुनदेवी मन्दिर, डाडाँपाटी–धाराकुलो फैडोका, कडेलापाला दक्षिणकाली मन्दिर,गिरी, बस्नेत, खड्का, छँुका टोल, देवी मा.वि. सौडोल–गँचा, माथिल्लो खड्का, बुढाथोकी टोल, गोेठाले चौर (बस्नेत स्टोर), ताथली पुल, नालाछाप चिलाउने घारी–अमलडोल (नाला मुम्बा, गुम्बा, पुजारीपाटी–चट्टान अभिलेख,  खावा भ्यू टावर, नाला भ्यू टावर,  कलससी–ठूली ब्रम्हायणी मन्दिर, सुडाल बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर, साखकर्मी टोल, फैढोकामा आज अपरान्ह २५ किलोमिटर यात्रा सम्पन्न गरिने अध्यक्ष गिरीले बताउनुभयो ।
साइकलिङ तथा हाइकिङका व्यबस्थापक नविन बस्नेतले प्रत्येक सहभागिलाई ५० हजार बराबरको दूर्घटना बिमाको व्यबस्था गरिएको जानकारी दिदै साइकलिङ गर्दा हुने दुर्घटना वा स्वास्थ्य सेवाको लागि नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरिएको उहाँले बताउनुभयो । साइकलिङ तथा हाइकिङ यात्रामा बिभिन्न ठाउँमा यात्रीलाई स्वागत सत्कार गरिएको छ ।
सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन शूरु, पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र विषयगत समितिका प्रतिवेदन सर्वसम्मत पारित

सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन शूरु, पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र विषयगत समितिका प्रतिवेदन सर्वसम्मत पारित

भक्तपुरमै पहिलो पटक ‘फिस टनेल एक्स्पो २०८२’ सुरु
भक्तपुर, ६ असार. । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा आजबाट ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको आज भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नुभयो ।
एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ । साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै दोश्रो पटक र भक्तपुरमै पहिलो पटक समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो अनुभव हुने गरी फिस टनेल र सुनामी राइड सञ्चालनमा ल्याएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष महतले भन्नुभयो, “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सक्नेछन् । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत रहको छ ।”
दुर्लभ तथा रंगीन समुद्रमा पाईने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुदै ल्याईएको छ । एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताउनु भयो ।
समुद्री लहरजस्तै हल्लिएको अनुभूति हुने ‘सुनामी राइड’ एक्स्पोको अर्को आकर्षणको रुपमा रहेको छ । सुनामी राइडमा आगन्तुकहरूले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन् ।
एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङहरु रोटे पिङ, कोलम्बस, ड्रागन राइड, जम्पिङ्गलगायतका बिभिन्न खेलहरुसमेत रहेको छ । साथै नेवारी खाजा, सम्बेबजीलगायत बिभिन्न खानाको परिकार,  गेम जोन र फोटो स्पटसमेतको एक्स्पोमा व्यबस्था गरिएको छ । प्रत्येक दिन एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।
कार्यक्रमको उद्घाटनमा सांसद थापाले यसप्रकारको एक्स्पो यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने बताउदै यसले आन्तरिक पर्यटनको प्रबद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने बताउनुभयो ।  स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन एक्स्पो सफल हुनेउहाँले बताउनुभयो ।
तीनदिने भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु
भक्तपुर, ६ असार. : भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीनदिने भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ ।
भक्तपुरमा पर्यटन प्रबद्र्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरु, माटोको भाडोहरु पौवा चित्रहरु, लत्ताकपडाहरु, बिभिन्न जातका बिरुवाहरु, खाद्यान्नहरुको प्रर्दशनी गरिएको संघका महासचिव नविन प्रजापतिले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले आजबाट सुरु भएको तीनदिने मेलामा करिव ५५ हजारले अवलोकन गर्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, मेलामा स्थानीय खानाका स्टलहरु, रहेको महासचिव प्रजापतिले बताउनुभयो ।
स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्रकल, मूर्ति बनाउने कार्य प्रत्यक्ष रुपमा प्रदर्शनी हुने बताउदै उहाँले मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मेलामा भक्तपुर, लगायत काभ्रे र काठमाडौंबाट आएका उद्यमीलगायतको ४५ वटा स्टर रहेको जानकारी दिदै संघका रुकेश रंजितले मेलामा रु. एक करोडसम्म बीमा व्यवस्था गरिएको बताउनुभयो । आज मेलास्थल कमलविनायकमा आयोजना गरेको उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले मेलाको उद्घाटन गर्नु भएको हो ।
विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ सम्पन्न
भक्तपुर, ५ असार ।
‘मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई
अँगालेर लासमाथि रुन दिन्न तिमीलाई
सारा कथा व्यथा मेरो उपहार दिएको यो
गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।’
साँझ ढल्किएर बाहिर अध्यारो छिप्पिदै गर्दा भक्तपुर दुवाकोटेको सिटी हलभित्र भने गजलको गुञ्जनले दर्शकदीर्घा नतमस्तक बन्दै थियो । भक्तपुरका युवा गजलकार विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ मा प्रहरले सामाजिक विकृति र विसङ्गतिको चिरफार, देशप्रेम, राजनीतिक, मानवतावादी तथा समसामयिक धारका शृङ्गारिक गजलमा वाचन गर्नु भएको थियो ।
त्रिपुरा न्यूजको आयोजना तथा डिजिटल प्रिन्ट लिंक, चाँगुनारायण नगरपालिकलगायतको समन्वयमा सम्पन्न गजल साँझमा गजलकार प्रहरले १० वटा गजल वाचन गर्नु भएको थियो ।
‘मेरै छेऊ बसिदिदाँ, मुटु पनि टाल्न सक्छु,
निरंकुश हृदयको, तिम्रो सत्ता ढाल्न सक्छु,
मलाई सम्झी देश एक्लै, रोयो भने एकान्तमा
विकासको बाटोतर्फ, पाइला मेरै चाल्न सक्छु’
गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटकाबीच प्रहरले आफूले बिभिन्न कालखण्डमा रचना गरेको गजलहरु वाचन गर्नु भएको थियो भने गजल गायक तथा संगीतकार राज सागरले प्रहरका गजलमा संगीत भरेर १० वटा गजल गाउदा सहभागिहरु नतमस्तक भएका थिए ।
प्रहरले गजल वाचन र सागरले सुमधुर स्वरमा गुञ्जिएको गजलले साङ्गीतिक माहोललाई अझै तताएको थियो भने बाहिर दर्किएको पानीको आवाज मधुरो बन्नुका साथै छिप्पदो रातलाई भुलाउन सफल भएको थियो ।
राज सागले ‘अनायासै बाचा कसम तोड्यौ र त बौलाए म’, ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो’, ‘हाँसी हाँसी जिन्दगी यो बाँच्न कहाँ सजिलो छ’, ‘निसासिन्छ किन किन सास तिम्रो सहरमा’ लगायतको गजलहरु गाउदा दर्शकदीर्घा नकतमस्तक बनेको थियो । साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगन्य रूपमा हुने गरेको भक्तपुरमा प्रहरको कार्यक्रममा भने उपत्यकाका स्रष्टा एवं गजल पारखीको सहभागिता रहेको थियो । नेपालको शैक्षिक प्रणाली र अस्थिर राजनीतिक क्रियाकलापले बेरोजगारी बढेको र युवा विदेशिएकामा प्रहरले चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्साए ।
‘उब्जाएर बस्न पनि एक धुरको पाखो छैन
खाऊँ भने जागीर साथी, फरियाको नातो छैन
योग्यताको प्रमाणपत्र लत्याएर विदेशिन
मन लाग्छ तर त्यहाँ नेपालको माटो छैन ।’
राजनीति र युवाको विदेश मोहप्रति प्रति चोटिलो व्यङ्ग्य गर्दै प्रहरले वाचन गरेको यो गजललाई भने तालीले निकै सम्मान दिएको थियो ।
‘परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश,
बिना कसुर जेल पर्दा छातीभरि दुख्छ देश ।
पराइको उक्साहटमा भाइभाइको लडाइँले,
घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश ।
कोट्याउँदै घाउ लगाउँदै छौ मल्हम,
फेरि भन्छ्यौ उल्टै भयो दुख्न अलि कम ।’
सागरका गजलमा ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो’ लगायतले रात्रीकालिन माहौललाई निकै तताउन सफल भएको थिया् । कार्यक्रमको भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भएको थियो ।  बेवारिसे शव व्यबस्थापन गर्दै आएका समाजसेवी विनय महतलाई कार्यक्रममा प्रहरले बेवारिसे शव व्यबथापनमा टेवा पुर्याउन नगद रु. ५० हजारसहित सम्मान गर्नु भएको थियो ।
वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला

भक्तपुर, २ असार । सूर्यविनायक नगरपालिका–७, गुण्डुमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार मञ्चको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम सूर्यविनायक नगरपालिका वडा नं. ७ को कार्यालय भवनको सभा हलमा आयोजना भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष रविन्द्र सापकोटाले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै सापकोटाले वडामा हाल विकास निर्माणका काम सम्पन्न भएको र केहि भइरहेको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो ।

विकास निर्माणको काम सुस्त भएका विभिन्न योजनाहरु पुर्व उद्योग मन्त्री महेश बस्नेतको पालामा नगरपालिकाको सिमित बजेट पुर्व मन्त्री बस्नेतले यस ठाउँ र समग्र भक्तपुरको लागि धेरै बजेट पारेकोले पनि अहिले गुण्डुमा जति विकासका काम भएको छन त्यो कुराले सम्भव भएको बताउनुभयो । हाल जहाँ विकासको काम हुन बाँकी छ, त्यो वडाले गर्न सम्भव छैन आउने बजेट पनि रोकिएकोले स्वीमिङ पुल र फुटसल लगाएतको विकासको काम पुरा हुन नसकेको बताउनुभयो । स्थानीयको प्रश्नको उत्तर दिदै अध्यक्ष सापकोटाले गुण्डुमा विकासले गति नलिएको कारण के होला आफैलाई प्रश्न गर्नुपर्ने बताउनुभयो ।

गण्डुको प्लटिङको अनुमति किन दिएको भन्ने प्रश्नमा वडा अध्यक्ष सापकोटाले ८ महिनासम्म अनुमति नदिएको पछि सहकारीमा राखेको पैसा बचत कर्ताहरुलाई फिर्ता गर्न नसक्दा जग्गा दिने सहमति अनुसार नियम पुर्वको पछि आएकोले वडाले हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पार्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव, वडा सदस्यहरू, खानेपानीका अध्यक्ष, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष सापकोटाले दिनुभएको थियो ।

आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन ऋसिकेस श्रेष्ठले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार तथा मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले मन्तव्य राखेका थिए ।
क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले वडालाई सल्लाह दिदै स्थानीयहरुको जनगुनासो छिटोभन्दा छिटो समाधान होस र विकासका कामहरु सबै पुरा गर्नका लागि सुझाव समेत दिनुभएको थियो ।

‘वडागत सार्वजनिक सुनुवाई’ कार्यक्रम

भक्तपुर, २ असार । सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले नगरपालिका भित्रको सनो वडा भएपनि बिकासका कामहरु तिब्र गतिमा अगाडि बढिरहेको बताउनु भएको छ ।

क्रियासिल पत्रकार मञ्च भक्तपुरले सूर्यविनायक नगरपालिकाको समन्वयमा आज सोमबार सूर्यविनायक नगरपालिका–६, पाण्डुबजारस्थित वडा कार्यालयमा आयोजना गरेको ‘वडागत सार्वजनिक सुनुवाई’ कार्यक्रम उहाँले तिब्र गतिमा वडामा बिकासको कार्यमा अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकासका लागि हामी लागिरहेका छौँ, तिब्र गतिमा काम भइरहेको छ । चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाको दुई करोड ६० लाख रुपैयाँ र प्रदेश सरकारको ३० लाख र अन्य गरि तीन करोड ३० लाखको बजेटमा काम भएको बताउनुभयो । वडा कार्यालयले सडक, ढल, सामुदायिक भवन, खानेपानी, शिक्षा, स्वास्थ्य, महािललाई आत्मनिर्भर, तालिम, सचेतना कार्यक्रम लगायत बिभिन्न कार्यक्रहरु आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागि हुनु भएको वडावासीबाट आएका बिभिन्न जिज्ञासाको जवाफ दिनुको साथै आएको सुझाबलाई कार्यान्वयनमा लैजाने बताउनु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष ईश्वर खड्काले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै खड्काले वडामा हाल विकास निर्माणका काम सम्पन्न भएको र केहि भइरहेको बताउनुभयो ।

कार्यक्रममा वडासचिव श्रीमिला श्रेष्ठले वडाले प्रवाह गर्दै आएका सेवा, वडाबाट वितरण भएको बिभिन्न सिफारिसहरु, दर्ताहरु, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नु भएको थियो । उहाँले सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे बतानु भएको थियो । क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष एवं कार्यक्रमका सभापति रमेश गिरीले वडालाई सल्लाह दिदै स्थानीयहरुको जनगुनासो छिटोभन्दा छिटो समाधान गर्न र विकासका अधूरा कामहरु सबै पुरा गर्नका लागि सुझाव दिनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय अम्बर बहादुर कार्की, पुष्पप्रसाद दुलाल, सम्राट देशेमरु, मधुसुदन चालिसे, पुष्पा तामाङ्ग, बद्री देउजा, हरिप्रसाद राजथला, रामगोपाल त्यावयना, विद्यालयकी प्रधानाध्यापक क्रिष्मा ठोकर, कृष्णगोमा चाूगुठी, मुकुन्द चौलागाईलगायतका वक्ताहरुले बिभिन्न जित्रासा राख्नु भएको थियो ।
कार्यक्रममा वडासदस्यहरु, स्थानीय तथा विद्यार्थीहरु, शिक्षकहरु, बिभागिय प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष खड्काले दिनुभएको थियो ।

सूर्यविनायकका मेयर थापालाई शेरबहादुरको सम्मान
भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापालाई सम्मान गर्नु भएको छ । आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले नगर ्रमुख थापालाई सम्मान पत्र र बुद्धको मूर्ति प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
प्रतिष्ठान भवन निर्माणको लागि नगरपालिकाले जग्गा प्रदान गर्नुका साथै प्रतिष्ठान भवन निमााको लागि नगरपालिकाले पटक पटक गरि रु. ४० लाख रुपैया सहयोग गरेको स्मरण गर्दै उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा काँग्रेस सभापति देउवाले सूर्यविनायकका मेयरले नगरपालिकाको बिकास समान रुपमा अगाडि बढाएको थाहा पाउँदा खुसी लागेको बताउनुभयो । काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधिले सूर्यविनायक नगरपालिकमा सशल शासन सञ्चालन भएको पुष्टी गरेको बताउदै सबलाई समान गरेर बिकासमा अगाडि सूर्यविनायकंग सिक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख थापाले जनताको मतबाट विजयी भएर नगर प्रमुख हुँदा आपूm एउटा पार्टीको मात्रै नभई सिंगो नगरवासीको मेयर भकाले कसैलाई पनि विभेद नगरी बिकास अगाडि बढाएको बताउनु भयो ।
उहाँले नगरपालिकामा एमाले र काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले मिलेर विभेद नगरी समान रुपमा बिकासलाई अगाडि बढाएको र अधिकांश भौतिक बिकास गरेको, सडक, पुल भवन, शिक्षा, स्वास्थ्यमा नगरपालिकाले समान रुपमा बिकास गरेको बताउनुभयो ।  राधेश्याम जोन्छेँ प्रजातन्त्र प्राीतको योद्धा भएकाले उहाँको नाममा भवन निर्माणका लागि स्थानीय सरकारको हैसियतले सहयोग गरेको बतउनुभयो ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह
भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासंग नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह गर्नु भएको छ ।
आज सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसंग अन्तरक्रिया गर्ने क्रममा सभापति भेषबहादुर कार्कीले भक्तपुरलाई एउटा मन्त्री दिलाइदिन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका काँग्रेस सभापति देउवालाई उहाँले भन्नुभयो, “सबै नेताले आफ्नो जिल्लामा मन्त्री लगिसके, हाम्रो जिल्लाले कहिले मन्त्री पाउँला, हामीलाई पनि अप्ठ्यारो भो सभापति ज्यू, हाम्रो जिल्लालाई एउटा मन्त्री दिलाईदिनु पर्यो ।”
उहाँको प्रस्तावमा सहमत जनाउँदै पार्टी सभापति देउवाले मन्त्री दिलाईदिने वचन दिनुभयो । त्यसो त प्रतिनिधिसभाको निर्वाचनको अगाडि मध्यपुरथिमिमा भएको भेलामा भक्तपुरमा सांसदमा विजयी भए मन्त्री दिलाईदिने वचन दिनभएको थियो । निर्वाचनमा एमालेका नेता महेश बस्नेतलाई पराजित गर्दै काँग्रेसबाट दूर्लभ थापा विजयी भएसंगै भक्तपुरका काँग्रेस नेताले दूर्लभ थापालाई मन्त्री बनाइदिन माग गर्दै आएका छन् ।
सभापति देउवाले भन्नुभयो, “काँग्रेसलाई बलियो बनाउँनस्, पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नुस् । काँग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नुस् ।”
कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधि, भक्तपुर काँग्रेस सभापति दुर्लभ थापालगायतले विकासका लागि पनि भक्तपुरलाई मन्त्री
आवश्यक भएको औल्याउनु भएको थियो ।
शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण
भक्तपुर, २५ जेठ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिएका पार्टीका नेताहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नु पर्ने बताउनु भएको छ ।
आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
जोन्छेँले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गर्दै उहाँले त्यस्ता व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरि देशभर फैलाउँदै प्रेरणा दिनुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँले लोकप्रिय नेता हुनुहन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”
कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधीले अहिले संसद चल्न दिने कि नदिने भन्ने निर्णय माओवादीको हातमा रहेको बताउनु भएको छ । संसद अबरुद्ध गर्ने समय अहिले नभएको भन्दै उहाँले भन्नुभयो, “अहिले ससद अबरुद्ध गरिरहेको छ । भिजिट भिषाकोबारेमा छानबिन हुदैछ । रबि लामिछानेको जस्तो होइन, भिजिट भिषाको विषय, त्यसैले ससद अबरुद्ध खाल्नु पर्छ ।” पटक पटक जनतालाई धोका दिने राजा फेरी ल्याउँछौ भनेर निरर्थक यात्रामा लाग्न नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा जोन्छेँको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगर प्रमुख वासुदेव थापासहित बिभिन्न व्यक्तिहरुलाई सभापति देउवाले सम्मान गर्नुभयो । कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रस्य सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दूर्लभ थापाले जोन्छेँको योगदानलाइ पार्टीले भुल्न नहुने चर्चा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं जोन्छेँकी पत्नि रजनी जोन्छेँ, प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीलगायतले भवन निर्माणमा रु. एक कराड १० लाख खर्च भएको, सूर्यविनायक नगरपालिकाले पटक पटक गरि रु. ४० लाख सहयोग गरेको, बिभिन्न मन्त्रालयबाट रकम प्राप्त भएको र दाताहरुले समेत सहयोग गरेको बताउनुभयो ।