बालेनले दिए नेपाली सेना र प्रहरी कार्यालयलाई बहाल कर बुझाउन १० दिने अल्टिमेटमल

काठमाडौँ, २३ भदौ । काठमाडौं महानगरपालिकाले नेपाली सेना र प्रहरीसहित तीन सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको महानगरपालिकाका विभागीय प्रमुख शिवराज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार ती अन्तर्गतका कार्यालयले आफ्नो क्षेत्रभित्र बहालमा लगाएका थिए। उनीहरूले बहाल लगाई आम्दानी गरेको कर बुझाउन महानगरले पटक-पटक ताकेता गर्दै आएको उनले‍ बताए। ताकेता गर्दा पनि अहिलेसम्म कर नबुझएकाले सम्बन्धित निकायलाई बहाल आम्दानीको विवरणसहित कर बुझाउन समयसीमा दिइएको हो।

महानगरले वडा कार्यालयमा गई नियमानुसारको जरिवानासहित बहाल कर बुझाउन भनेको छ। यी निकायले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  राहत, उद्धार मात्रै होईन पुर्नस्थापनाका लागि पनि प्रदेश सरकारले काम गर्छ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा