लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउँछु : काँग्रेस सभापति गगन थापा
ललितपुर, ३१ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताउनु भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उहाँले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने समेत बताउनुभयो ।
“आगामी चार वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिने छौँ, कांग्रेसलाई आजको नेपाली समाजका प्रश्नको जवाफ दिनसक्ने वैचारिक नेतृत्वका रूपमा अघि बढाउने, सङ्गठनलाई आधुनिक बनाउने छौँ, युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना छ, पार्टीभित्र सहमत र असहमत सबै पक्षलाई समेटेर अघि बढ्ने तथा नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उहाँले भन्नुभयो ।
सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको उल्लेख गर्दै आफूबाट गल्ती भए त्यसको भार पार्टीले बोक्न नहुने उहाँको भनाइ छ । उहाँले व्यक्तिका कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट पार्नुभयो ।
हालैको प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँलाई तडकभडक पूर्ण रूपमा नमनाउने कांग्रेसको निर्णय रहेको उहाँले जानकारी दिनुभयो । विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारसँग जोडिएर चाड मनाउन र सामाजिक सद्भाव कायम राख्न उहाँले पार्टीका नेताकार्यकर्ता तथा आमनागरिकलाई आग्रह गर्नुभयो ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले छोटो समयमा तय भएको कार्यतालिकाका आधारमा पनि निर्वाचन सम्पन्न भएको भन्दै नेपाली कांग्रेसको इतिहासमा नै १६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएर केन्द्रीय महाधिवेशन हुन सफल भएको जानकारी गराउनुभयो ।
उहाँले नवनिर्वाचित सभापति थापालाई देशमा बढ्दै गएको राजनीति अनुशासनहीनतालाई सही दिशामा ल्याउन, सार्वभौम सत्ताको संरक्षणमा लाग्न, सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र मानव अधिकारको रक्षा गर्न सक्षम हुनेगरी अगाडि बढ्न आग्रह गर्नुभयो ।
External comments notice: You may need to sign in to the external service to view or post comments.