दुवाकोटवासीलाई केएमसीद्धारा उपचारमा २५ प्रतिशत छुट, वडा अध्यक्ष सिजन कार्कीद्धारा हस्ताक्षर
भक्तपुर, ३ चैत : चाँगुनारायण नगरपालिका दुवाकोटका स्थानीयवासीलाई काठमांडौं मेडिकल कलेज (केएमसी) दुवाकोटले स्वास्थ्य उपचारमा २५ प्रतिशत शुल्कमा छुट दिने भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. १ र २ को क्षेत्रभित्र सञ्चालित यस अस्पतालले स्थानीय जनप्रतिनिधिको मागलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सहज र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि छुटको व्यबस्था गरेको हो । अस्पतालले दुवाकोटमा शैक्षिक कार्यक्रमतर्फ चिकित्सा, नर्सिङ्ग, डेण्टललगायतको शैक्षिक कोर्षहरु सञ्चालन गर्दै आईरहेको छभने स्वास्थ्य सेवा पनि प्रवाह गर्दै आइरहेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष सिजन कार्की, वडा नं. २ का वडाध्यक्ष सोम प्रधान र अस्पताल प्रशासनका तर्फबाट नारायणप्रसाद दाहालले लिखित सम्झौता पत्रमा हस्तक्षर गर्दै यो सेवालाई तत्काल लागू गर्ने निर्णय गरेको छ ।
सम्झौता अनुसार अस्पतालले बहिरंग (ओपिडी) सेवा, सामान्य शैया (जनरल बेड), आईसियू, एचडियु, सिसियू, शल्यक्रिया सेवा शुल्क, ल्याब, सिटी स्क्यान, एमआरआई, एक्सरे, यूएसजी, ओपिजी, ईसिजी, ईन्डोस्कोपी, कोलोनोस्कोपी, एनपिएल, ईको, मुटु रोग सम्बन्धी परीक्षणहरु (ईको, टिएमर्टी, होल्टर, एबिपिएम, ईसिजी, एनसिटी, एनएसटी), फिजियोथेरापी, दन्त सेवा सम्बन्धी सबै उपचार, ईआरसिपी, एमआरसिपी, क्याथ ल्याब सेवामा २५ प्रतिशत छुट दिने भएको छ । विरामीले जनरल शैयाबाहेक क्याबिनको शुल्कमा भने १० प्रतिशत मात्रै छुट दिने सम्झौमा भनिएको छ ।
अस्पतालले स्थानीयवासीको परिचयपत्र खुल्ने कुनै पनि परिचय पत्र लिएर अस्पताल आउँदा अस्पतालमा सञ्चालित सेवाहरुमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने सहमति गरेको वडा नं. १ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सम्झौता लागू भइसक्यो, छुट सेवा लिएर उपचार गर्न अब टाढा जानु पर्दैन, दुवाकोटवासीले २५ प्रतिशत छुटमा आजैबाट उपचारको सेवा पाउँनेछन्, यसबाट यहाँका बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरेका छौं ।’
अस्पतालले नेपाल सरकारद्धारा सञ्चालित स्वास्थ्य सेवा एवं सुबिधाहरु मध्येको सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, विपन्न नागरिक, जेष्ठ नागरिक र औषधि उपचार कोषमा आबद्ध भएकाहरुको हकमा सरकारले उपलब्ध गराएको सुबिधा लिएपछि मात्रै अस्पतालले दिने छुट सेवा पाईने र अन्यको हकमा भने सुरुबाटै २५ प्रतिशत छुटको व्यबस्था गरिने सम्झौतामा उल्लेख छ ।
के के सेवामा पाईन्छ, छुट, यस्तो छ सम्झौता हेर्नुहोस :


तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
