सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण
भक्तपुर, ७ भदौ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आज मध्यपुरथिमिमा कवि सूर्यप्रसाद लाकोजूको कविता संग्रह ‘एक झुल्को घाम’ को आज लोकार्पण गर्नु भएको छ ।
कार्यक्रममा कलाकार श्रेष्ठले साहित्यकार राष्ट्रिय गौरव भएको बताउदै साहित्यले देशको यथार्थ बोल्ने बताउनुभयो । उहाँले नेपाली साहित्यको भण्डारणमा एउटा नयाँ कृति थपिएको चर्चा गर्नुभयो ।
लोकार्पण समारोहमा समालोचकद्वय डा. ज्ञानु अधिकारी र रमेशचन्द्र अधिकारीले ‘एक झुल्को घाम’माथि समीक्षात्मक टिप्पणी गर्दै कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे चर्चा गर्नुभयो ।
कृतिका सर्जक सूर्यप्रसाद लाकोजूले आफ्नो सिर्जनायात्रा, कविता लेखनको पृष्ठभूमि तथा ‘एक झुल्को घाम’ तयार हुँदासम्मका अनुभवबारे चर्चा गनुएभयो । साहित्यकार वसन्त नकर्मी, राजुराम मुनकर्मीलगायतले कविाता संग्रहको समिक्षा गर्दै समाज परिवर्तनको संवाह बन्ने बताउनुभयो ।
कार्यक्रममा बुद्धिकृष्ण घो, ध्रुवकृष्ण ताम्राकार, हिसिलिना शाक्य, रहेना मानन्धर नकर्मीलगायतका कविहरूले कृतिमा समेटिएका कविता वाचन गर्नु भएको थियो ।–––
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0