सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न

प्रतिस्पर्धामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद रु २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागि प्रतिस्पर्धी सबै टोलीले धिमे बाजा टोलीलाई नगरपालिकाले नगद पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगत तर्फबाट सहभागि १० वटा टोलीलाई थप ५/५ हजार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ ।
वागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले उद्घाटन गर्नु भएको थियो । मुख्यमन्त्री थापाले धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धनमा प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभयो । उहाँले मौलिक कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाट गरिने प्रयासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
विजयी टोलीलाई नगर प्रमुख थापाले पुरस्कार वितरण गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बतउनुभयो । उहाँले प्रतियोगितालाई जित–हारको विषयभन्दा पनि मौलिक संस्कृति संरक्षण गर्ने अभियानका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले प्रतियोगितामा नगर भित्रका १३ वटा धिमे बाजा टोलीले प्रतिस्पर्धा गरेको बताउनुभयो । यो प्रतियोगिताले परम्परागत नेवारी कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको र स्थानीय कला, संस्कृति र मूर्त तथा अमूर्त कलाको संरक्षण हुने बताउनुभयो ।
परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत
– नारायण थापा
नुवाकोट, २२ असोज । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ।
मण्डलीले बाढीपीडितका लागि नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्रीमा १५ हजार २५० किलो चामल, ६ हजार १२५ किलो दाल र २ हजार लिटर खाने तेल रहेका छन्।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत होमनाथ दाहालले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढीबाट प्रभावित परिवारको लागि आज राहत स्वरुप चामल, दाल र तेल हस्तान्तरण गर्नुभएको छ । हाल दशैको समयमा खाद्यान्न अभाव भएको उचित समयमा राहत वितरण गर्नुभएको छ । राहत वितरण गर्न यहाँसम्म आउनुभएको सबै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सबै सदस्यहरुलाई धन्यवाद दिनुभयो ।
यस्तैगरी कार्यक्रममा पुर्वधार विकास कार्यालय नुवाकोटका इन्जिनियर रबिन खातीले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढी पिढितका लागि खाद्यान्न ल्याउनुभएको छ, यसले खाद्यान्नको अभाव भएको यस जटिल अवस्थामा राहत वितरण गर्नुभएकोमा मणडलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निलम बाबु ढुङ्गेलले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आपत्कालिन अवस्थामा राहत आएको थियो हाल दाताहरुको कमिले खाद्यान्नको चरम अभाव भएको अवस्थामा तपाईहरुले आज खाद्यान्न ल्याईदिनुभयो । आज मात्र नभएर अन्य समयमा पनि सहयोगको अपेक्षा राखेका छौ आउने दिनहरुमा हाम्रो नगरपालिका र वडाको तर्फबाट गर्नुपर्ने सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढीबाट प्रभावित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्याउने तथा खाद्य आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको मण्डलीले जनाएको छ।
गत भदौ १० मा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीका कारण घर, सडक, पुल तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको थियो। सरकारको प्रारम्भिक सर्वेक्षणअनुसार करिब ७ हजार ५७० घरमा क्षति पुगेको र करिब ३२ हजार ९०० जना प्रभावित भएको उल्लेख गरिएको छ।
मण्डलीका अनुसार उक्त राहत सहयोग जलवायु उत्थानशीलताका लागि सञ्चालन भइरहेको ‘द्यगष्मि ज्यउभ१’ अभियानअन्तर्गत गरिएको हो। अभियानले बाढी, भारी वर्षा, अत्यधिक गर्मीलगायत जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग गर्नुका साथै विपद्को जोखिम न्यूनीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने उद्देश्य राखेको छ।
मण्डलीका एक प्रतिनिधिले विपद्का कारण परिवार तथा जीवनयापनको आधार गुमाएर कठिनाइमा रहेका प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै राहत सहयोगले उनीहरूको दैनिक जीवन पुनःस्थापना गर्न केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। राहत सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी मण्डलीका विश्वासीहरूले पनि बाढीपीडितहरू छिट्टै सामान्य दैनिक जीवनमा फर्कन सकून् भन्ने कामना गरेका थिए।

परमेश्वरको मण्डलीका विश्वासीहरूले नेपालमा यसअघि पनि आपत्कालीन राहत, रक्तदान, वातावरण सरसफाइ तथा पुनःस्थापनालगायत विभिन्न सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ। सन् २०१५ को विनाशकारी भूकम्पका समयमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्नुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको मण्डलीको भनाइ छ।
मण्डलीका अनुसार नेपालमा हालसम्म ७२ हजार ६८८ जनाले १ हजार ८४ वटा सामाजिक सेवाका गतिविधिमा सहभागिता जनाएका छन्। मानवीय तथा सामाजिक सेवाका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न निकायबाट प्रशंसा तथा कदरपत्र प्राप्त भएको पनि मण्डलीले जनाएको छ।

मण्डलीले बागमती प्रदेशका भरतपुर र काठमाडौं, कोशी प्रदेशको सुन्दरहरैंचा, लुम्बिनी प्रदेशको नेपालगन्ज तथा कर्णाली प्रदेशको वीरेन्द्रनगरलगायत विभिन्न स्थानमा वातावरण सरसफाइ तथा समुदाय केन्द्रित सेवामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। त्यसैगरी स्थानीय समुदायमा रगतको अभाव कम गर्न नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
मण्डलीका अनुसार ‘निस्तार(चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ अन्तर्गत नेपालमा हालसम्म ५४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
परमेश्वरको मण्डलीको स्थापना सन् १९६४ मा दक्षिण कोरियामा भएको हो। मण्डलीका अनुसार विश्वका १७५ राष्ट्रका ७ हजार ८०० भन्दा बढी क्षेत्रमा करिब ४० लाख विश्वासी रहेका छन्। मण्डलीले सामाजिक सेवा, वातावरण संरक्षण, रक्तदान तथा विपद् राहतलगायत क्षेत्रमा विश्वव्यापी रूपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
मण्डलीका अनुसार यस्ता सामाजिक तथा मानवीय सेवाका लागि विभिन्न देशका सरकारी तथा गैरसरकारी निकायबाट ६ हजार २०० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त भएका छन्।

मन्त्री तामाङद्धारा दशैं रमाइलो महोत्सव –२०८३ को उद्घाटन, सल्लाघारीमा भव्य रुपमा सुरु भयो, दशै मेला

देशमा स्थायी शान्तिको कामना गर्दै मध्यपुरमथिमिका सयौ महिलाले पुरा गरे उपत्यकाका चार गणेश मन्दिरको धार्मिक
भक्तपुर, १३ असोज। देशमा स्थायी शान्तिको कामना गर्दै मध्यपुरमथिमिका सयौ महिलाले पुरा गरे उपत्यकाका चार गणेश मन्दिरको धार्मिक यात्रा रमेश गिरी राष्ट्रिय समाचार समिति (रासस) भक्तपुर, १३ असोज : मध्यपुर थिमि नगरपालिका–६ दुवाफल्चा टोलवासी एवम दुवाफल्चा भजन मण्डलको आयोजनामा आज उपत्यकाका चार गणेश मन्दिरको धार्मिक यात्रा तथा विशेष पूजा गरिएको छ । 
नेवारी परम्परागत पोसाकमा सजिनएका सयौ महिलाहरुको सहभागितामा बिभिन्न नेवारी बाजासहित मध्यपुरथिमिको दुवाफल्चाबाट आज बिहान सुरु भएको धार्मिक यात्रा चपाचो र सिद्धिकाली हुँदै उपत्यकाका चार गणेश मन्दिरसम्म यात्रा गरेका छन । भक्तपुरको सूर्यविनायक, चोभारको जलविनायक, काठमाडौंको मरूटोलस्थित अशोकविनायक र चावहिलको चन्द्रविनायक मन्दिर पुगेर नेवारी परम्पराअनुसार वोः छायगु अर्थात् भोज चढाई विशेष पूजा गरिएको सावित्री प्रजापतिले जानकारी दिनुभयो ।
धिमे तथा बाँसुरी बाजा बजाई परम्परागत नेवारी पोशाक हाकुपटासीमा सजिएका सयौ महिलाहरू लामबद्द भएर आ-आफ्नो गच्छेअनुसार विभिन्न प्रकारका भोजन, फलफूल तथा प्रसाद मन्दिरमा प्रमुख चार गणेशको पूजा गर्दै धार्मिक यात्रा गरेको उहाँले बताउनु भयो । 
मुख्यमन्त्री थापाद्धारा जिब्रो छेड्ने श्रेष्ठलाई रु. दुईलाख सहित सम्मान प्रदान


भक्तपुरमा आज इन्द्र जात्रा इन्द्रायणीलाई द्यो छेँ बाट देवराज इन्द्रको खट जात्रा गरि देश घुमाइदै

शिक्षा मन्त्रालयले वर्षा र बाढीको जोखिमका कारण दुईदिन शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन
काठमाडौं, ७ असोज । शिक्षा मन्त्रालयले वर्षा र बाढीको जोखिमका कारण दुईदिन शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । वंगालको खाडीबाट शुरु भएको मौसमी प्रणालीले नेपालमा समेत असर गर्ने प्रक्षेपण भईरहेका बेला शिक्षा मन्त्रालयले विहीबार र शुक्रबार दुईदिन विद्यालय लगायत शैक्षिक संस्थामा विदा दिन निर्देशन दिएको हो ।
बुधबार साँझ मन्त्रालयले दुई छुट्टाछुट्टै सूचना जारी गर्दै असोज ११ सम्मका परीक्षा समेत स्थगित गर्न भनको छ । देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइलाई समन्वय तथा सहजीकरण गर्न भन्दै चार बुँदे निर्देशन दिएको छ ।
चार बुँदे निर्देशनमा सबै विद्यार्थी एवम् बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्नु गराउनुहुन, सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्कतानुसार स्थगित गर्नुहुन, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नु पर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्नुहुन र अभिभावकहरूले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिनु मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट मौसमको पूर्वानुमान भईरहेको छ ।

ऐतिहासिक एवं साँस्कृतिक गुरु श्रीगोपालको निधन, शव यात्रामा उर्लियो हजारौ नागरिक

Disqus comments are not configured yet.