ऐतिहासिक एवं साँस्कृतिक गुरु श्रीगोपालको निधन, शव यात्रामा उर्लियो हजारौ नागरिक
भक्तपुर, ७ असोज । जिवित सांस्कृतिक धरोहर तथा शताब्दी पुरूषका नामले परिचित ऐतिहासिक एवं साँस्कृतिक गुरु श्रीगोपाल प्रजापतिको आज ९६ वर्षको उमेरमा निधन भएको छ ।
मध्यपुर थिमिका सांस्कृतिक धरोहर, संगीतका साधक तथा ऐतिहासिक र परम्परागत संगीत एवं नृत्यगुरु श्रीगोपाल १९८७ सालमा जन्मिनु भएका उहाँको उपचारको क्रममा आज नेपाल कोरिया मैत्री अस्पतालमा निधन भएको हो ।
थिमि कला परिषद्का संस्थापक अध्यक्ष, मध्यपुर थिमिमा नागरिक अभिनन्दनबाट विभूषित, साँस्कृतिक धरोहरका रुपमा परिचित श्रीगोपाल भैरब नाच, महाकाली नाच, अष्ट मातृका नाच, लाखे नाचलगायत बिभिन्न लोपोन्मुख नाचहरु र धिमे बाजा धाँ बाजा, मादल, बाँसुरी र विभिन्न बाजाको संरक्षणदेखि पुस्तान्तरण गर्दै आउनु भएको परिषद्मा महासचिव ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको योगदानको कदर गर्दै यसअघि मध्यपुरथिमि भव्य नागरिक अभिनन्दन गरिएको थियो । उहाँको आज अस्पतालदेखि हजारौ स्थानीयको सहभागितामा गरिएको शव यात्रा मध्यपुरका बिभिन्न क्षेत्रको परिक्रमा गर्दै बोडेस्थित घाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिएको थियो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0