दसैँ मनाउन घर फर्किँदै गरेका तीन युवतीको सुनकोशीमा जीप खस्दा मृत्यु, तीन बेपत्ता
खोटाङ । दसैँ मनाउन काठमाडौँबाट घर फर्किँदै गरेका यात्रु सवार सुमो जीप सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोशी नदीमा खस्दा तीन युवतीको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्।
आइतबार बिहान करिब २ः३० बजे मध्यपहाडी लोकमार्गको नागथान खण्डबाट को १ ज २९७६ नम्बरको सुमो सडकबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। सुमोमा चालकसहित १० जना सवार थिए। उनीहरू शनिबार राति करिब ११ बजे काठमाडौँबाट खोटाङतर्फ प्रस्थान गरेका थिए।
दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङकी २१ वर्षीया युपना राई, सोही ठाउँकी काव्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन्। उनीहरू दसैँ मनाउन घर फर्किँदै गरेका थिए।
स्थानीयका अनुसार युपना र काव्या काठमाडौँमा बसेर अध्ययनसँगै सामान्य रोजगारीमा संलग्न थिए भने स्वस्तिका एसईई परीक्षाको तयारीमा थिइन्। घरपरिवारसँग दसैँ मनाउने खुसी बोकेर यात्रामा निस्किएका उनीहरूको दुर्घटनामा ज्यान गएपछि खोटाङमा शोक छाएको छ।
दुर्घटनामा परी लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ।
घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अङ्कित विश्वकर्मा र सुमो चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा रहेका छन्।
गम्भीर घाइते सम्झना राईलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ। शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने चालक आशिषको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थल पुगेका प्रहरी टोलीले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरे पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन।
दसैँको खुसी साट्न परिवारको काखमा फर्किँदै गरेका युवतीहरूको असामयिक निधनले आफन्तजन, परिवार र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी तथा घाइतेहरूको उपचार जारी छ।