राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत प्रस्थान
काठमाडौँ, ६ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गर्नु भएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जान भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
सभापति लामिछाने धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गदै आफ्नो भारत भ्रमण नितान्त व्यक्तिगत र धार्मिक भ्रमण भएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चना गर्ने बताउनुभयो । उहाँको साथमा उहाँको श्रमिति निकिता पौडेलको पनि सहभागिता रहेको छ ।


