६५ औं विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न
भक्तपुर, ७ कात्तिक : नेपाल भाषा साहित्यको संरक्षण, प्रवद्र्धन तथा मातृभाषाप्रतिको जागरण अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ६५ औं विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न भएको छ ।
विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको सम्मेलनमाा वरिष्ठ साहित्यकार प्रा. नर्मदेश्वर प्रधानले नेपालभाषा साहित्य तथा भाषा संरक्षणमा योगदान पुरÞ्याए बापत साहित्यकार प्रा. प्रेमशान्ति तुलाधरलाई अभिनन्दन गर्नुभयो ।

सम्मेलनमा नेपाल भाषा विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने सुकुन्तला महर्जन (२०८१) र भिक्षु सोमरत्न महर्जन (२०८२) लाई विराट सुरत्न सिरपा पुरस्कार प्रदान गरिएको छ ।
नेपाल भाषा विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरु, २०८२ को एसईई परीक्षामा नेपालभाषा विषयमा सर्वाधिक अंक प्राप्त गर्ने जगतसुन्दर ब्वनेकुथिका विद्यार्थी कजना (प्बवबलब) श्रेष्ठलाई नेपाल भाषा पदकबाट सम्मानित गरिएको छ ।
नेपालभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा विकासमा लामो समयदेखि योगदान पुर्याउँदै विगत ६४ वर्षदेखि हरेक वर्ष निरन्तर रुपमा भाषा र साहित्यको संरक्षण गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्दै आएको गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले बताउनुभयो ।

नेपाल भाषाको साहित्यिक विकास, मातृभाषाको प्रयोग विस्तार तथा नयाँ पुस्तामा भाषा र संस्कृतिप्रतिको रुचि बढाउने उद्देश्यले आयोजित सम्मेलनमा नेपाल भाषाको साहित्य सिर्जना, वाचन, स्रष्टा सम्मान तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्दै आएक उहाँले बताउनभयो ।
सम्मेलनमा सहभागि साहित्यकारहरुले आफ्ना नेपाल भाषामा लेखिएका बिभिन्न साहित्य रचनाहरु कथा, कविता, गीतलगायत बिभिन्न सिर्जना प्रस्तुत गर्दै साहित्यिक गतिविधिमार्फत नेपालभाषाको मौलिकता, सांस्कृतिक पहिचान र सिर्जनात्मक परम्परालाई उजागर गरेको गुठीका सचिव रामचन्द्र प्रजापतिले बताउनुभयो ।
मातृभाषा संरक्षण र प्रवद्र्धनको अभियानलाई निरन्तरता दिँदै आएको सम्मेलनले भाषा, साहित्य र संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।


