विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलालडीहरुको विदाई

काठमाडौं, २९ कात्तिक । दक्षिण कोरियामा सञ्चालन हुने ११ औं विश्व पारा तेक्वान्दो प्रतियोगिता (जी १४) मा सहभागी हुने खेलाडीहरु सहितको टिमलाई आज शुभकामना सहित विदाई गरिएको छ । संघको कार्यालय, सातदोबाटोमा आइतबार आयाृजित शुभकामना तथा पवदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघको सल्लाहकार परिषदका अध्यक्ष प्रकाश शम्सेर राणाले विदाई गर्नु भएको हो ।

विश्व तेक्वान्दो महासंघ ९ध्यचमि त्बभपधयलमय ० का अनुसार दक्षिण कोरियाको मुजुमा २० देखि २२ नोभेम्बर २०२६, मा हुने विश्व पारा तेक्वान्दो प्रतियोगितामा (जी १४) नेपालको तर्फबाट खेलाडी दिपेश महतले २० नोभेम्बरमा ५८ केजी मुनि (के ४१) र अमिर भ्लोनले २१ नोभेम्बरमा ६३ केजी मुनी (के ४४) मा प्रतिस्पर्दा गर्ने संघका महासचिव एवं टिम व्यवस्थापक हेमन्त डाँगीले जानकारी दिनुभयो ।

विश्व तेक्वान्दो महासंघद्धारा जी १४ को वरियताको मान्यता प्राप्त यस प्रतियोगिताको विश्व तेक्वान्दोको अफिसियल यूट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ । विदाईका अवसरमा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ्ग र काठ्माडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले टोलीलाई उत्कृष्ट प्रर्दशन र नतिजाका लागि शुभकामना व्यक्त गर्नुभयो ।

उक्त विश्व प्रतियोगिता संयुक्त राज्य अमेरिकामा हुने २०२८ पाराओलम्पिक गेम्सको लागि अनुभव बटुलने अवसर र तयारिको लागि महत्वपूर्ण हुने प्रशिक्षक कविराज नेगी लामाले विश्वास व्यक्त गर्नुभयो । विदाईका अवसरमा संघको केन्द्र तथा काठ्माडौं जिल्लाका पदधिकारी लगायत तेक्वान्दो प्रशिक्षकहरुको उपस्थितिमा रहेको थियो ।

यो पनि पढ्नुहोस  भक्तपुरमा तोडियो गठबन्धन, चारवटै पालिकामा दलहरुको उम्मेदवारी दर्ता, काँग्रेस एमालेबाटै वागी उम्मेदवार, मध्यरातीसम्म मनोनयन हुने
प्रकाशित मितिः