सहमहामन्त्री शाह भन्नुहुन्छ : सुनुयोजित रुपमा फसाइयो, तत्काल रिहा गर
भक्तपुर, २० जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाई गर्न माग गरेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनुयोजित रुपमा फसाइ नियम विपरित मुद्धा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।
काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले यही जेठ १३ गते सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा राप्रपा जिल्ला कोषाध्यक्ष चाँगुनारायण नगरपालिका–७ निवासी ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो ।
कित्ता नम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गा सहित बैनाबापत पाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । सोही घट्नामा राप्रपाबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका—७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । वडाध्यक्ष नायजू भने अहिले पनि फरार छन् ।
पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले चुनाव सकिए पछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरुले राप्रपा बिरुद्ध षडयन्त्र गर्दै सुनुयोजित रुपमा फसाएको आरोप लगाउनु भयो ।
देवयानी मुद्धा चलिरहेको यस घट्नामा नियम विपरित दबाब र प्रभाबमा परेर प्रहरीले पक्राउ गरि मुद्धा चलाएको आरोप लगाउदै उहाँले २०७७ चैत ३० गते खोटाङको बुइपा—३ का धनिराम राई र रुपसुन्दर चामलिङलाई बैना गरेको उक्त जग्गा २०७८ पुस २३ गते मात्र नेपाल सरकारको नाउँमा कायम भएको अबस्थामा पनि प्रहरीले सत्य तथ्य अनुसन्धान नगरी पक्राउ गरेको उहाँले जिकिर गर्नु भयो ।
पत्रकार सम्मेलनमा राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछानेले जग्गा लेनदेनसम्बन्धी जाहेरीवाला धनिराम राईसमेत र पक्राउ परेका अधिकारीको बीचमा भएको सम्झौता अनुसार छ महिनाको भाखा राखेर २०७७ चैत ३० गते उक्त जग्गा खरिद बिक्रीको लागि बैनापट्टा गरिए पनि २०७८ पुस ३० गतेको अबस्थालाई जोडेर मुद्धा दर्ता गरि राप्रपाका नेता कार्यकर्ता पक्राउ गर्नु वदनियतपूर्ण भएको आरोप लगाउनु भयो ।
जग्गा बैना तीन वर्ष अगाडि नै गरिए पनि बैना वापत राईसमेतले दिएको रकमको चेक बाउन्स भएपनि पक्राउ परेका अधिकारीसमेतले प्रहरीमा उजुरी नगरी सहमतीमै समस्या सुल्झाउन खोज्दा उल्दै राईको समूहले अधिकारीलाई झूटो उजुरी दिएर पक्राउ गर्न लगाएको अध्यक्ष लामिछानेको दाबी छ । उहाँले तत्काल पक्राउ परेका अधिकारी र गाईजूलाई रिहा गरि सत्य तथ्य छानबिन गर्न पत्रकार स्म्मेलनमा माग गर्नु भयो ।

Disqus comments are not configured yet.