सोमबार तीन घण्टा बन्द! पृथ्वी राजमार्गमा यात्रा गर्ने सावधान
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा पृथ्वी राजमार्ग बन्द हुने भएको छ। आकाशे पुल निर्माण र सडक स्तरोन्नतिका लागि कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोक लगाइनेछ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त समयमा सवारी सञ्चालनमा रोक लाग्ने जानकारी दिएको छ। प्रशासनले यात्रु र सवारी चालकलाई तोकिएको समयमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।



