सुनचाँदीको मूल्य ओरालो लाग्यो

काठमाडौं, १५ पुस ।
साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस  सूर्यविनायकका महिला सहकारीहरुलाई प्रबिधि मैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा कम्प्युटर र प्रिन्टर हस्तान्तरण
प्रकाशित मितिः