नगरकोटमा अध्यागमनको अन्तरक्रिया, अध्यागमन विभागद्धारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू
भक्तपुर, २६ असोज : अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी बिस्तार गरेको छ ।
विभागले आज नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यबस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरु कहाँ गए, कहाँ बसेलगायतका विवरण लिन विदेशी नागरिक व्यबस्थापन सूचना प्रणाली देशव्यापी रुपमा लागू गरेको बताउनुभयो ।
विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि एयरपोर्टमा आएको र एयरपोर्टबाट फर्केको मात्र रेकर्ड राख्ने गर्दा नफर्किएका विदेशी कहाँ गए, के गरिरहेका छन् भन्ने जानकारी नहुँदा कयौ विदेशी अपराधमा संलग्न रहेको पाईएको बताउनुभयो । उहाँका अनुसार सन् २०२५ मा कानून उलंघन गर्ने ४५९ विदेशी नागरिकलाई देश निष्कासन गरिएकोमा २०२६ जनवरी १ देखि अक्टोबर १० सम्म ५४० जना विदेशीलाई देश निष्कासन गरेको बताउनुभयो ।
उहाँले अध्यागनमको कानून उलंघन गरेको, भिषा उदेश्य विपरित बसेको, देशको कानूनमा दोषी ठहर भएको र बिभिन्न गैरकानूनी गतिबिधिमा संलग्न रहेका ६४ जनालाई सन् २०२५ मा र ६१ जनालाई २०२६ अक्टोकर १० सम्म गरि कूल ५२३ जनालाई कानून उलंघन गरेको र ६०१ जनालाई बिभिन्न अभियोगमा दोषी ठहर गरि देश निष्कासन गरेको बताउनुभयो ।
प्रणाली लागू भएपछि विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन, व्यवस्थापन, सुरक्षा तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको उहाँले बताउनुभयो ।  २०२५ जनवरी १ देखि काठमाडौं उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनि एक्स्चेन्जलगायतमा यो प्रणाली लागू गरिएको भएपनि अहिले भने देशभर लागू गरिएको विभागका निर्देशक लम्सालले बताउनुभयो ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले विभागले यो प्रणाली लागू गरेको बताउदै उहाँले यसबाट नेपाल भित्रिएका विदेशी नागरिक कुन होटलमा बसेको, उनीहरु कुन कुन ठाउँमा घुमेको, कहाँ कहाँ पुगेको, विपदका सयममा हरा एभने कुन ठाउँमा पुगेर हराए, भिसा कानुन अनुसार भए नभएकोलगायत निगरानी गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी कतिपय विदेशी नागरिक होटलमा नबसी व्यक्तिको घरमा बस्ने, ग्रामिण क्षेत्रमा गएर व्यबसाय सञ्चालन गर्ने, गैरकानूनी गतिबिधीमा संलग्न रहने गरेको पाईएकाले यसलाई अनिवार्य रुपमा कार्यन्वयनमा ल्याउनु पर्ने बताउनुभयो ।
विभागका अर्का निर्देशक अमरदीप सुनुवारले यो प्रणालीलाई सेवा प्रदायक संस्थाहरु, होटल व्यवसायी, आन्तरिक वायु सेवा प्रदायक, ट्रेकिङ्ग एजेन्सी, सार्वजनिक यातायात, पर्वतारोहण एजेन्सी, टुर एण्ड ट्राभल ऐजन्सी, टेकिम सेवा प्रदायक, बैंक तथा बित्तिय संस्थाहरु, टुरिष्ट गाईड, पर्यटक प्रहरीलगायतले प्रत्यक्ष रूपमा विभागको प्रणालीमा सूचना राख्नुपर्ने आफ्नै प्रणालीसँग विभागको प्रणालीलाई जडान गरेर सूचना पठाउन सक्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
सेवा प्रदायक संस्थाहरूले नेपाली पोर्टल सेवा प्रदायक पोर्टलमार्फत सहज रूपमा दर्ता हुन सक्ने विभागका कम्प्युटर इन्जिनियर सन्तोषकुमार साहले बताउनुभयो । प्रणालीगत अन्तरआबद्धताका लागि आवश्यक प्राविधिक कागजातहरू पनि सोही पोर्टलबाट प्राप्त गर्न सकिने उहाँले बताउनु भयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामा, उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष कृष्णमरारी न्यौपाने, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नगरकोट नाल्दुम पर्यटन प्यवसायी समितिकासचिव प्रदीप अधिकारी, होटल चौतारीका सञ्चालक बद्री माकलगायतले विभागले उक्त प्रणालीलाई अनिवार्य रुपमा देशभर लागू गर्नु पर्ने बताउनुभयो ।

Disqus comments are not configured yet.

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0