सूर्यविनायक–१ मा एमाले विजयी 

भक्तपुर, १ जेठ : सूर्यविनायक नगरपालिका वडा नं. १ मा नेकपा एमालेका सानुकाजी कायस्थ १ हजार ३१० मतले विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी राप्रपा १ हजार १३० शेखर थापाले ८९९ मत प्राप्त गर्नु भएको थियो ।

एमालेबाट विजयी हुने वडासदस्यहरु महिलामा मञ्जु कार्की, कुमार चौलागाई, दलितमा कल्पना परियार विजयी हुनु भएको छ । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी हुनु भएको छ ।

यो पनि पढ्नुहोस  शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन