‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु










-रमेश गिरी
भक्तपुर, ३० असार : साँझ ढल्केर झमक्क भयो । नगर टोलका चोक चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिदै गयो । दिउँसो देखि टोलटोलमा नर्कट र परालको मिश्रणबाट बनाईएको राक्षस अर्थात गठाःमुंगको परालकै हात खुट्टा, टाउँको, टाउँकोमा पुरानो हाडी राखिएको, अगाडि नाङ्गोलमा आँखा, नाक, कान बनाइएको, नर्कटमा परालको डोरीले बाँधेर लिङ्ग र भोगटेको दुई अण्डकोष बनाएर प्रर्दशन गर्न थालेपछि स्थानीयले नेपाल भाषमा बोल्न थालेको अश्लिल शब्द र गीतले एक प्कारको भीडमा शरम र हाँसोको फोहरा उत्तिकै सुनिन्थ्यिो ।
त्यसपछि साँझ झमक्क परेपछि बालबालिका, युवा एवं पुरुषहरुले हातहातमा छ्वालीको राँको बाल्दै अगाडि अगाडि बिभिन्न नारा लगाउदै र अर्को समूहले राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो र नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर त्यसलाई बालेर राक्षस नष्ट गरेको भन्दै गठाःमुंग मनाएका छन् । यसरी बलेको आगोमाथि र वरिपरि रुन्चे लागेको र भूत लागेको भनिएका ससाना बालबालिकालाई आगो तपाउने गरेको पनि प्रष्ट देखिन्थ्यो । यसो गर्दा भूत र रुन्चे लागेको निको हुने जनविश्वास रहेको पाइन्छ ।
भक्तपुरमा पृथक शैलीमा मनाइने यस पर्वमा गठाःमुंग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट जठाःमंग निकालिएको थियो । भूत पिशाच आदिले दुःख दिइरहेको घरमा आजको दिन भूत भगाएर पठाउने र भूत–प्रेतलाई घरबाट बाहिर धपाइँदा घरका जहान, परिवारलाई कुनै रोग–व्याधिले छुन नपाओस् भन्ने हेतुले त्यस दिन पञ्चरंगी औंठी लगाउने पनि गर्दछन् ।
यो औंठी टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई छुवाएर लगाएमा भूत–प्रेत, पिशाच आदिले छुन नसक्ने र अनेक रोगव्याधिबाट बच्ने विश्वास रहदै आएको छ । यहि दिन टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई घरका केटाकेटीले खेल्ने कपडाले बनाइराखेको पुतलीका मालालाई लगाइदिनाले बालबालिकाले पिरेर दुःख दिइराखेका पिशाच आदिले छोडेर जाने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ ।
भक्तपुरका इतिहास एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेसंग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठाःमुंग वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो ।
आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने, आजदेखि रोपाई सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनुभयो । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राती राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।
गोपाल वंशावलीअनुसार गठाःमुंगलाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत रहेको छ ।
भक्तपुरमा यो पर्वलाई यौनसंग पनि दाज्ने गरिन्छ । राक्षस रुपी गठाःमुंगलायृ शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर दिनभरी टोलटोलको दोबाटो, चौबाटोमा उभ्याईराखेपछि साँझ त्यसलाई बोकेर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर टोल नगरब बाहिर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा समेत रहेको छ ।
राँको बालेर भूत भगाउँने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याईन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ । त्यसपछि राति घरघरमा राक्षसहरू मरिसक्यो भनेर आफ्ना श्रद्धानुसार बलीपूजा गर्ने चलन पनि रहेको छ । तान्त्रिकहरू यसलाई ‘चर्हेपूजा’ भन्दछन् ।
त्यसअघि गठाःमुंग चर्हे पर्वको अवसरमा आज भक्तपुरका बिभिन्न देवदेवीको शक्ति पिठमा दर्शनार्थीको भीड लागेको थियो । नेवार समुदायले आज घरघरमा लिपपोत गरि शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ ।
घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने) गर्दछन । काँचो माटोको सानो दहीको कतारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राख्दै भुत पन्छाउने गरिन्छ ।
त्यसपछि घरमा भुत प्रेत पस्न नदिन घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तिन खुट्टे फलामको किला ठोकेर गरिन्छ । यसो गर्दा घरमा भूत, प्रेत पस्दैन भन्ने मान्यता अझै रहदै आएको छ । आजकै दिन घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाईदिने प्रचलन रहेको छभने वयस्क युवतीहरुले घण्टाकर्णको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन रहदै आएको छ ।
नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठाःमुंगलाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने प्रचलन रहेको छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गर्ने गरिन्छ । त्यसको साथै गाइजात्रामा प्रदर्शन गरिने भैरव लगायतका बिभिन्न नाच तथा व्यंग्यात्मक नाटकको प्रशिक्षणसमेत आजबाट सुरु गरिन्छ ।
यस्तो छ किम्बदन्ती :
भक्तपुरका प्रसिद्ध संस्कृतकर्मी एवं ऐतिहासिक दस्तावेजका लेखक लिलाभक्त मुनंकर्मीको पुस्तकमा उल्लेख भए अनुसार रूद्रयामल–तन्त्रमा, नेपाललाई ध्वंस पार्न गठेमङ्गल नाम गरेको बडेअजंगको एक राक्षस आएर उत्पात मच्चायो । सो राक्षसलाई कसैले पनि मार्न सकेन । अन्त्यमा एक जना तान्त्रिकले आफू भ्यागुतोको रूप लिई त्यस राक्षसलाई यमलोक पठाइदिए । नेपालमा त्यस राक्षसलाई श्रावण कृष्ण चतुर्दशीको दिनमा मारेकोले त्यस दिनलाई नेपालीहरूले ठूलो उत्सव साथ पर्व मानिआएको हो ।
त्यसदिन टोलटोलमा सोही राक्षसकोमूर्तिको अनुकरण गरी नेपालमा उत्पात गरी दुःख दिने राक्षस यही नै हो भनी सबैलाई देखाई साँझ पर्न लागपछि घिसारेर लगी देशबाहिर पुर्याई आगोले जलाइदिने गर्दछ । राक्षसलाई मारेको दिनदेखि नेपालमा मानिसहरूको आयु बढेको मानयता यो समुदायमा रहेको छ । रूदयाल–तन्त्रबमोजिम उक्त दुष्ट राक्षसलाई मारिदिएको श्रावण कृष्ण चतुर्दशीको दिनको बडो महत्व भएकोले पर्व गरी मनाइआएको हो । यसैको आधारमा यो पर्व आजसम्म मनाइदै आएको छ ।









काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।
नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो ।
यसबारे जानकारी दिन नर्भिक अस्पतालमा ९ः३० बजे पत्रकार सम्मेलन हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।





काठमाडौँ, ३१ वैशाख : नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
नेकपा (एमाले)का नेता रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजीको सूचीमा राखेको थियो । उपरीक्षक कार्कीले भन्नुभयो, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।” उहाँविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।
भक्तपुर, ३१ बैशाख : नेवार समुदायका विभिन्न प्रकारका खानाका परिकार मध्येको एउटा विशेष खानाको परिकारको नाम हो वः अर्थात् बारा। यही खाद्य प्रकारको बारेमा भक्तपुरमा महोत्सव हुने भएको छ। सिथि नखः (एक प्रकारको पर्व) को अवसरमा मध्यपुर थिमिको आयोजनामा मध्यपुर पर्यटन विकास समिति संयोजनमा फेष्टिभल हुन लागेको हो। फेष्टिभल जेठ ५ गते शनिवार १० बजेदेखि बेलुकाको ७ बजेसम्म मध्यपुर थिमि नगरपालिका वडा नं ४ दुईपोखरीमा हुने छ।
वः (मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाइ मनपर्दो अण्डा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकार प्रकार दिई पकाइने खाना) को परिकार हो। नेवा समुदायको अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने र सो खानाकोबारेमा आन्तरिक र वाह्य पर्यटकलाई विशेष जनाकारी गराई मध्यपुर थिमिका पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरी स्थानिय समुदायका आय आजन गर्ने उद्देश्य लिइ व फेस्टिभल गर्न लागिरहेको जनाएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले फेस्टिभलले मध्यपुरका जनतालाइ आय आर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गरे। मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकीय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देशविदेशको कुनाकाप्चा पुरयाई यहाँको हरेक ठाउँ र हरेक अद्वितीय जनमोल रत्नहरुको सौहादपूर्ण र अमूल्य प्याकेज निर्माण गरी मध्यपुरमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित फेष्टिबल गर्न लागेको उनले जनाए।
मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त फेष्टिबल गर्न गइरहेको बताए। मध्यपुर थिमि नगरपालिकाबाट उपलव्ध गराउने पाँच लाख र आफ्नै लागत सहभागिता र बाकी दुईलाख मात्र स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी जम्मा सात लाखको सिमाभित्र रही व फेस्टिभल गर्न गइरहेको उनले जनाए। फेष्टिभलमा १५ वटा काठमाडौ उपत्यकाका ख्याति प्राप्त नेवारी रेस्टुरेन्टहरुलगायत यहाँका स्थानीय नेवारी आमा तथा महिला समूहलगायत आफ्नो विभिन्न परिकारका नेवारी खाना रहने छन्।
समितिका सचिव शिवसुन्दर श्रेष्ठले दुईपोखरीमा १५ वटा खानाको स्थल र १० वटा मध्यपुर थिमिका जनताले उत्पादन गरेका परम्परगत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्रीवितरण गर्ने स्थान उपलब्ध गराउने जनाए। यसका अलावा दिनभरिजसो नेवारी संस्कृति लगायत अन्य गीतसंगितले मनोरज्जन गराउने व्यवस्था समेत भएको उनले बताए।
के हो वः?
नेपाल भाषाको वः शव्दको अर्थ वारा हो। यो नेवार समुदायको विशेष खानाको परिकार हो। वः अर्था्त बारा भनेको विशेष गरेर मास वा मुगीको दालबाट बनाइन्छ। यो तावामा थोरै तेल हालेर ओल्टाइपोल्टाई गरेर पकाइन्छ। वः नेवार समुदायका लोकप्रिय परिकारमध्ये एक प्रमुख परिकार हो। त्यसो भनेर यो दिनदिनै पकाएर खाइँंदैन बरु परम्परा अनुसार विशेष चाँंडपर्वहरुमा मात्रै खाइन्छ। यो सिठी नख (सिथिः नख) लगायत चाडपर्वमा सपरिवार मिलेर खाइन्छ। वः का विभिन्न प्रकारहरु छन्।
विराटनगर, ८ वैशाख : ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ भोलि हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।
रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्ने आज साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।
रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि भोलि मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । इदुलफित्र मनाउनका लागि मुसलमान आज बिहानैदेखि तयारीमा जुटेको पाइएका छन् ।