स्वर्णद्वार तथा भक्तपुर तलेजु सर्वसाधारणका लागि खुल्ला
भक्तपुर, १२ जेठ : बन्द भएको ३० महिना अर्था साडे २ वर्ष पछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।
कोभिड–१९ को महामारीका कारण २०७६ चैतदेखि सर्वसाधारणका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरस्थित स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु आजबाट सर्वसाधारणका लागि खुल्ला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण सुरु भए पछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो । अब कोरोना महामारी कम भएको छ, त्यसैले भक्तपुर तलेजु साडे दुई वर्ष पछि आजबाट सर्वसाधारण तथा दर्शनार्थीका लागि खुल्ला गरेका छौँ ।”
यहाँको स्वर्णद्वारबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुनधारालगायतका ऐतिहासिक एवं पुरातात्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत आजबाट प्रवेश पाएको उहाँले बताउनु भयो ।
यसअघि भक्तपुर तलेजु बन्द भएपछि भक्तपुर नगरपालिकालाई एकहजार पाँच सय रुपैयाँ अर्थात १५ अमेरिकी डलर शुल्क तिरेका भक्तपुर घुम्न आउने बाह्य पर्यटकहरु पनि भक्तपुर तलेजु प्रवेश गर्न बञ्चित थिए, अब भने उनीहरुले पनि प्रवेश पाउने भएका छन् ।
पुरातत्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले तलेजु खोल्न सम्बन्धित निकायलाई आफूले पनि पहल गरेको बताउदै अब खुल्ला भएपछि सबैलाई सजह भएको बताउनु भयो ।
उहाँले तलेजुभित्र केही मर्मतसम्भार तथा जीर्णोद्धारको कार्य भइरहेकाले खोल्न केही बिलम्ब भएको भएपछि अब सर्वसाधारणदेखि विदेशी नागरिकले समेत प्रवेश पाउने गरि खुल्ला भएको उहाँले बताउनु भयो ।
भक्तपुर नपाका प्रमुखको अध्यक्षताको नगरस्तरीय सीसीएमसीको बैठकले भक्तपुर तलेजुमा सर्वसाधारणको प्रवेशमा रोक लगाउने निर्णय गरेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुर, नगरपालिका, दरबार हेरचाह कार्यालयसमेतलाई जानकारी गराएर तलेजु खुल्ला गरिएको हो । कोरोना महामारीका कारण तलेजुमा विगत दुई वर्ष दसैँलगायतका महत्वपूर्ण चाडपर्वमा हुने बलिपूजा समेत बन्द गरेर औपचारिक पूजा मात्रै गरिएको थियो ।





कार्यक्रममा नगर प्रमुख थापाले विगतमा बाँकी भएका बिकासका कामहरु सम्पन्न गर्दै नयाँ कामको थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसैगरि उपप्रमुख भट्टराई, सबै वडाका वडाध्यक्षले नगरको विकासमा एक भएर लाग्ने बताउनु भयो ।
त्यसअवसरमा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा उक्त क्षेत्रको प्रतिनिधिसभाका सांसद महेश बस्नेतल पछिल्लो पाँच वर्ष विकासको हिसावले मुलुककै सर्वोत्कृष्ट रहेको दावी गर्दै अब पाँच वर्ष जुनसुकै दलमा आस्था राख्ने जनप्रतिनिधि भए पनि बिकासका लागि एक्यबद्ध भएर काम गर्नु पर्ने बताउनु भयो ।
वाग्मति प्रदेश सभाका सदस्य शशीजंग थापाले तीन तहकै सरकारबाट आएको बजेटले यहाँको बिकास भएको भन्दै अब पनि समन्वय र सहकार्य गरेर अगाडि जानु पर्ने बताउनु भयो ।








