ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म भर्नै समस्या

काठमाडौं, १७ जेठ । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनमा पुनः समस्या आएको छ । पछिल्लो पटक सोमबारदेखि खुलेको अनलाइन आवेदनका क्रममा ओटीपी कोड नै नआउने अथवा आए पनि धेरै समय पछि मात्र आउने समस्या देखिएको हो । चैत १ गते देखि बन्द रहेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि सुरु भएपनि धेरै सेवाग्राहीहरूले ओटीपी कोड नै नआएको गुनासो गरेका छन् । सोमबारदेखि सुरु भएको अनलाइन आवेदन प्रणालीमा आवेदन प्रकृया पनि नयाँ छ ।

पहिलेको प्रणालीमा सेवाग्राहीले सोझै आवेदन फाराम भर्न सक्ने अवस्था रहेको थियो भने अहिले नयाँ प्रणालीमा सेवाग्राहीले सुरुमा आफ्नो व्यक्तिगत विवरण सहित विस्तृत प्रोफाइल नै बनाउनु पर्ने हुन्छ । यसका लागि आफ्नो सामान्य विवरण राखेपछि प्रणालीबाट सेवाग्राहीको युजरनेम र पासवर्ड क्रियट गर्नु अघि प्रमाणीकरण स्वरूप उपलब्ध गराइएको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ। उक्त ओटीपी कोड बिना आवेदन प्रणालीमा अगाडिको प्रकृया थाल्न सकिँदैन ।

सेवाग्राहीलाई भने यही ओटीपी कोड पाउन सास्ती भइरहेको छ । विभागले भने नयाँ प्रणाली सुरुवाती चरणमा रहेको र धेरै आवेदन एकैपटक आउँदा यस्तो समस्या आएको बताएको छ । “धेरै सेवाग्राही लामो समयदेखि यसको पर्खाइमा छन् । खुल्ने बित्तिकै धेरै आवेदन एकैचोटी पर्दा ट्राफिक बढी भएर कोड जान ढिलाई भएको हुनसक्छ । यसमा हाम्रो प्राविधिक टिमले काम गरिरहेको छ,” टेकपानासँगको कुराकानीमा विभागका प्रवक्ता इश्वरी दत्त पनेरूले भने ।

भगवान गणेशबाट सिक्नुस् यी ६ कुरा जीवनमा कायापलट हुन्छ

काठमाडौं, १७ जेठ  : हिन्दु धर्मावलम्बीहरुले हप्ताको सातै बारलाई विभिन्न देवी देवताको बारको रुपमा लिन्छन् र सोहि बारमा भगवानको प्रार्थना गर्छन् । सोहि अनुरुप आज मंगबारको दिन कार्यसिद्धिको लागि गणेश भगवानको पुजाआजा गरिन्छ । भगवान गणेशको पुजा आराधना नगरी कुनै कार्य गर्दा पनि सफल हुँदैन भन्ने धार्मिक मान्यता छ । गणेशका अतिरीक्त यस दिन कालीमाता, दुर्गा माता र हनुमानको पनि पुजा आराधना गरिन्छ । भगवान गणेशलाई सिद्धिविनायक भनेर पनि पुकारीन्छ । मंगलबार गणेश मन्दिरहरुमा भिड लाग्छ । भनिन्छ नि, कुनैपनि नयाँ काम थालनी गर्दा भगवान गणेशको पूजा अर्चनाबाट थाल्नुपर्छ ।हात्तिको जस्तो शिर, मानिसको जस्तो बडेमानको भूडी, हात्तिको जस्तो लामो मोटो नाक, लामा लामा कान भएका गणेशको यी संरचनाबारे विभिन्न किस्साहरु जेडिएको पाईन्छ ।

१ .भगवान गणेशको हात्तिको जस्तो शिर हुनुको अर्थ:भगवान गणेशको शिर हात्तीको जस्तै छ। त्यसैले कुनैपनि काम गर्दा उच्च शिर लिएर अर्थात् जसरी हात्तिलाई संसारको सबैभन्दा ठूलो थलचर प्राणिको रूपमा लिइन्छ। त्यसरी नै मान्छेले आफुले समाजमा शिर झुकाउनु नपरोस् भन्ने प्रार्थना गर्ने गर्छन् । विज्ञान भन्छ, हात्ती संसारको सबैभन्दा ठूलो थलचर प्राणि भएतापनि यसको आँखा तुलनात्मक रुपमा सानो हुने हुँदा अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्छ । तसर्थ गणेश भगवानको आकृतिमा देखिएको हात्तीको शिरबाट यो सिक्नु कि संसारमा भएका हरेक जीवलाई आफु भन्दा ठूलो हो भन्ने भावना राख्नु पर्छ । अनिमात्रै सफलता प्राप्त हुन्छ ।

२ . भगवान गणेशको कानको अर्थ:पक्कै पनि तपाईले याद गर्नुभएको होला भगवान गणेशका कानहरू ठुला छन्। यसको अर्थ हुन्छ, मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु र बुझ्नु पर्छ। हाम्रा दुई कानको सार पनि त्यहि नै हो । सबैको कुराहरू ध्यान दिएर सुन्ने मानिस अन्य मानिस भन्दा बुद्धिमत्ता हुन्छ । आफ्नो मनमौजी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। गणेश भगवान्को कान ठूलो हुनुको आफ्नो बारेमा नराम्रो कुरा सुन्ने हिम्मत जुटाउनुपर्छ । त्यसैले हामीले कुनै पनि कामको सुरु गर्दा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गर्नु राम्रो हुन्छ भन्ने अर्थ शास्त्रहरुमा छ ।

३ . नाक लामो हुनुको अर्थ:लामो नाक भएको मानिसलाई कस्तो गणेश जस्तो भन्ने गरीन्छ नि । पक्कै पनि त्यसको अर्थ छ । भगवान गणेशको नाक लामो हुनुको अर्थ कुनैपनि मान्छेले काम अथवा कार्यथालनी गर्दा आफ्नो ला’ज ९इ’ज्जत० बचाएर गर्नुपर्ने हुन्छ। समाजमा प्रचलित उखान छ कि फलानाले नाक का’ट्यो । यसर्थ समाजमा इज्जत बचाउने काम म बाट होओस् भनेर गणेश भगवान्को लामो नाकलाई स्मरण गरी दृढ भएर सकारात्मक सोँचका साथ कार्य थालनी गर्दा अवश्य पनि कार्यसिद्धि हुन्छ ।

४ .पेट ठूलो हुनुको अर्थ :भगवान गणेशको पेट ठूलो छ। किन होला अनुमान गर्नुहोस् त । यसको अर्थ हो कुनै पनि कामको थालनी गर्दा सजिलो छैन । मानिसले गरेको रि’स, रा’ग, द्धे’ष, ई’ष्र्या, भए नभएका कुराहरू, राम्रा नराम्रा कुरा, खुट्टा तान्ने, डा’ह गर्ने, क्रिया प्रतिक्रिया सुन्नुपर्छ । ति कुरालाई मनमै दबाएर पैतालामूनि टेकेर पचाउनु पर्नेहुन्छ। राम्रा कुराहरूलाई मनभित्र केन्द्रित गर्न सक्नुपर्छ । मन नाङ्लोजस्तो बनाउनुपर्छ । झ’गडा गर्नतिर लागियो भने त काममा बा’धा आईहाल्छ नि ।

५ . चारवटा हातहरू हुनुको अर्थ :पक्कै याद गर्नुभएको छ, भगवान श्री गणेशका चार वटा हातहरू छन्। तिनमा बन्चरो, लड्डु, वर मुद्रा र फूल छन्। यसको अर्थ हुन्छ, दया, दण्ड, कोमलता र मिठास । कुनै पनि कामको थालनी गर्दा यी चार कुरालाई अस्त्र बनाएर कार्य थालनी गर्दा निकै उत्तम हुन्छ । काममा बा’धा व्य’वधान आउँदैन ।

६ . भगवान गणेशले वाहन मुसो रोज्नुको कारण यस्तो :सम्झनुहोस् त हिरा कत्रो हुन्छ अनि आँखाको नानी ? पक्कैपनि बहुमुल्य कुराहरुको आकार सानो हुन्छ । मुसो सानो हुन्छ । तर बहुतै चलाख । मुसाले समुन्द्र पारीवाट अन्नहरूको बिउ ल्याएर प्राणीहरुको ज्यान बचाएको हो भन्ने धार्मिक मन्थन पाईन्छ । अक्सर मान्छेहरु सानो कुराहरुलाई आनाकानी गर्छन् । तर हरेक कुराको आकार हेरेर त्यसको बारेमा आँकलन गर्नु गलत हुन्छ । तसर्थ हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशबाट यो सिक्नुपर्छ चलाख र बुद्धिमान अनि सल्लाह सुझावका लागि उपयुक्त पात्र छान्नुपर्छ । न कि उसको आकार । भनिन्छ, असल शिक्षा बालकबाट लिनुपर्छ ।

मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेस-माओवादी गठबन्धन विजयी

भक्तपुर, १७ जेठ । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ । आज भएको कार्यपालिकाको निर्वाचनमा २८ मत प्राप्त गरि गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनु भयो ।

पाँच महिला कार्यपालिका सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी हुनु भएको छ । कांग्रेसबाट दलित एवं अल्पसंख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी हुनु भएको छभने माओवादी केन्द्रबाट दलित एवं अल्पसंख्यकतर्फ बालकृष्ण परियार विजयी हुनु भएको सिलवालले जानकारी दिनु भयो ।

आठ कार्यपालिका सदस्यमध्ये कांग्रेसले सात र माओवादीले एक सदस्यमा भागबन्डा गरेका छन् । मध्यपुरथिमिमा गठबन्धनको कार्यपालिकामा एकल बहुमत पुगेको छ । विजयी कार्यपालिका सदस्यहरुलाई निर्वाचत अधिकृत मैंया कडेँलले प्रमाण पत्र प्रदान गर्नु भयो भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ सुवाउनु भयो ।

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी

भक्तपुर, १७ जेठ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता दिन बत्न लाग्दा पनि विद्यार्थीको हात हातमा पाठ्य पुस्तक पुग्न नसक्दा देशभर विद्यालय तहको पुस्तक अभाव भएको छ । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्य पुस्तक छपाई एवं वितरणको जिम्मा पाएको सरकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाई तथा वितरण गर्न नसक्दा देशभर पाठ्य पुरस्तक अभाब भएको छ ।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्य पुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्य पुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्ष अगाडि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाईको जिम्मा दिएको थियो ।

जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ । चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्य पुस्तक पछाई सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनु भयो ।

जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १५ प्रशितत छपाई भइरहेको बताउदै उहाँले भन्नु भयो, “यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्य पुस्तक छाप्नु पर्ने हो, अहिलेसम्म १ करोड ६५ लाख थान पुस्तक छपाई सम्पन्न भएर वितरण गरिसक्यौ, बाँकी पुस्तक असार पहिलो सातासम्म पछाई सक्छौ र अबको एक महिना भित्र बै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन् ।”

केन्द्र बिक्रेता मार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको भन्दै उहाँले काठमाडौं उपत्यका भन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउनु भयो । बहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक÷दुई ट्रक पठाइ रहेको बताउनु भयो ।
केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाई हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलाई भएको दाबी गर्नु भयो । उहाँले देशभर पुस्तक अभाव भनेर हल्ला भएझै नभएको दाबी गर्दै भन्नुभयो, “शैक्षिक सत्र सुरु हुनु भन्दा १५ दिन अगाडिनै पुस्तक बिक्री वितरण हुनु पथ्र्यो, यस वर्ष चुनाबले गर्दा जेठ ९ गतेबाट मात्रै पवुस्तक वितरण सुरु भयो, फेरी बाहिर हल्ला भए झै सबै पुस्तक सबै ठाउँमा अभाव भएको छैन, केही कक्षाका सेठमा एक दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हात हातमा पुग्छ ।”
कक्षा ४, ७ र ९ को कोर्ष नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उहाँले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै कुनै जिल्लामा मात्रै अपुग रहेको दाबी उहाँले गर्नु भयो । यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा लगाएकाले केही विषय बजारमा अभाव भएकाले त्यस्ता विषयको पुस्तक बढी छाप्नु पर्ने अबस्था आएको उहाँको भनाइ छ ।
कागजको नियमित आपूर्ती नहुँदा र जनक शिक्षाले स्थानीय तहको निर्वाचनको मतपत्र छपाईलाई बिशेष ध्यान दिएर त्यसमै जनशक्ति एवं छापाखाना प्रयोग गर्नु पर्दा पुस्तक छपाईमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्य बताउनु हुन्छ । अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक एक लाख ५ हजार थान पुस्तक छाप्दै आएको उहाँले बताउनु भयो ।
केन्द्रले पुस्तक छपाईमा ढिलाई गरे पछि संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले समेत केन्द्रका प्रबन्ध निर्देशक झासंग सोधपुछ गरेको थियो । उहाँले रुस–युक्रेनबीचको युद्वका कारण कागज नआउदा र स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाई गर्दा समयमै पुस्तक छाप्न नसकिएको बताउनु भयो ।
असोज २४ गते चैतको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता कागज सप्लायर्ससँग गरिए पनि त्यस बीचमा रूस–युक्रेन युद्ध सुरु भए पछि कागज आपूर्तीका समस्या भएकाले पुस्तक पछाईमा ढिला भएको दाबी केन्द्रको छ ।
समितिले एक महिनाभित्र पुस्तक छापेर पुस्तक विद्यार्थीसम्म पु¥याउन निर्देशन दिएको थियो भने गत आइतबार शिक्षा मन्त्री देवेन्द्र पौडेल केन्द्रको अनुगमनमा जादा सार्वजनिक बिदा मनाउन घर बस्नु भएका झा केन्द्रमा भेटिनु भएन ।
शिक्षा मन्त्रीमा पौडेल नियुक्ती भएको केही दिनमै जनक शिक्षाको अनुगमन गर्दै केन्द्रका प्रबन्ध सञ्चालक झालाई यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि नै विद्यार्थीको हात हातमा पुस्तक पुर्याउन निर्देशन दिनु भएको थियो । कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला र अभाव नहोस् भन्दै निर्देशन दिदाँ झाले यस वर्ष कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला नहुने प्रतिबद्धता जनाउनु भएको थियो ।–––

ओली निवास पुगेका बालेनलाई मतपरिणाम सार्वजनिक हुनु अगावै ओलीले दिएका थिए बधाई

काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै मेयरका प्रत्याशी बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको थाहा भएको छ । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका थिए । बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीसँग भेट भएको पुष्टि गरे ।

बेनका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो । उनले भेटको विवरण चाँडै सार्वजनिक गर्ने जानकारी दिए । बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन ।

बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो । समकालीन नेताहरुमा आफूहरुलाई ओलीबाटै आशा भएको बालेनले बताएको पनि स्रोतको दावी छ ।

सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी

भक्तपुर, १७ जेठ । सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक प्राणी उद्यानको कार्यालयस्थित निर्वाचत अधिकृतको कार्यालय आज भएको मतदानमा एमालेले कूल ३३ मत प्राप्त गरेर कार्यपालिकामा कार्यपालिकाका सबै सदस्यमा विजयी हासिल गरेको हो ।

कूल ५१ मत रहेकोमा एमालेले ३३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले १८ मत प्राप्त गरेको नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नेकपा एमाले सूर्यविनायक नगर कमिटी अध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो ।

कार्यपालिका सदस्यहरु महिलातर्फ कमला पोखरल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, साबित्री मिश्र विजयी हुनु भएको सापकोटाले जानकारी दिनु भयो ।

त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, अल्पसंख्यकतर्फ सुनिल भुजेल निर्वाचित हुनु भएको छ । विजयी सदस्यहरुलाई निर्वाचत अधिकृत सरिता कुमारी खतिवडाले प्रमाणपत्र प्रदान गर्नु भयो भने नगर प्रमुख वासुदेव थापाले सपथ ग्रहण गराउनु भएको थियो ।

संसदमा बजेटमाथि छलफल : खाद्य संकटका लागि बजेट खै ?-एमाले महासचिव पौडेल

काठमाडौं, १७ जेठ । वर्तमान सरकारले ल्याएको बजेटमा सम्भावित खाद्य संकट समाधानमा कुनै चासो नदेखाइएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निचोड निकालेको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद विष्णु पौडेलले सम्भावित खाद्य संकटको विषयमा बजेटमा मौनता साधिएको बताए ।

“दुनियाले खाद्य सुरक्षाका लागि कदम चालिरहेको छ । भारतले गहुँ, चामल, चिनीजस्ता खाद्य सामाग्री निर्यात रोकेको छ । तर, सरकारलाई सम्भावित खाद्य संकटसम्बन्धी कुनै चासो छैन,” उनले भने, “महत्त्वपूर्ण बजेटमा सम्भावित खाद्य संकटलाई सम्बोधन भएन । जुन् खाद्य संकटलाई दुनियाँले महसुस गरेको छ । विश्व खाद्य संगठन लगायतले यसले सिर्जना गर्ने चुनौतीको बारेमा सबैलाई सजग गराइसकेका छन् । तर, हामी सम्भावित खाद्य संकटको बारेमा मौन छौँ चुप छौँ ।”

तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

बेनी, १७ जेठ : मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।

विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ । दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताउनुभयो ।

कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उहाँले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो ।

बाढीपहिराको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

मनाङ, १७ जेठ  : मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पु¥यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ । विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन् ।

जिल्लामा बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर अध्यापन गराउन विद्यालय परिवर्तन गर्न थालेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । “बाढीपहिरोको जोखिम अझै पनि छ, कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागांैला तर बालबालिका भाग्न सक्दैनन् भनेर अन्यत्रै आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थी घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भन्नुभयो । साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ ।

मनाङमा शैक्षिक सत्र आधा सकिन लागेको छ । तर, विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन । विद्यार्थीहरु विद्यालय आए पनि पुस्तक जिल्लामा आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार पुस्तकका ‘टपिक्स डाउनलोड’ गरी सम्भव भएसम्म विद्यार्थीहरुलाई प्रिन्ट गरेर दिँदै पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भन्नुभयो ।

लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर गृहकार्य गर्न समस्या भएको बताउनुहुन्छ । शिक्षकले सकेको सहज बनाउन खोजे पनि पुस्तकमा हेरेर पठनपाठन गर्न नपाउँदा अध्ययनमा समस्या थपिएको उहाँ बताउनुहुन्छ । “शिक्षकले दिएका होमवर्क गर्दा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ, शिक्षकले पढाएका तर घरमा पुस्तक हेर्न नपाउँदा होमवर्क गर्न समस्या हुन्छ”, उहाँँले भन्नुभयो ।

लोकप्रिय मावि कक्षा १० मा अध्ययनरत छात्र जयराम थापाले नयाँ शैक्षिक सत्र शुरु भए पनि पुस्तक अभावमा शिक्षकले विभिन्न माध्यमबाट पठनपाठन अगाडि बढिरहेको बताउनुभयो । शिक्षकले पुस्तकको ‘हेन्सआउट’ दिने गरेकाले पठनपाठनमा समस्या खासै नभएको उहाँको भनाई छ ।

प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिरोले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि बर्षायाममा त्रास रहेको बताउनुभयो । प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि लागिरहेको भए पनि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने क्रम जारी रहेको विश्वकर्माले बताउनुभयो ।

“अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने प्रक्रियाका लागि आउने गर्नुभएको छ । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । तर, बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो ।

विद्यालयका प्रधानाध्यापक श्याम पन्थीले गत वर्षको बाढीले मनाङवासीलाई त्रसित बनाएको बताउनुभयो । “बाढीपहिरोले क्षति पुगेको निजी आवास अभिभावकले बनाउन सकेका छैनन् । यसवर्ष पनि बाढीपहिरोले त्रास हुने हो कि भन्ने अवस्था रहेको छ । अभिभावकहरु बाढीको त्रासले बालबालिकालाई अन्यत्र सार्ने गरेका छन्”, पन्थीले भन्नुभयो ।

विद्यालयमा बालबालिकाको सङ्ख्या घट्दो अवस्था रहेको उहाँ बताउनुहुन्छ । “विद्यालय क्षेत्रमा तटबन्धन गरिएको छैन, विद्यालयका तीन वटा कक्षा यस शैक्षिक सत्रमा खाली भएको छ । अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालय नै शून्य हुने अवस्थामा पुगेको छ,” प्रधानाध्यापक पन्थीले भन्नुभयो । बाढीको त्रासलाई न्यूनीकरण गर्नुपर्ने, विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिने अपेक्षा गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासम्म पनि जिल्लामा आवश्यक पाठ्यपुस्तक आइनपुगेको बताउनुभयो । जनक शिक्षा सामग्री केन्द्रले मनाङका लागि आंशिक पाठ्यपुस्तक पठाएको खबर भने पाएको उहाँ बताउनुहुन्छ । “आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठपाठनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

विकट क्षेत्रमा बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीहरु अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ ।

देशभर कक्षा १२ को परीक्षा सञ्चालन

भक्तपुर, १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका १ हजार २९२ परीक्षा केन्द्रमा एकै साथ कक्षा १२ को परीक्षा शानिातपूर्ण रुपमा सुरु भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु भयो ।

जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब ४ लाख १५ हजार परीक्षार्थी सहभागि हुने जानकारी दिदै बोर्डका अध्यक्ष डा. शर्माले सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनु भन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाएको जानकारी दिनु भयो ।

परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्व्यबस्था गरिएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्न पत्र पठाउने व्यबस्था गरे पछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यबस्था गरिएको हो ।

बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यबस्थित रुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा. शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आव्हान गर्नु भयो ।