भक्तपुर, ३० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित बालकोट २ मा रहेको महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नु भएको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान स्थलबाट मतदान गर्नु भएको हो ।

त्यसैगरि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि मतदान गर्नु भएको छ । उहाँले मध्यपुरथिमि–१ लोकन्थली उप स्वास्थ्य चौकी, निस्ट स्कुलको मतदानस्थलबाट मतदान गर्नु भएको हो ।

आजै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतलेसाविक गुण्डु गाविस भवन हालको वडा कार्यालय भवन मतदान स्थलबाट मतदान गर्नु भएको हो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0