भक्तपुर, १४ भदौ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल भदौ १५ गते अर्थात भोली सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरि अन्तिम रुजु गर्ने काम भइरहेको जानकारी दिनु भयो । उहाँले नतिजा प्रकाशनको तयारीमा जुटिरहेको बताउदै प्राविधिक कठिनाइ नभए भोली बुधबार १५ गतेसम्म नतिजा सार्वजनिक गर्ने गरि काम गरिरहेका छौँ ।
आज तीजको दिन परीक्षाफल सार्वजनिक हुने हल्ला चले पछि कतिपय छात्राहरुको ध्यान परीक्षाफल तर्फ केन्द्रीत भएर अन्योल बनेका छन् । कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएको बताइएको छ ।
बोर्डले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।